जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
प्रस्तावित अरुण–३ जलविद्युत् परियोजना फेरि चर्चामा छ । नौसय मेगावाट बिजुली उत्पादनको क्षमता हुने यो परियोजना यसपल्ट ‘संयुक्त शिलान्यास’ को कारणले जनचासोको विषय बनेको छ । शुक्रबार काठमाडौंमा नेपाल र भारतका प्रधानमन्त्रीहरूले स्वीच थिचेर संखुवासभामा रहेको परियोजनाको कार्यारम्भ भएको बेहोरा सार्वजनिक भएको छ ।
कानूनी प्रक्रिया नपुग्दै हतार–हतारमा शिलान्यासको काम गरिएकोमा जलस्रोत र त्यसको उपयोगबारे जानकार नेपालीहरूले आश्चर्य प्रकट गरेका छन्, गर्दैछन् । यो शिलान्यासको काम केही साताअघि प्रधानमन्त्री ओली दिल्ली पुगेको बेला पूरा गर्न खोजिएको थियो तर भारतबाट त्यो कार्य भएको भए अन्यथा अर्थ लाग्ने आशङ्काले अन्तिम घडीमा रोकिएको बुझिन्छ ।
तर जे काम नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुँदैन त्यसको पहल काठमाडौं मुकामबाट गरिँदैमा त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैन । नेपालमा बिजुलीको खपत बढ्दै गएका बखत अरुण–३ लाई निर्यातमुखी परियोजनाको रूपमा भारतीय कम्पनीलाई सुम्पिनु आश्चर्य लाग्दो निर्णय हो । अहिले नै नेपालमा बिजुलीको आफूर्ति अपर्याप्त भएको कारणले चर्को मूल्यमा भारतसित किन्नु परिरहेको छ ।
नेपालको आवश्यकता पूरा भएर उब्रेको बिजुली बिक्री गरिनु तर्कसम्मत प्रस्ताव हुनसक्छ । तर अरुण–३ यस्तो कित्तामा पर्दैन । नेपालको भागमा पर्ने बिजुलीको परिमाण पनि सस्तो मूल्यमा भारतलाई नै दिने आधारमा उताको कम्पनीलाई अनुमति दिएको बुझिन्छ । र, पछि नेपाललाई आवश्यक परे महँगो मोलमा उताबाट खरीद गर्नुपर्ने प्रावधान राखिएको छ । अर्को शब्दमा, नेपालको हित नहुने हिसाबले परियोजनालाई स्वीकृति दिएको छ । तसर्थ ओली सरकारको यस निर्णयलाई अर्थोक जे भएपनि राष्ट्रहित अनुकूलको नीति मान्न सकिंदैन । जलस्रोतका विज्ञहरूले ओली दिल्लीतर्फ जानु अगावै ध्यानाकृष्ट गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर विज्ञहरूको रायको समेत बेवास्ता भएको छ ।
२५ वर्षअघि नै विश्व बैंकको संलग्नतामा निर्माण हुने अवस्थामा पुगेको अरुण–३ बढी लागतको कारणले विवादमा परेपछि विश्व बैंक पछि हटेको थियो । यतिखेरको अरुण विवाद संवैधानिक व्यवस्थाको समेत ठाडो उल्लंघन भएको कारणले बाक्लिन जानु अपरिहार्य छ । वर्तमान संविधानको धारा २७९ मा ‘प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड’ संसद्को अनुमोदन आवश्यक पर्ने विषय हो । र, यसको लागि दुई तिहाइको बहुमत चाहिने शर्त राखिएको छ ।
तर ओली सरकारले अरुण नदीको पानी उपयोगसम्बन्धी कुरालाई एक सामान्य व्यापरिक सम्झौता जस्तो तुल्याई अर्को देशको कम्पनीलाई सुम्पिने प्रक्रियामा पुर्याएको छ । यो सर्वथा आपत्तिजनक कुरा हो । यसरी राष्ट्रिय हितको प्रतिकूल हुनेगरी सरासर संविधान मिचिन लागेको घटनालाई मूकदर्शक भएर हेरिरहने मात्र काम गरेमा संसद जिम्मेवारीबाट पन्छेर बस्न खोजेको ठहरिने छ । तसर्थ यस्तो आरोप र राष्ट्रघातको कलङ्क नबोक्ने हो भने २०७४ सालमा निर्वाचिन सार्वभौम सांसद्का सदनहरू तत्काल क्रियाशील हुनु जरुरी छ । समय भेड्किएपछि पछुतो मात्र हात लाग्ने हो ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...