असार ९, २०७५
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
असार ७, २०७५
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलोचना गर्ने गरेका छन् ।
विश्वकपअन्तर्गत क्रोएसियासँगको म्याच अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक साम्पाओलीले अर्जेन्टिनाले आइसल्याण्डलाई जित्न नसक्नुमा मेस्सी मात्र दोषी नरहेको बताए ।
'जब अर्जेन्टिनाको जर्सीबाट गोल हुन्छ, त्यसको श्रेय हामी सबै लिन्छौं । अनि जब अर्जेन्टिनाले हार्छ, त्यहाँ मेस्सीको मात्र दोष हुन्छ ! यो त अलि अन्याय भयो,' साम्पाओलीले भने- 'एउटा खेलाडीमा एकदमै धेरै बोझ थोपरिएको छ । मैले भन्नुपर्छ- त्यो पेनाल्टी मिस हुनुमा म पनि जिम्मेवार छु ।'
साम्पाओलीले थपे - 'मेस्सी एक्लै दोषी हुनै सक्दैनन् । मलाई लाग्छ अब अर्जेन्टाइनले यसरी सोच्नुपर्छ ।'
मेस्सीलाई विपक्षीले घेर्दा अन्य खेलाडीले फाइदा उठाउन सक्नुपर्ने उनको भनाइ छ ।
'जब दुई वा तीन विपक्षी खेलाडी मेस्सीलाई ब्लक गर्न लागिपरेका हुन्छन्, तब अन्य खेलाडीका लागि स्पेस खुल्छ, जस्तो आइसल्याण्डसँगको खेलमा भएको थियो,' उनले भने- 'यस्तो अवस्थामा हामीले फाइदा उठाउन सक्नुपर्छ ।'
मेस्सीले अर्जेन्टिनाका लागि खेलेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमध्ये ५/६ खेलमा मात्र हार बेहोरेको भन्दै उनी टीमको पिलर नै भएको बताए ।
मेस्सी र म्याराडोना दुवै अर्जेन्टिनाका लागि आफ्नो समयका महान खेलाडी भएको उनको भनाइ छ ।
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...