×

NMB BANK
NIC ASIA

काठमाडौं, २९ जेठ - विश्वको ध्यान आकर्षित गर्दै भएको किम जोङ उन र डोनाल्ड ट्रम्प भेटघाटमा एउटा संयुक्त समझदारीमा हस्ताक्षर भएलगत्तै अन्तराष्ट्रिय मिडियाहरू दुवै नेताको ‘बडी ल्याङ्ग्वेज’को अर्थ खोज्न हतारिएका छन् ।

Muktinath Bank

किम र ट्रम्प हात मिलाइरहेको एउटा फोटोमा किमको हात केही माथि उठेको छ । ‘के किमले संसारलाई आफू अमेरिकासँग झुक्ने गरी सम्झौता गर्न नचाहेको संकेत दिएका हुन् ?’ या यो किमको हात मिलाउने सामान्य तरिका मात्र हो ?  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै नेताहरू एकले अर्काको अनुहारमा हेर्दा मात्र मुस्कुराउने गरेको र अन्य समयमा गम्भीर देखिने गरका भिडियो र फोटाहरू सामाजिक संजाल र राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा भाइरल भइरहेका छन् । यसले उनीहरू एकआपसमा सम्झौता गर्न संवेदनशील छन् र सम्झौतामा भएका बुँदाहरू साँच्चिकै गम्भीर छन् भन्ने अर्थ लाग्न सक्छ ।


Advertisment
Nabil box
Kumari

भेटघाटपछि ट्रम्पले आफूहरूबीचको वार्ता अत्यन्त सफल भएको बताए भने किमले अब एक नयाँ युगको शुरूआत भएको टिप्पणी गरे ।

Vianet communication
Laxmi Bank

किम-ट्रम्प भेटघाटले विश्वलाई केही महत्त्वपूर्ण सन्देश दिएको छ । पहिलो सन्देश हो, जस्तोसुकै असमझदारी पनि वार्ताबाट हल गर्न सकिन्छ । यो भेटमा अमेरिकाको अभीष्ट पनि स्पष्ट देख्न सकिन्छ । ट्रम्पले अमेरिका नै शान्तिका लागि पहल गर्ने देश हो भन्ने सन्देश विश्वलाई दिन चाहन्छन् ।

पछिल्लो समय आतंकवादलाई प्रश्रय दिइरहेको भन्दै अमेरिकाको आलोचना हुने गरेको छ । युद्धभूमि सिरियामा अमेरिकाको भूमिका पनि आलोचित हुने गरेको छ । डोनाल्ड ट्रम्पको आप्रवासी खेद्ने नीतिको विश्वव्यापी आलोचना भएको थियो ।

तर किमसँगको भेटघाटपछि ट्रम्पलाई विश्वशान्तिको नेतृत्व गरेको श्रेय जान सक्छ र आलोचनाका स्वरहरू मत्थर हुन सक्छन् भन्ने विषयमा ट्रम्प जानकार छन् ।  

किम र ट्रम्पले हस्ताक्षर गरेको संयुक्त समझदारीमा के छ भन्ने हालसम्म नखुलाइए पनि त्यसमा उत्तर कोरियाले विकसित गरेको परमाणु हतियारको सहज व्यवस्थापन गर्नुपर्ने र उत्तर कोरियामाथि लगाइएको विभिन्न तहका आर्थिक प्रतिबन्धहरूलाई खारेज गर्नुपर्ने बुँदाहरू हुन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको दाबी छ ।

दुवै नेताहरूको हाउभाउ हेर्दा भेटघाट असफल होला भन्नु उपयुक्त नभए पनि वार्तालाई प्रभाव पार्ने गरी दक्षिण कोरिया, जापान र चीन लगायतका देशहरूको स्वार्थ पनि समेटिएको कारण वार्ताले सोचेअनुरुप सफलता प्राप्त गर्न नसक्ने सम्भावना भने जीवितै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x