×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाको प्रशिक्षक बन्न ग्वार्डियोलालाई 'बम्पर अफर', अग्वेरोसँग फोन वार्ताको खुलासा !

असार २०, २०७५

NTC
Photo : vietnamnet.vn
Premier Steels

काठमाडौं, २० असार – अर्जेन्टिना फूटबल एसोसिएसन (एएफए)ले प्रशिक्षक जोर्गे साम्पाओलीका ठाउँमा म्यानचेस्टर सिटी फूटबल क्लबका व्यवस्थापक पेप ग्वार्डियोलालाई अनुबन्धन गर्न प्रस्ताव राखेको खबर सार्वजनिक भएको छ । सन् २०२२ सम्मका लागि ग्वार्डियोलालाई वर्षको १ करोड २० लाख डलर पारिश्रमिक दिने गरी 'बम्पर अफर' गरिएको खुलासा भएको हो ।

Muktinath Bank

जबकि रुस विश्वकपमा सहभागी राष्ट्रहरूमध्ये सबैभन्दा बढी तलब पाउने जर्मन प्रशिक्षक जोआचिम लोको तलब वार्षिक ३३ लाख डलरको हाराहारीमा मात्र छ । ग्वार्डियोलालाई अफर गरिएको भनिएको रकम यसको झण्डै चार गुणा बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्जेन्टाइन टीम सम्हाल्न तयार भएको अवस्थामा उनले पाउने तलबको आधी रकम एएफएले तिर्नेछ भने आधाचाहिँ टोर्नियोसले भुक्तानी गर्नेछ । टोर्नियोससँग सन् २०३० सम्मका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीको टीभी अधिकार छ ।


Advertisment
Nabil box
Kumari

ग्वार्डियोलाले सर्जिओ अग्वेरोसँग फोनमा कुरा गरेर अर्जेन्टिनाको प्रशिक्षण गर्न आफूलाई मन लागेको तर राष्ट्रिय टोलीलाई अर्जेन्टिनीले नै प्रशिक्षण दिएको ठीक हुने बताएको जनाइएको छ ।

Vianet communication

तर म्यानचेस्टर सिटीसँग हालै सम्झौता रिन्यू गरेर २०२१ सम्म लम्ब्याएका ग्वार्डियोलाले यो अफर मान्दै अर्जेन्टिना जाने सम्भावना न्यून छ । उनलाई क्लब छोड्न कुनै हतारो पनि छैन । 

ग्वार्डियोलाले लियोनेल मेस्सीसँग पनि राम्रो सम्बन्ध छ । उनीहरू कुनै बेला बार्सिलोनामा सँगै थिए । ग्वार्डियोलाले मेस्सीलाई राष्ट्रिय टोलीमा टिकाइराख्न सक्छन् । 

ग्वार्डियोलाले एत्तिहाद स्टेडियम छोड्ने सम्भावना त्यति देखिँदैन । तैपनि उनले कुनै राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने इच्छा देखाएका भने छन् र अर्जेन्टिना एक विकल्प हुन सक्छ ।

ग्वार्डियोला पछिल्लो दशकका उत्कृष्ट प्रशिक्षक हुन् । उनको नेतृत्वको क्लब म्यानचेस्टर सिटीले अघिल्लो सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

त्यसअघि उनले बार्यन म्युनिखको नेतृत्व गर्दै बुन्डेसलिगा तथा बार्सिलोनाको नेतृत्व गर्दै लालागि, च्याम्पियन्स लिगलगायत प्रतिष्ठित उपाधि जिताइसकेका छन् ।

यो पनि पढ्नुहोस् :

मेस्सीलाई अर्जेन्टिनी जर्सीमा उपाधिको भोक, चार वर्ष खेले थप ४ मौका !

अर्जेन्टिनी टीममा आमूल परिवर्तनको खाँचो : यसरी फर्किनसक्छ शक्ति !

hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x