×

NMB BANK
NIC ASIA

प्रदेश १

संसद बैठकमा जात्रा : फोटोकपीका कारण २ घण्टा ढिलाइ

चैत ७, २०७४

NTC
Premier Steels

विराटनगर, ७ चैत–  झण्डै ३ हप्तापछि बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक २५ मिनेट बसेर बिहीवारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो । 

Muktinath Bank

संसद बैठकमा जात्रा 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक २ घण्टा ढिलो गरी शुरु भयो । संसद सचिवालयले नियमावलीको ड्राफ्टको फोटोकपी र प्रिन्ट गर्न ढिला गर्दा संसद बैठक नै प्रभाबित भएको हो । संसद बस्नुपूर्ब सम्पूर्ण तयारी गरेर संसदलाई सहज बनाउनुपर्ने संसद सचिवालयकै कारण बैठक बस्न २ घण्टा ढिलाइ भयो । 
संसद सचिवालयका कर्मचारीका कारण फोटोकपी र प्रिन्ट गर्न २ घण्टासम्म कुर्नु परेको सांसदहरूले दुखेसो पोखे । संसद बैठक शुरु हुने समय १ बजे नै संसद सभा बैठकमा प्रबेश गरेका सबै सांसदहरू १ घण्टासम्म पनि बैठक शुरु नभएपछि खाजा खान निस्किएका थिए । 


Advertisment
Nabil box
Kumari

बैठक बस्नमा भइरहेको ढिलाइको कारणबारे सांसदहरुले पनि जानकारी पाइरहेका थिएनन् । खाजा खाएर फर्किदै गर्दा बैठक शुरु हुनै लाग्यो भन्ने सूचना पाएपछि सांसदहरु पुन संसद भवन पुगे । त्यसपछि थाहा भयो, कर्मचारीले फोटोकपी र प्रिन्ट गर्न ढिलाइ गरेका कारण तोकिएकै समयमा बैठक नबसेको रहेछ । 

Vianet communication

समिति बनाउने बिषयमा दलहरुबीच विवाद

प्रदेशसभा  नियमावली मस्यौदा समितिले आज मस्यौदा सदनमा पेश गरेको छ । समितिले पेश गरेको मस्यौदा भोलि (बिहीवार)को बैठकबाट पारित गर्नेगरी तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । पेश भएको नियमावलीको मस्यौदामा ४ वटा समिति बनाउने की ७ वटा बनाउने भन्ने बिषयमा दलहरुबीच कुरा मिलेको छैन । नेपाली कंग्रेसले बिभिन्न बिषयगत समितिहरु ४ वटा मात्र बनाउनुपर्ने बताउँदै आएको छ भने सत्तापक्ष एमाले र माओवादीले ७ वटा समिति बनाउने प्रस्ताव गरेको छ । 

प्रस्तावित ७ वटा समितिमा न्याय प्रशासन तथा विधायन समिति, शुसाशन तथा योजना रणनीति समिति, अर्थ तथा विकास समिति, सार्बजनिक लेखा समिति, शिक्षा–स्वास्थ्य–कृषि सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक श्रोत तथा पूर्वाधार समिति तथा अन्य थप समिति तोक्न सक्नेगरी मस्यौदामा उल्लेख गरिएको समितिका संयोजक अधिकारीले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x