×

NMB BANK
NIC ASIA

विराटनगर, १९ चैत– सुख्खा याम शुरु भएसँगै पहाडी जिल्लामा खानेपानीको हाहाकार शुरु भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले खाने पानीको दीर्घकालिन व्यबस्थापन गर्न माग गरे ।
 
प्रदेश नम्बर एकको प्रदेश सभाको सोमवार बसेको बैठकको शूल्य र विशेष समयमा सांसदहरुले सुकुम्वासी समस्या समाधान गर्नसरकारको ध्यानाकर्षण गराएका हुन् । संसदहरुले सुकुम्वासीको लागि लालपुर्जाको ब्यवस्था गर्नुपर्ने, किसानले उत्पादन गरेको उत्पादित बस्तुको मुल्य नपाएको, अहिले पनि अदुवाको मुल्य घट्दा किसानहरु अप्ठेरोमा परेको, दोहोरो लालपुर्जा लिएर बसेकाहरु प्रसस्तै भएकोले धनीपुर्जा खारेजीको समेत माग गरे । 

Muktinath Bank


आधा दर्जन गाउँपालिका काकाकुल


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओखलढंगाका संसद मोहन कुमार खड्काले भुईचालो पछि पहाडी जिल्लाहरुमा पानीको मुल सुक्न थालेको सुनाए । उनले पानीको मुल सुकेर अहिले पहाडी क्षेत्रका नागरिक काकाकुल बन्दै आएको अबस्थामा जनताको समस्यामा प्रदेश सरकार हेरेर बस्न नहुने धाराणा राखे । त्यसको लागि पानीको दिर्घकालिन ब्यवस्थापनको लागि पहल थाल्न आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

ओखलढुङ्गाका आधा दर्जन गाउँपालिकामा अहिले मुहान सुकेर पानीको हाहाकार रहेकोले तत्काल ब्यवस्थापनमा ध्यान दिन सुझाए । सुख्खाग्रस्त क्षेत्रमा भुकम्प पछाडी मुल सुक्ने क्रमले खानेपानीको हाहाकार बनेको उनले बताए । 

Vianet communication

उनले जिल्लाको लिकु गाउँपालिका, चम्पादेबी गाउँपालिका,सुनकोशी गाउँपालिका, मानेभन्ज्याङ गाउँपालिका  सिरिजंग र चिसंखुगढी गाउँपालिकालाई सख्खाग्रस्त क्षेत्र घोषणा गरी नदिको किनारबाट लिफ्टिङ सिस्टमबाट पानीको ब्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरे । 

चैतमै पहिरोको चिन्ता

संखुवासभाका संसद पुर्णप्रसाद राईले संखुवासभाको मकालु गाउँपालिकामा सुख्खा पहिरोका कारण १६ घर जोखिममा रहेको बारेमा संसदको ध्यानाकर्षण गराएका छन् । अहिलेको चैतको बेलामा पनि मकालु गाउँपालिका १ को केरखाङ भन्ने ठाउँमा पहिरो गएकोले त्यहाँ रहेका १६ परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने अबस्थामा रहेकोले तत्काल प्रदेश सरकारले ति परिवारलाई सुरक्षित स्थानमा सार्न पहल थाल्न आग्रह गरे । 

संखुवासभा सदरमुकामबाट केरखाङ हुँदै आउजाउ गर्न सकिने गरी बनाईएको बाटोमा अहिले सख्खा पहिलो खस्दा पहिरो नजिकै रहेको बस्ती जोखिममा परेकोले १६ घर परिवारलाई चाङ्गे भन्ने गाउँमा बसाउनको लागि ब्यवस्थापन गर्न माग गरे । 

यस्तै संसदहरुले ईटहरीमा रहेको यातायात ब्यवस्था कार्यालयको शाखा कार्यालय पहाडी जिल्लाका सबैलाई पायक पर्ने गरि खोलिनु पर्ने धनुकटाकी संसद कुसुम कुमारी श्रेष्ठको माग छ । 

सुकुम्वासी समस्या समाधान 


संसद कृष्णकुमारी राईले धनीपुर्जा छानविन गरी सुकुम्वासीको यथोचित ब्यवस्थापनको लागि कानुन आबस्यक रहेको बताईन् । उदयपुरका संसद विमल कार्कीले उदयपुरको बेलका र चौदण्डीगढी नगरपालिकामा देखिएको सुकुम्वासी समस्याको बारेमा उच्चस्तरिय भुमी ब्यवस्था नीति बनाएर काम थाल्नु पर्ने बताए । उनले संसदसभा भवन भित्र उदयपुरगढी दरबार टाँसिएको फोटोलाई सच्याएर चौदण्डीगढी दरवार उल्लेख गर्नुपर्ने अन्यथा गलत सन्देश जानेमा चिन्ता ब्यक्ति गरे । 

संसद साबित्रा रेग्मी र यशोदा अधिकारीले तत्काल किसानको समस्याको बिषयमा प्रदेश सरकारले किसानको मागलाई सम्बोधन गर्नुपर्ने बताए । झापाका संसद झलकबहादुर मगरले पनि लालपुर्जा कै समस्या समाधानमा पहिलो प्राथमिकता दिन आग्रह गरे । बर्षौदेखि जोतभोग गर्दे आएका सुकुम्वासीहरुको बारेमा संवेदनशिल हुँदै धनीपुर्जा वितरणमा पहल थाल्न माग राखे ।  

प्रदेश आर्थिक कार्यविधि बिधेयक पारित

प्रदेश सभाको बैठक ३५ मिनेट बसेर स्थगित भएको छ । प्रदेश सभाले अहिलेसम्म प्रदेश सभा संचालन सम्बन्धि नियमावली पारित गर्ने र आजै  प्रदेश आर्थिक कार्यविधि बिधेयक पास गर्ने बाहेकका कुनै पनि काम अघि बढाउन सकेको छैन । 

सरकाले संसदलाई बिजनेश दिन नसक्दा संसद बैठक विधायकी काम भन्दा भाषण गर्नमै सीमित बनेको छ । संसद चलाउनको लागि सरकारले बिजनेश दिन सक्नु पर्छ तर सरकार गठन भएको एक महिना १७ दिन बितिसक्दा पनि सरकारले कानुनको मस्यौदा सहितको कुनै  पनि बिजनेश हाउसलाई दिन नसकेको संसद सचिवाल स्रोतले बतायो । 

मुख्यमन्त्री शेरधन राई मात्र हैन अन्य मन्त्रीहरु पनि कानुन निर्माणमा भन्दा औपचारिक कार्यक्रममा समय खर्चिँदा समस्या आएको संसदहरुको बुझाई छ । 

आज बसेको संसद बैठक प्रदेश सरकार आर्थिक कार्यबिधि बिधेयक पास गरेर स्थगित भएको छ । चैत २८ गते बस्ने गरि संसद बैठक ९ दिनको लागि स्थगित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x