×

NMB BANK
NIC ASIA

बजेटबारे मिश्रित प्रतिक्रिया- विश्लेषक रोका भन्छन्- अस्पष्ट, खनालको नजरमा सन्तुलित

जेठ १५, २०७५

NTC
Premier Steels

काठमाडौं, १५ जेठ – आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थविश्लेषकहरूको मिश्रित प्रतिक्रिया आएको छ ।

Muktinath Bank

विश्लेषक हरि रोकाले बजेटमा खासै नयाँ केही नभएको टिप्पणी गरे । ‘बजेटमा खासै नयाँ केही छैन । पहिला जसरी आउँथ्यो त्यसी नै आयो । संरचनागत परिवर्तन गर्ने गरी आउने अपेक्षा थियो, त्यो केही भएन,’ रोकाले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेटमा स्पष्टता नभएको रोका बताउँछन् । थप ५ युवालाई रोजगारी उपलब्ध गराउने कुरा समेटिएको प्रति व्यंग्य गर्दै रोकाले भने, ‘कसरी रोजगारी दिने ? कहाँ दिने भन्ने कुरा स्पष्ट नै भएन । कि युवराजजी आफैँले दिने पो हो कि !’


Advertisment
Nabil box
Kumari

विकास खर्च कसरी हुने भन्ने कुरा पनि स्पष्ट हुन नसकेको उनको भनाइ छ ।

Vianet communication

बजेट कार्यान्वयनका सन्दर्भमा कुनै कुरा स्पष्ट नहुनु बेठिक भएको उनको टिप्पणी छ । रोकाले भने, ‘स्थानीय तहमा थिंकट्यांकबाहेक कुनै पनि संस्थाको परिकल्पना गरेको देखिएन । स्थानीय तहमा पूर्वाधार निर्माणकै समस्या छ । कति खर्च लाग्छ, कसरी बनाउँछ, यसलाई सरकारले कसरी व्यवस्थापन गर्ने हो । यो कुरा स्पष्ट छैन । युवराजजीले नै बनाउने हो कि ।’

स्रोत व्यवस्थापनको अवस्था हेर्दा राजस्वको लक्ष्यचाहिँ पूरा हुन खासै समस्या नआउने उनको भनाइ छ ।

अर्का विश्लेषक डा. डिल्लीराज खनालले भने बजेट निकै सन्तुलित भएको तर्क गरे । उनले भने, ‘यर्थापरक बजेट, सामाजिक कुरालाई व्यवस्थापन गर्ने न्ययोचित बजेट हो यो पटकको । राजश्वको व्यवस्थापन पनि सजिलोसँग हुन्छ ।’

सरकारले आगामी आर्थिक वर्ष २०७५/२०७६ को बजेटमा वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख विनियोजन गरेको छ ।

कूल विनियोजित बजेटमध्ये चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड, पूँजीगत (विकास)तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८१ लाख र वित्तीयतर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको छ ।

सरकारले स्रोत व्यवस्थापनमा राजस्व ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख, वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख अनुमान गरिएको छ । ४ खर्ब २५ अर्ब २ करोड ४२ लाख न्युन भएको वैदेशिक तथा आन्तरिक ऋण तथा अनुदानमार्फत पूर्ति गर्ने उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x