×

NIC ASIA

एक नम्बर प्रदेश सरकार आफ्नै निर्णयमा अडिन सकेन, रोकिएको वन व्यवस्थापनको काम शुचारु हुने

बैशाख ९, २०७५

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, ९ वैशाख- एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले वन अतिक्रमण रोक्न दिएको गत चैत २ गते दिएको निर्देशन फुकुवा भएको छ ।

Muktinath Bank

वैज्ञानिक वन ब्यवस्थापनको नाममा अनियमितता भएको, जथाभावी वन फडानी भएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी परेपछि मुख्यमन्त्री राईले वैज्ञानिक वन ब्यवस्थापनको नाममा भएको अतिक्रमण रोक्न निर्देशन दिएका थिए । त्यसको ३७ दिन वित्न नपाउँदै मुख्यमन्त्रीबाट सो वन क्षेत्रमा भएको कामलाई पुन निरन्तरता दिन फुकुवा गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शेरधन राईले मौखिक निर्देशनका कारण जंगलबाट हुने सबै प्रकारका कटान रोकिएको थियो । मुख्यमन्त्री राईको निर्देशनपछि चैत्र २ गतेदेखि मोरङको १९ हजार हेक्टर सामुदायिक, ७ हजार हेक्टर साझेदारी वन र बाँकी रहेका सरकारी वन समेतगरी ५५ हजार ५ सय हेक्टर वन क्षेत्रभित्र काठ दाउरा संकलन, विक्री वितरण तथा वन विकासका सबै कार्यक्रम अवरुद्ध बनेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको निर्देशन पछि वन तथा वातावरण मन्त्रालयका सह–सचिव प्रा.गेहेन्द्र केशरीको नेतृत्वमा कार्यदल बनाएर वनको स्थलगत निरिक्षण गरिएको थियो । कार्यदलले निरिक्षण प्रतिवेदन दिँदै गत वैशाख ३ गते मन्त्री स्तरवाट भएको निर्णयका आधारमा कार्यदलले दिएको पूतिबेदन र निश्कर्ष तथा सिफारिसलाई कार्यान्वयन गर्नु गराउनु भन्दै मन्त्रालयले जिल्ला वन कार्यालय मोरङ र सुनसरीलाई पत्राचार गरेको थियो ।

Vianet communication

वन मन्त्रालय र वन विभागले वार्षिक कार्ययोजना अनुसार जंगलको काठ कटान गर्न निर्देशन दिएपनि प्रदेश सरकारको निर्देशन भन्दै जिल्ला वन कार्यालय मोरङले जंगलबाट काठ दाउरा संकलन गरेको थिएन । तर आज मुख्यमन्त्रीको पत्र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पुगेपछि त्यस बारेमा निर्णय गर्दै तत्कालै वनको कामलाई सुचारु गराउने बारेमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

 उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले कार्यदलले दिएको प्रतिवेदन सहित विभाग तथा मन्त्रालयबाट आएको प्रतिवेदनका आधारमा वनक्षेत्रमा पुर्ववत अबस्थामा काम गर्ने वातावरण वनेको बताए । एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री राईले निर्देशन दिएपछि वन क्षेत्रका जानकारहरु रुष्ट बन्दै आएका थिए ।

 वनको संरक्षणको लागि भन्दै ८० बर्षे योजना बनाएर वनको वैज्ञानिक ब्यवस्थापनको काम हुँदै आएको थियो । निर्देशन फुकुवा भएसँगे ३७ दिनसम्म रोकिएको काम भोलीको मितिदेखि शुचारु हुने छ । कानुनले वनको काम गर्नको लागि बैशाख १५ सम्ममा स्वीकृती दिईसक्नु पर्ने बाध्यात्मक अबस्था रहेकोमा अब यो निर्णयसँगै जिल्ला वन कार्यालयलाई पनि वनको काम गर्न र वीकृती दिन केही दिनबाँकी रहेकोले काम गर्न सहज भएको छ ।

अबको डेढ महिनासम्म वनसँग सम्बन्धित काम गर्ने समय भएपनि यस अघिको ३९ दिनको काम भने अन्यौलमा परेको जिल्ला वन कार्यालय मोरङका प्रमुख विनोदप्रसाद देवकोटाले जानकारी दिए। मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो ।

यो कार्यक्रमअन्तर्गत समुदायिक वनहरूले हरेक वर्ष बढीमा डेढ हेक्टर क्षेत्रफलभित्र ८० वर्षभन्दा पुराना सालका रूख कटान गरी बिक्री गर्छन् भने त्यसपछि त्यहाँ तारबार गरेर नयाँ बिरुवा लगाउँछन् । जिल्ला वन कार्यालय मोरङले दस वर्षसम्मका लागि क्यालेन्डर नै बनाइसकेको छ । यो कार्यक्रम ८० वर्षसम्म चल्ने गरी अघि बढाईएको कार्यालय प्रमुख देवकोटाले बताए । मोरङमा २४ वटा सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापनको कार्ययोजना स्वीकृत भएकोमा १९ वटामा काम भईरहेको छ। गत बर्षसम्म ३ वटा साझेदारी वन मार्फत भएको काम यो बर्षदेखि ४ वटा साझेदारी वनमा पुगेकोछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x