×

NMB BANK
NIC ASIA

सर्वहारालाई सपना बाँड्नेहरू पूँजीपति भए, हाम्रो लडाईं हामी नै लड्छौं - स्वनाम साथी

जेठ १६, २०७५

NTC
Premier Steels

काठमाडौं, १६ जेठ – सत्ताको चरम दमनले थलिएकाहरूलाई माथि उठाउन सिंगो जीवन खर्च गरेका नेपाली कम्युनिस्ट आन्दोलनका एक गुमनाम नाम - शशि शेरचन ‘स्वनाम साथी’ ।

Muktinath Bank

उनी श्रमिकदेखि मालिकसम्म हरेकलाई साथी भनेरै बोलाउन रुचाउँछन् । साम्यवादी समाज निर्माणको महाअभियानमा जीवन बिताएका स्वनामले जवानीमा प्रेम र विवाह पनि बिर्सिएछन् क्यारे ! उमेर र रोगले सँगसँगै च्यापेपछि बुढेसकालमा परार मात्रै बिहे गरेका हुन् उनले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण र इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकार सिंहदरबारमा रहेका बेला मंगलबार ११औं गणतन्त्र दिवस मनाइयो । हामी गणतन्त्र दिवसकै अवसर पारेर स्वनामलाई भेट्न उनकै निवास पुगेका थियौं ।


Advertisment
Nabil box
Kumari

मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयदेखि आराम गरिरहेका स्वनाम नयाँ बसपार्कपछाडि नेपाल टेलिकम नजिकै एक रोधीघर रहेको घरको तेस्रो तल्लामा बस्दा रहेछन् ।

Vianet communication

कपाल लामो र सेतो थियो । त्यसलाई पछाडि लगेर चुल्ठो बाँधेका रहेछन् । उनले मुसुक्क हाँस्दै हात मिलाए अनि रोधीघरको ढोकाबाट हामीलाई माथि आफ्नो डेरासम्म पुर्‍याए ।

उनीसँगको डेढ घण्टाको बसाइ एक सिंगो इतिहासको किताब पढेजस्तै भयो । सबै बुझेनौं, सुन्यौं मात्रै । साहित्यका बिम्ब र प्रतिक, प्रेमका घुमाउरा कुराकानी, हामीले केही सोधेनौं, सबैले उनैले भने ।

त्यो बसाइमा उनले कम्युनिस्ट आन्दोलन विकृत बनेकोमा चिन्ता व्यक्त गरे । आफूलाई कम्युनिस्ट भन्ने तर त्यसअनुरूप व्यवहार नगर्ने कम्युनिस्ट नामधारीहरूप्रतिको असन्तुष्टिलाई बिम्ब र प्रतिक प्रयोग गर्दै उनले घुमाउरो भाषामा आक्रोश पोखे ।

कुराकानीको शुरुवातमै उनले गणतन्त्र ल्यायौं भन्नेहरूले इतिहास बिर्सेको गुनासो पोखे । उनले भने, ‘जे यहाँ छ यो सबैको हो । लाखौं वर्ष लगाएर विकास भएको चीज हो । म पनि छु यहाँ, तर म मात्रै छैन । कसैले मेरो मात्रै हो भन्न मिल्दैन ।’ 

कयौं वर्षको वैचारिक क्रान्ति र वर्षौंको युद्धका कारण आजको अवस्था आएको भन्दै उनले कुनै पनि उपलब्धि केही निश्चित व्यक्तिहरूकोे मात्रै नभएको बताए ।

निरंकुश सामन्तहरूलाई हटाएर साहुहरूले देश चलाइरहेको बताएका उनले शासकहरूले सर्वहारा वर्गलाई बिर्सिएको गुनासो गरे ।

‘हामी सँगै हिँडेको थियौं । उहाँहरू हामी पढेलेखेका छौं, हामी सत्ता चलाउन सक्छौं भन्दै सामन्तवादविरुद्ध हिँड्नुभएको मात्रै हो । उहाँहरूले अलिकति २००७ सालमा, अलिअलि २०४७ सालमा लिनुभयो । यसपाला पूरै लिनुभयो । उहाँहरूले खाने भनेर लड्नुभएको हो, त्यसैले उहाँहरूले खाएकोमा अप्ठ्यारो नमान्नुस् । अहिले सर्वहारालाई हामीले भन्ने के हो भने, ती सामन्तले खानुभन्दा यीनै टाठाबाठाले खाऊन् । उहाँहरूलाई हामीले अब तिमी काम गर, खाऊ, फेरि अप्ठ्यारो पर्‍यो अनि विदेशीले दुःख दियो भने हामी छँदैछौं भन्दै आफ्नो काममा लागेका हौं । तर सर्वहाराकाको लडाईं जारी छ ।’

स्वनामको परिभाषामा गणतन्त्र (उनकै शब्दमा)

भाषिक शब्दमा गणतन्त्रको अर्थ- गण भनेको मानिसको समूह वा समुदाय र तन्त्र भनेको शासन हो । कोसँग कति गण (भोट) छ भन्ने कुरा न हो । त्यसैले गणतन्त्र भनेको प्रत्येकको शासन हो, यहाँ कोहीलाई ढोग्नुपर्ने जरुरत छैन । जोसँग धेरै गण छ, उसैले नेतृत्व गर्छ । १८ सय वर्षे निरंकुश शासन फालेको दिन हो गणतन्त्र दिवस ।

सबै कुरालाई चारवटा नजरबाट हेर्नुपर्छ- राम्रो, नराम्रो, अलिकति राम्रो-अलिकति नराम्रो र बेवास्ता ।

नेपालमा भइरहेको गणतान्त्रिक अभ्यासमा पनि यी चार कुरा लागू हुन्छन् । यही कुराअनुसार हाम्रो गणतन्त्रका पनि चार पक्ष छन् । पूँजीपतिहरूका लागि राम्रो छ । हिजो सपना देख्दाका सहयात्रीहरू, जोसँग पैसा छैन उनीहरूका लागि नराम्रो छ । यस्तै अलिअलि परिर्तन त भयो नि ! यसका केही राम्रा पक्ष छन्, केही नराम्रा भन्नेहरूका लागि राम्रो पनि नराम्रो पनि । जसलाई गणतन्त्रको केही प्रभाव नै परेको छैन, उनीहरूका लागि के मतलब भो र यसको ?

मेरो नजरमा त यो ठीक छैन, अहिले पूँजीपतिहरूले सत्ता चलाइरहेका छन् । उनीहरूले पनि सर्वहाराको दैनिकी सहज बनाउने भन्ने सपना छरेका थिए नि ! तर उनीहरू अहिले पूँजीपति भएका छन्, उनीहरूका लागि त राम्रो हो । 

अहिले कम्तिमा पैसा भए त सत्तामा पुग्न पाइन्छ । जस्तै एउटा महिला विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो ।

समान अवसर नभए पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि जान सक्ने अवस्था त छ कम्तिमा, यसलाई केही हदसम्म सकारात्मक रूपमा लिन सकिन्छ ।

जहाँसम्म संसदीय व्यवस्थाको कुरा छ, यसमा संसारभरी कूल बजेट (स्रोत साधन)मध्ये ५० प्रतिशत ठूला साहुहरूले खान्छन् वा पूँजीपतिहरूले पाउँछन् । २५ प्रतिशत साना साहुहरूले खान्छन् । धर्मगुरु, कर्मचारीका नेता, राजनीतिक दलका नेता लगायतले १५ प्रतिशत खान्छन् । बाँकीमध्ये आम जनताले पाउने ७ प्रतिशत मात्र हो, यो कुरा संसारभरी नै लागू हुन्छ ।

अहिले संसारमा २ लाख ५० हजार अर्ब बिलियन डलर सम्पत्ति जम्मा भएको छ, त्यो सम्पत्तिमध्ये ५० प्रतिशत विश्वभरका पाँचजना साहुको नाममा छ । बाँकी आधाको नाममा छ । त्यसैले यो व्यवस्था नै ठीक छैन ।

कम्युनिष्ट आन्दोलनको शुरुवात

हामीभन्दा अगाडि धेरैले धेरै गरिसकेका थिए । हामीले थोरै सहयोग गर्ने अठोट लिएका थियौं ।

हाम्रो न्युनतम आवश्यकता पूरा हुने समाज बनाउने अभियानमा थियौं । त्यो अभियानले केही परिवर्तन ल्याएको छ । यो सत्य स्वीकार्नुपर्छ ।

उतिबेला प्रगतिशील र प्रजातान्त्रिक गरी दुईवटा विद्यार्थी संगठन थिए । हामी तथाकथित प्रजातन्त्र भनेर व्याख्या गर्थ्यौं । किनभने, प्रजातन्त्र भनेको पूँजीवादीको राज्य व्यवस्था हो । हामीले पूँजीवादबाट बाहिर निस्किन्छौं भन्ने सपना देखेका थियौं ।

त्यसपछि कम्युनिष्ट आन्दोलनमा नयाँ मोड आयो । कमरेड पुष्पलाल (पुष्पलाल श्रेष्ठ)हरूले पहिले राजा फालौं, त्यसपछि सबै मिल्छ भन्ने चिन्तन ल्याउनुभयो  ।

आधी साम्यवाद (बैदिक काल) थियो, दासयुग आयो, सामन्ती युग आयो, अब पूँजीवाद आउँछ अनि साम्यवाद ल्यउँला भनेर उहाँहरूले भन्नुभयो । तर हामी अहिले पूँजीवादी व्यवस्थामै छौं । हामीले चाहेको व्यवस्था ल्याउन सकेका छैनौं । सम्पत्तिलाई निजी हुनबाट रोक्ने कुरा भए मात्रै सर्वहाराको दिन आएको मान्न सकिन्छ ।

आजसम्म नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस सबै धन्यवादका पात्र हुन् । किनभने आजको दिनसम्म उनीहरुले नै ल्याइपुर्‍याएका हुन् ।

उनीहरूलाई अगाडि किन हिँडेनौ भनेर किन भन्नुपर्‍यो ? रातो टोपी लाथ्यौ, बहुदलीय जनवाद भनेर भन्थ्यौ भनेर किन सम्झाउनुपर्‍यो ? उनीहरूले भनिरहेकै छन् त बिस्तारै समाजवादतिर जाने हो भनेर ।

उनीहरूले जे भने पनि हामीले सर्वहाराको लडाईं लडिरहनुपर्छ, लडिरहेका छौं । किनभने, हामी नाच्नुछ । रमाइलो गर्नुछ । दोहोरी गाउनुछ । त्यसकारण सर्वहाराको लडाईं जारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x