माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौं, ७ असार – व्याजदरको सम्बन्धमा बैंकर्सबीच भएको भद्र सहमति तोडिएसँगै बैंकले धमाधम व्याजदर बढाउन थालेका छन् ।
बैंकर्स संघले ११ प्रतिशतभन्दा बढी व्याज नदिने भन्दै गरेको सहमति गत आईतबार खारेज भएसँगै बैंकहरू धमाधम व्याजदर बढाउन थालेका हुन् । व्याजदर बढाएर शुरूमा विवादमा आएको एनआइसी एसिया बैंकलाई पनि उछिन्दै सिभिल बैंकले लिमिटेडले मुद्दतिमा मात्र नभएर बचत खातामा समेत व्याजदर बढाएको छ ।
सिभिलले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २ सय २२ दिनको मुद्दती खातामा १२ दशमलव २२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशतको वार्षिक योजना सार्वजनिक गरेको छ । एनआइसी एसिया बैंकले मासिक रुपमा ब्याज दिने गरी १२ प्रतिशत वार्षिक व्याजदर भएको धनवर्षा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसैगरी, प्राइम कमर्सियल बैंकले १ वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गरेको छ । सेञ्चुरी बैंकले पनि मुद्दति निक्षेपमा १२ दशमलव ५ प्रतिशतसम्म व्याज दिएको छ । बैंकले ३ देखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ दशमलव ५ प्रतिशत प्रदान गर्ने गरी २ वटा नयाँं योजना ल्याएको छ ।
अन्य बैंकले पनि धमाधम निक्षेपमा व्याज बढाएर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
कर्जाको व्याजदर बढे ‘भयावह स्थिति’
निक्षेपको व्याजसँगै कर्जामा पनि व्याज बढ्ने छ । अहिले बैंकले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाबीचको अन्तर (स्प्रेड रेट) ५ प्रतिशत रहेको छ । यसको मतलब कुनै बैंकले निक्षेपमा दिएको व्याजको तुलनामा कर्जा दिँदा लिने व्याज ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।
बैंकले निक्षेपकर्तालाई बढी व्याज तिर्नुपर्ने बित्तिकै कर्जामा पनि बढाउनुपर्ने बाध्यता हुन्छ । बैंकले कर्जामा व्याज बढाउने संकेत देखिएपछि ऋणीहरू समस्यामा पर्ने भएका हुन् । तर, कर्जाको ब्याजदर ३ महिनामा मात्रै हेरफेर गर्न सक्ने भएकाले अहिले नै केही नभएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन् ।
उनले भने, ‘उत्पादनको बजारमा निक्षेपभन्दा कर्जाको महत्व बढी हुन्छ । त्यसकारण बैंकले निक्षेपकर्तालाई व्याज थप्ने बित्तिकै कर्जामा पनि थप्नुपर्छ । यसले उद्योग धन्दामा असर पर्छ । यसलाई नीतिगत रुपमा केन्द्रिय बैंकले समाधान गर्नुपर्छ ।’
निक्षेपको व्याजदर बढाउनुले समृद्धिको बाटोमा ठूलो असर पार्ने पूर्वगभर्नर तिलक रावल बताउँछन् । उनले लोकान्तरसँग भने, ‘बजारमा तरतला अभाव भएको अवस्था छोटो समयका लागि यो समस्या हट्ला । तर, हाम्रो बजारमा भयावह स्थिति ल्याउँछ । किनभने, निक्षेपकर्तालाई व्याज तिर्ने पैसा त बैंकले कर्जाबाट उठाउनुपर्छ । त्यसले उद्योगधन्दा, कृषि तथा अन्य उत्पादनमा लागत बढ्दै प्रतिस्पर्धात्मक क्षमतामा नकारात्मक असर पर्नेछ ।’
राष्ट्र बैंकले अब मौद्रिक नीतिमा यो समस्या समाधानका लागि नीति ल्याउनुपर्नेमा रावलले जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...