×

NIC ASIA

क्यानले भन्यो- 'आईसीसीको प्रतिबन्ध फुकुवा हुन्छ भने हदैसम्मको लचकता अपनाउन तयार छौं'

बैशाख ४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ४ वैशाख-नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध फुकुवा हुने अवस्थामा आफूहरू जस्तोसुकै लचकता अपनाउन पनि तयार रहेको जनाएको छ ।

Muktinath Bank

यही वैशाख ६/७ गते विशेष साधारणसभा गर्न लागेको क्यानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुने अवस्थामा हदैसम्मको लचकता अपनाउन तयार रहेको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रतिबन्ध फुकुवा हुन्छ भने हामी जस्तोसुकै लचकता अपनाउन पनि तयार छौं भनेर अाईसीसीलाई भनेका छौं, उहाँहरुले पनि विधिवत ढंगले विधान संशोधनसहित सबै प्रक्रिया पूरा हुन्छ भने प्रतिबन्ध फुकुवा हुन्छ भनेपछि नै यो प्रक्रियामा अघि बढेका हौं,' क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने ।


Advertisment
Nabil box
Kumari

साथै उनले विधान संशोधनको विषयलाई पनि एड्भाइजरी कमिटीले तयार पारेको मस्यौदाअनुसार नै इमान्दारितापूर्वक विशेष साधारणसभामा लैजाने बताए । 'हामीले इमान्दारितापूर्वकै नै सबै विषयलाई एजीएममा लैजान्छौं, एजीएमलाई कन्भिन्स गर्न पनि प्रयास गर्छौं,' प्याकुरेलले भने ।

Vianet communication

अन्य विभिन्न विवादित विषयलाई मनिटरिङ कमिटीले हेर्ने उनको भनाइ थियो । '५ सदस्यीय मनिटरिङ कमिटी बन्दैछ, त्यसमा आईसीसीका ३, राष्ट्रिय खेलकुद परिषद्का १ र क्यानका १ प्रतिनिधि रहनेछन्, जिल्लाको निर्वाचनसहित अन्य विवादित विषयलाई यही कमिटीले हेर्छ,' उनले भने ।

हाल क्यानको केन्द्रीय कमिटीमा रहेका १७ जना नै साधारणसभामा सहभागी हुन पाउने तर मतदान वा निर्वाचनमा भाग लिने हो भने तलैबाट आउनुपर्ने कुरामा पनि सहमति भइसकेको उनले बताए ।

बिहीबार र शुक्रबार बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा हुने विशेष साधारणसभामा आईसीसीका प्रतिनिधि पनि सहभागी हुने प्याकुरेलले जानकारी दिए । सहभागी हुने प्रतिनिधिको नाम भने आधिकारिकरूपमा प्राप्त भइनसकेको उनले बताए ।

साधारणसभाका लागि आईसीसीले नै बजेट उपलब्ध गराएको उनले जानकारी दिए । 'हामीले एकदमै न्यूनतम बजेट तयार पारेर आईसीसीलाई बुझाएका थियौं, त्यो बजेट उहाँहरूले उपलब्ध गराउनुहुने भएको छ,' प्याकुरेलले भने, 'बजेट करीब ७ लाख जतिको छ ।'

आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न एड्भाइजरी कमिटीले संशोधनसहित तयार पारेको विधान जस्ताको तस्तै पारित गर्न दबाब दिँदै आएको छ ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने उपस्थित थिएनन् । उनी पारिवारिक कामले राजधानीबाहिर रहेको महासचिव प्याकुरेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x