×

NMB BANK
NIC ASIA

विराटनगर, ४ वैशाख- एक नम्बर प्रदेशको प्रदेशसभा भवन असुरक्षित रहेको भन्दै सांसदहरूले सुरक्षा व्यवस्था बलियो बनाउन माग गरेका छन् ।

Muktinath Bank

मंगलबार बसेको प्रदेशसभा बैठकमा बैठकमा सांसद भवन असुरक्षित रहेको भन्दै विपक्षी दलका सांसदले तत्काल सांसद भवनको सुरक्षा प्रबन्ध मिलाउन माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद भवन जिल्ला समन्वय समितिको सभाहलमा छ । माथिल्लो तलामा जिल्ला समन्वय समिति रहेकाले सुरक्षा संवेदनशीलता रहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

संसद बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पछिल्ला दिनहरूमा भइरहेको वम आक्रमण, गोली प्रहार तथा वम आतङ्कका कारण त्रास छाएको उल्लेख गर्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरे । प्रदेश सभा भवन भएको स्थलको चारैतर्फ पर्खाल लगाइएको भए पनि चारैतर्फ सुरक्षाका लागि प्रहरी विट राख्न उनको माग छ ।

Vianet communication

‘एक त संसद भवनको सुरक्षा व्यवस्था राम्रो छैन,' कार्कीले भने ‘त्यसमा पनि जिल्ला समन्वय समितिका सभापतिले गरेको अटेरीका कारण सेवाग्राहीको आवत/जावत हुँदा को मान्छे आएर के छाड्ला र के हुने हो भन्नेमा हामी सांसदहरू नै संसद भवनभित्रै असुरक्षित छौं ।’

जिल्ला समन्वय समितिलाई त्यहाँबाट अन्यत्र सार्न आग्रह गरे पनि समिति प्रमुख नरेश पोखरेलले अटेरी गर्दै आएको कार्कीको आरोप छ ।

‘जिल्ला समन्वय समितिका प्रमुखले आफ्नै घरको सम्पत्ति जस्तै गर्नुभएको छ, यो ठीक होइन, संसद भवनलाई असुरक्षित गराउन हुँदैन,’ उनले भने । कार्कीले संसद भवनबाहिर सिसी क्यामेरा राख्न पनि माग गरे।

कार्कीले प्रदेश सरकारले थालेको २० मिनेटमा घटनास्थलमा प्रहरी कार्यक्रम प्रभावकारी नभएको, उदयपुरमा भएको वम आक्रमण, २५ गते हिन्दू धर्मगुरु श्रीनिवासाचार्य माथि भएको गोली प्रहार, गएराति भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा भएको आक्रमण लगायतका विषय उल्लेख गरे ।

सोही क्रममा बोल्दै संंघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले श्रीनिवासाचार्यलाई गोली हान्ने व्यक्तिलाई छानबीन कारबाही गर्न माग गरे । तर दोषी खोज्ने नाममा निर्दोष व्यक्तिलाई अनावश्यक धरपक्कड नगर्न उनको आग्रह छ ।

सदनमा उठेका सवालको जवाफमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले श्रीनिवासाचार्यमाथि भएको आक्रमणमा संलग्नहरूको खोजी भइरहेको जानकारी दिए । अहिलेसम्म ५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको उनको भनाइ थियो । अनुसन्धानका लागि कलडिटेल्स लिने प्रक्रियामा रहेको उनले जानकारी दिए।

उर्लाबारीमा महिलामाथि भएको बलात्कार र हत्यामा संलग्नलाई मुस्ताङबाट पक्राउ गरिएको, झापाको बिर्तामोडका सुन व्यापारीको हत्यामा संलग्नलाई पक्राउ गरिएको उनको प्रष्टोक्ति छ ।

साथै उनले केन्द्रीय सरकारसँगको शक्ति बाँडफाँडमा कानून नबन्दा सुरक्षासम्बन्धी कतिपय सवालमा समस्या आएको बताए । 'प्रहरी बाँडफाँड नुहँदा समस्यै समस्या छ,' मन्त्री कार्कीले भने, 'अहिलेका प्रहरी केन्द्रीय सरकार माताहतमा छन् ।’

सर्वसाधारणले वम देखेको भनेर १५ मिनेटअघि नै प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरी ढिलो पुग्दा विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट भएको खबर बाहिर आएको छ ।

मास्क लगाएर मोटरसाइकलमा आएका २ जनाले झोलामा बम छाडेर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x