×

NMB BANK
NIC ASIA
काठमाडौं, २ फागुन – भनिन्छ, नेपाल विविधताले धनी तथा भरिपूर्ण मुलुक हो । हिमाल, पहाड र तराईका विविध समुदायमा समाजले आफ्नै किसिमका संस्कृति हुर्काएको छ । तराईमा नाचिने ‘जट जटिन’ लोकनाटक पनि यस्तै संस्कृतिको एक उदाहरण हो । मैथिल समुदायका लागि त यो लोकनाटक परम्परागत मान्यताको एक गहना नै हो ।

गतसाता काठमाडौंमा कांग्रेसनिकट नेपाल सांस्कृतिक संघको उद्घाटन समारोह चलिरहेको थियो । सोही कार्यक्रममा जनकपुरबाट आएको मिथिला नाट्यकला परिषद् (मिनाप) को एक समूहले ‘जट जटिन’ नृत्य प्रस्तुत ग–यो । यो धेरै काठमाडौंवासीका लागि नौलो स्वाद थियो ।


लामो समयसम्म पानी परेन भने देउता खुशी पार्नका लागि नाचिने यो नाच मैथिली समुदायमा एक उत्कृष्ट लोकनाटकका रूपमा हेरिन्छ । उही भेषभूषा, उस्तै हाउभाउमा केही जोडी श्रीमान्–श्रीमतीले नाटकमार्फत आफ्ना भनाइ अभिव्यक्त गरेर यो लोकनाटक प्रस्तुत गर्ने गर्दछन् । पानी पर्ने मौसममा पानी परेन भने या लामो समयसम्म खडेरी लाग्यो भने गाउँका केही जोडी (श्रीमान् श्रीमती) जम्मा भएर यो लोकनाटक प्रस्तुत गर्ने गर्दछन् ।

यसो गर्दा पानी पर्ने विश्वास गरिन्छ । यो समुदायमा के विश्वास छ भने नृत्यको प्रभावले अनिवार्य पानी पर्छ । इन्द्र देउताले सुन्छन् र पानी पारिदिन्छन् । गीतमा मायाप्रेम, लडाईं झगडाको भावलाई जोडिएको हुन्छ ।
नाटकमार्फत इन्द्रदेवलाई जिस्काउने प्रचलन पनि छ । ‘यसको शैली एकैनासको हुन्छ । प्रस्तुति पनि एउटै हुन्छ,’ लामो समयदेखि संस्कृतिको जगेर्नामा लागेका मिनापका नृत्य निर्देशक धिरज ठाकुर बताउँछन् ।
उनी भन्छन्, ‘हामी जहाँ जान्छौं, त्यहाँ हामीले यो लोकनाटक प्रस्तुत गरेका हुन्छौं । अबको पुस्ताले हाम्रो संस्कृति नभुलोस् भनेर हामीले यसो गरेका हौं ।’

‘कुनै पनि लोक नाट्य एउटै पात्र तथा संरचनामा रहिरहन सक्दैन । समय अनुसार फेरिँदै जान्छ,’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्य विभाग प्रमुख रमेश रञ्जन झा भन्छन् । ‘जट जटिन गीतीनाटक होइन । यो लोकनाटक हो ।’ केहीले नाटकलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको आधारमा गीतीनाटक भनेर व्याख्या गरेको पनि पाइन्छ उनको तर्क छ ।

यो लोकनाटक कतिबेलादेखि शुरु भयो भन्ने यकिन तथ्यांक नभएपनि मान्छेले खेतीकिसानी गर्न थालेदेखि नै यो संस्कृतिको शुरुवात भएको बताउँछन् रमेश रञ्जन झा ।

पहिले लामो समय खडेरी परेर पानी नपर्दा इन्द्रदेव रिझाउन गरिने यो लोकनाट्य पछिल्लो समयमा भने परिष्कृत हुँदै श्रीमान्–श्रीमतीको ख्यालठट्टा, वेदना तथा रमाइलो पक्षलाई समेत समेटेर नाटकमार्फत प्रस्तुत गर्ने गरेको पाइन्छ ।

लामो समय खडेरी प–यो भने भगवान् इन्द्रलाई जिस्काउन यो लोकनाटक प्रस्तुत गरिन्छ । ‘इन्द्रको सबैभन्दा प्यारो जीव भ्यागुतो हो । इन्द्रलाई जिस्काउन विभिन्न शृंगार गरेर नाच्ने र ओखलमा भ्यागुतोलाई कुट्ने गरिन्छ,’ झा भन्छन् ।

कतिपय स्थानमा भने यो नाच सुखी परिवारको कामना गर्दै नाचिन्छ । ‘मधेसमा यसको आफ्नै विशिष्ट स्थान रहेको छ अनि मिथिला समुदायमा यो नाचलाई विशेष मानिन्छ,’ पत्रकार आनन्द गुप्ता भन्छन् । ‘भगवान् इन्द्रलाई रिझाउन यो नाच नाचिने जनविश्वास छ अनि यसमा हाम्रो संस्कृति पनि जोडिएको छ ।’

भोजपुरी समुदायमा भने यो लोकनाटक मूलतः भर्खरै विवाह गरेका नवजोडीले गीतीकथाका रूपमा नाच्ने गर्दछन् । जट (युवा) र जटिन (युवती) को जोडी सामूहिक रूपमा नाच्ने परम्परा पनि यो गीतमा रहेको छ । यसरी नाच्दा श्रीमतीले श्रीमानसँग आफ्ना वेदना पोख्ने गर्दछिन् ।

पछिल्लो समय नेपालमा पनि विदेशी संस्कृति हावी भएको छ । मिथिला समुदाय पनि यो सोचबाट अछुतो रहन भने सकेको छैन । फलस्वरूप यस्ता गीतहरू लोप भएर जाने हुन् कि भन्ने चिन्ता पुरानो पुस्तामा देखिएको छ । तर केही युवा, समुदाय र विभिन्न संस्था आफ्नो संस्कृतिको विकासमा योगदान पु–याइरहेका छन् ।

त्यसैले त कुनै नयाँ ठाउँमा कार्यक्रम प्रस्तुत गर्नुप–यो भने युवाहरू यस्ता नृत्य प्रस्तुत गरिरहेका हुन्छन् ।
आजभोलि भने आधुनिकतासँगै नृत्यको संरचनामा समेत केही परिवर्तन देखिन थालेको छ । कुनै बेला पानी पार्ने अनुरोधसहितको मागलाई नयाँ पुस्ताले यही लोकनाटकमार्फत व्यापकताको खोजी गरेका छन् । भावनाको दायरा फराकिलो भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x