बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
विराटनगर, ६ चैत- विराटनगर- १६ को मुसहर बस्तीमा एक व्यक्ति ट्राइ साइकलमा किताव बोकेर पढाउँदै गरेको भेटिए । बालबालिकाहरू झुत्रा र फाटेका लुगा लगाएर परालको माचबाट तिनै व्यक्तिका कुरा सुन्दै थिए ।
एकछिन पछि ति व्यक्ति अलि अगाडिको घरमा छिरे । त्यहाँ पुगेर पनि उनले बालबालिकासँग भलाकुसारी गरे । झोलाबाट साबुन निकाले अनि बालबालिकालाई नजिकै बोलाएर हात धुन सिकाए । त्यहाँबाट अलि पर रहेको परालको माचमा बालबालिका भेला पारे अनि पढाउन थाले । बालबालिकाहरू आफूले नबुझेको कुरा उनलाई सोधिहाल्थे ।
यसरी बालबालिकालाई ज्ञान बाँड्न व्यस्त व्यक्ति हुन्, विराटनगर– १६ दरैयाका ३९ वर्षीय राजु क्षेत्री । शारीरिकरूपमा अपाङ्गता भएका राजु आजभोलि दैनिक यसैगरी मुसहर बस्ती पुग्छन् अनि बालबालिकालाई बढ्न सिकाउँछन् अति अभिभावकलाई शिक्षाको महत्त्व बुझाउँछन् । फोहोरमा काम गर्ने विपन्न मुसहर समुदायमा शिक्षासम्बन्धी चेतनाको निकै कमी छ ।
उनको दैनिकी साधारण मानिसभन्दा फरक छ । राजु सहजै हिँडडुल गर्न सक्दैनन्, उनलाई ट्राइ साइकलको सहायता आवश्यक पर्छ । नेपाल–भारत सीमा क्षेत्र अशिक्षित क्षेत्र नै हो । अझ मुमहर समुदायका बालबालिकाहरू शिक्षाबाट बञ्चित छन् । त्यसैले पनि राजु दैनिक मुसहर बस्तीमा पुग्छन् र बालबालिकालाई पढ्न तथा खेल्न सिकाउँछन् ।
यसरी पढाउन उनलाई कसैले खटाएको होइन, उनलाई यसबाट व्यक्तिगत लाभ पनि छैन । राजु भन्छन्, ‘म आफैँ पनि आर्थिक अभावले जेलिएको व्यक्ति हुँ, तर म भन्दापनि अझ आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शिक्षा दिनसक्छु कि भनेर यसरी लागेको छु ।’
मन त उनलाई आर्थिक सहयोग नै गर्ने छ, तर उनी आफू नै आर्थिक अभावमा छन् । त्यसैले शिक्षा र सरसफाइका लागि अभियान चलाएका छन् ।
मुसहर बस्तीमा एक घण्टा
मुसहर समु्दायका बालबालिकाहरू अत्यन्तै आर्थिक अभावबाट बञ्चित भएर स्कूलसम्म जान सकिरहेका छैनन् । विद्यालय पनि जाँदैनन् अनि उनीहरूलाई सरसफाइको बारेमा पनि जानकारी छैन ।
बालबालिकाको कुरा मात्र होइन, उनीहरूको छोराछोरीको कुरा पनि उस्तै नै छ । आफ्ना छोराछोरीलाई घरमै छाडेर अर्काको घरमा काम गर्न जानु उनीहरूको बाध्यता होे । यसको असर पनि बालबालिकामा देखिन्छ । हुन पनि आर्थिक अभावका बीचमा घर त चलाउनै पर्यो । यीे परिवारहरू त्यसैको धुनमा छन् ।
गत साउनमा आएको बाढीले पनि ती बालबालिकाहरू प्रभावित भए । कतिपयका फुसका घरसमेत बाढीले बगाएर ओढ्ने ओछ्याउने तथा भाँडाकुँडा र पढ्ने किताबकापी समेत बगाएर लगेपछि धेरै बालवालिका त्यसयता विद्यालय नै गएका छैनन् ।
केही संघ संस्थाले अभियान चलाएर विद्यालयसम्म पुगेका बालबालिका पनि विद्यालय जानै छाडे । यस्तो अवस्थाका धेरै बालबालिका विद्यालयबाट बञ्चित छन् । हो यही ठाउँमा बित्छ राजुको एक घण्टा । एक घण्टाको अवधिमा राजुले यो बस्तीका सबै बालबालिकालाई एकै ठाउँमा भेला पार्छन् र पढाउँछन् ।
आफ्नै पीडा
राजुको जीवन भोगाई अरुको भन्दा फरक छ । स–साना बालबालिकासँग खेल्नु उनको दैनिकी हो । राजु आफ्नो ट्राइ साइकलमा बिहानै साढे सात बजे आधा घण्टाको बाटो पार गरेर बालबालिका भएको ठाउँमा पुग्छन् । हरेक दिन साढे ७ बजेदेखिको एक घण्टा उनको दैनिकी गरीब असाहय बालबालिकाका लागि हो ।
राजुमा अपाङ्गता हुनुको पनि आफ्नै कारण छ । आर्थिक अवस्था कमजोर रहेका राजुलाई कक्षा १० मा पढ्दासम्म केही भएको थिएन । जब टेस्ट परीक्षा नजिकिँदै आयो त्यसपछि मात्र उनको जीवनमा एउटा चोट आइलाग्यो । साइकल चलाएर घर फर्किँदै गरेका राजुको साइकल लड्यो, उठ्न खोज्दा समस्या भयो कोशी अञ्चल अस्पताल लगियो । विराटनगरमा उपचार नहुने भए पनि काठमाडौंको टिचिङ हस्पिटल पनि गए ।
लामो समयसम्म पनि उनको चोटको बारेमा कुनै डाक्टरले यस्तो भएको हो भन्न सकेनन् । शुरुमा नसा च्यापिएको बताएका डाक्टरहरूले पछि मात्र थाहा पाए राजु्को स्पाइनलमा चोट लागेको हो भनेर । त्यो थाहा पाउँदासम्म राजु अपाङ्ग भइसकेका थिए । उनले यही उपचारकै क्रममा झण्डै १० वर्ष आफ्नो पढाइ छाडे । तर पनि फेरि उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै गए ।
बीएडसम्मको पढाइ सकेका उनले अझै पढ्न छाडेका छैनन् । राजु आफू पनि पढ्दै केही गर्ने सोचमा पुगे र उनले विराटनगर आँखा अस्पतालमा काम पनि गर्न थाले । विराटनगर आँखा अस्पतालले १३ हजार पारिश्रमिक दिन्छ । त्यसैले उनको घर खर्च चल्छ । राजु कृष्णबहादुर बोगटी क्षेत्री र सकुन्तला देवीका एक मात्र छोरा हुन् । उनका दुई बहिनी छन् ।
तर घर परिवार चलाउने दायित्व एउटै छोरो भएका कारण उनको काँधमा छ ।
मन कुँडिएपछि बालबालिकासँग
राजु आर्थिक अवस्था कमजोर भए पनि पढाइमा तिक्ष्ण दिमाग भएका थिए । राजुले कक्षा ९ मा पढ्दा नै गाउँका बालबालिका भेला गरेर पढाउँथे । त्यसैको आधारभमा उनलाई पढाउने विषय कुनै नौलो थिएन । एकदिन राजु आफ्नो घर दरैयाबाट पश्चिमतिर घुम्दै गएका थिए । बाढीले सखाप पारेको उजाड बस्तीका बालबालिकाहरू घरमा अभिभावक भएका त अभिभावकसँग थिए नभएकाहरू खेलेर दिन बिताएको देख्दा उनको निकै मन छोयो ।
त्यसैको आधारमा उनले जब फागुन लाग्यो अनि यो अभियान शुरु गर्ने योजना बनाए । शुरुमा त के गर्ने/नगर्ने अन्यौल नै थियो । जब काम शुरु गर्न थाले अनी गाउँका सबै बालबालिका वरिपरि आएर पढ्न थाले । ‘परिवर्तन गर्न त गाह्रो छ राजु भन्छन्, ‘उनीहरूलाई केही चेञ्ज गर्न सकियो भने त्यो जत्तिको पुण्य अरु केही हुनेछैन ।’ राजुले बालबालिकालाई पढ्न र स्वास्थ्यका ज्ञानगुणका कुराहरू सिकाउने गर्छन्, बालबालिकाले अलिक अप्ठ्यारो गरी बुझ्छन् ।
एकै गाउँको बस्तीको यस्ता बालबालिकाको बारेमा जानकारी पाएर एक्लैले पढाउन थालेका राजुले त्यसको लागि आवश्यक शैक्षिक सामाग्रीको लागि थप समस्या देखियो । बालबालिकालाई पढ्न, लेख्न, स्वास्थ्य हेरचार, दिसापिसाब गरिसकेपछि कसरी हात धुने, बिहान–बेलुकी दात माझ्नेजस्ता सल्लाह सुझाव राजुले दिँदै आएका छन् । हरेक शनिबार अभिवाकलाई समेत भेला गरी स्वास्थ्यसम्बन्धी सचेतना बाँड्छन् ।
यो बस्तीका २५ जना भन्दा बढी बालबालिकालाई राजुले प्रत्येक दिन पढाउने काम गर्छन् । राजुले यस्तो अभियान थालेसँगै बालबालिकाहरूमा धेरै परिवर्तन आएको छ । बालबालिकाहरू आफ्नो नाम भन्न र लेख्न सक्ने अनि हातखुट्टा धोएर मात्रा खाना खानुपर्छ भन्ने बानी बसालेका छन्।
राजुको दैनिकी
राजुको मेहनत अरुको लागि लोभलाग्दो छ । विहान ६ बजे दैनिक उठेर ७ बजे घरबाट हिँड्छन् । १ घण्टा बालबालिकासँग रमाउने, पढाउने अनी सिकाउने काम सकेर घर फर्किन्छन् । घरमा खाना खाएर साढे ९ बजे अफिसका लागि निस्किन्छन् । उनी विराटनगर आँखा अस्पताल रानीको चस्मा विभागमा काम गछन् ।
बिहान १० बजे अस्पताल जाने अनि बेलुकी ५ बजे घर फर्कने उनको दैनिकी हो । उनलाई ट्राइ साइकलमा घर आइपुग्न आधा घण्टाभन्दा बढी समय लाग्छ ।
अपाङ्गता छ, तै पनि उनी खुसी नै छन् । भन्छन्, ‘मेरो शरीरमा अपाङ्गता भएर के भयो त ? मन त अपाङ्ग छैन नि !’
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...