×

NMB BANK
NIC ASIA

ब्राजिली खेलाडीहरुको नसुनिएको कथा–कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म

असार २१, २०७५

NTC
Premier Steels

काठमाडौं, २१ असार – विश्वकप फूटबलमा ब्राजिलले राम्रो प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । यस टीमका खेलाडीहरूको जीवन संघर्षपूर्ण छ र यहाँ त्यसैको वर्णन गरिँदैछ । 

Muktinath Bank

एलिसन बेकर (गोलकीपर)


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोलकीपिङ एलिसनको रगतमा बगिरहेको छ भन्नु गलत हुँदैन । एलिसनकी आमा पनि फूटबल खेल्थिन् र गोलकीपर नै थिइन् । एलिसनका दाजु मुरिएल पनि गोलकीपर हुन् र शुरूतिर उनीहरू एउटै टीमबाट खेल्थे । दाजुलाई चोट लाग्दा मात्र एलिसनले मौका पाउँथे । अर्को रमाइलो कुरा एलिसनका अंकल जुत्ता बनाउँथे र एलिसनले उनीसँग मिलेर पहिलोपटक आफ्नो लागि फूटबल जुत्ता बनाएका थिए । 


Advertisment
Nabil box
Kumari

डेनलो

Vianet communication

करीयरको शुरूआतमा डेनिलो गोलकीपर बन्न चाहन्थे र त्यही पोजिसनबाट खेल्थे पनि । तर एक दिन उनका कोचले उनलाई फुल ब्याकका रूपमा मैदानमा उतारे ।

त्यसपछि उनले कहिले पनि पञ्जा लगाएनन् । त्यो पञ्जा उनका पिताले अतिरिक्त पैसा दिएर किनेका थिए । डेनिलो कुनै उपाधि जितेर घर फर्केपछि उनका शहरका मानिसले उनलाई दमकलमाथि राखेर परेड निकाल्छन् । डेनिलो १५ जुलाईमा जन्मेका हुन् र त्यही दिन विश्वकपको फाइनल खेलिनेछ । 

थियागो सिल्भा

सिल्भा १७ वर्षको हुँदा रुसमा एक प्रतियोगिता खेलिरहेका थिए । उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरियो । उनलाई क्षयरोग लागेको पत्ता लाग्यो । ६ महिनासम्म उनी अस्पतालमै बसे । उनकी आमा र प्रेमिका उनलाई भेट्न रुस जान सकेनन् । 

तर त्यसपछि निको भएर उनी अहिले तेस्रोपटक विश्वकपमा खेल्दैछन् । सन् २०१४ मा चिलीविरुद्ध पेनाल्टी शूटआउटका बेलामा आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सकेनन् र मैदानमै रुन थाले । 

मिरान्डा

मिरान्डा ११ दाजुभाइमा कान्छा थिए । उनी ६ वर्षको हुँदा ठूल्दाजुको २४ वर्षको उमेरमा मृत्यु भएको थियो । ती दाजु फूटबल खेल्ने गर्थे । मिरान्डाले यो दुर्घटनापछि आफ्नी आमालाई आफू फूटबलर बन्ने र ब्राजिलका लागि विश्वकप खेल्ने बताएका थिए । मिरान्डा अलिक लजालु स्वभावका छन् र ड्रेसिङ रूममा कसैले सोधेमा मात्र बोल्छन् । कोच टिटेले उनलाई खुबै विश्वास गर्छन् । 

मार्सेलो

म्याचपछि प्रायः खेलाडीहरू एकअर्कालाई जर्सी दिन्छन् तर मार्सेलो जर्सी बदल्दैनन् । बरू बूट चाहिँ बदल्छन् । ती बूटहरू उनी मड्रिडमा रहेको आफ्नो घरमा शोकेशमा राख्छन् । उनलाई जिदानको बूट सबभन्दा प्रिय लाग्छ । उनीसँग रोनाल्डोको पनि दुईवटा बूट छन् । 

आफ्ना हजुरबुवासँग अत्यधिक प्रेम गर्ने मार्सेलोले हजुरबुवाको जन्ममिति (मे २६, १९३८) को टाटू बनाएका छन् । मार्सेलोका हजुरबुवाले जागिर छोडेर उपादान आएको पैसाबाट कार किनेका थिए । उनी मार्सेलोलाई त्यही कारमा चढाएर रंगशाला पुर्‍याउँथे । 

क्यासेमिरो

क्यासेमिरोका भाइको टीम कुनै खेल खेलिरहेको थियो र गोलकीपर आएको थिएन । यस्तो अवस्थामा क्यासेमिरोले गोलकीपर भएर खेले । उनको खेल देखेर प्रशिक्षकले उनलाई लिए तर गोलकीपरका रूपमा नभई आउटफील्ड खेलाडीका रूपमा । क्यासिमेरोका परिवार र साथी उनलाई कार्लिन्हो भनी बोलाउँछन् । क्यासिमेरोले पहिलो तलब पाएपछि त्यो पैसाले आमाका लागि घर किनेका थिए । 

पउलिन्हो

लिथुआनिया र पोल्यान्डमा खेलेपछि पैसा नलिइकन स्वदेश फर्केका पउलिन्हो एकदम निराश थिए । त्यतिखेर उनको उमेर १७ वर्ष मात्र थियो ।

पैसाको समस्या आएपछि उनले फूटबल नखेल्ने निर्णय लिएका थिए । तर साथीहरूले उनलाई ब्रैगांटिनो क्लबबाट खेल्न सुझाव दिए । त्यसपछि उनले प्रगति गर्दै ब्राजिलको शीर्ष क्लब कोरिन्थियन्स र पछि बार्सिलोनाबाट खेल्न थाले । उनी आजसम्म पनि बार्सिलोनाबाट उनको एजेन्टले गरेको कल जीवनकै सर्वोत्कृष्ट पल मान्छन् । 

विलियन

विलियन ब्राजिलका तर्फबाट विश्वकप छनोट खेल खेल्दै गर्दा उनकी आमा कोमामा थिइन् । यस्तो मुश्किल अवस्थामा पनि यी जुझारु ख्ेलाडीले शानदार खेल खेले । दश दिन कोमामा गएपछि उनकी आमाको मृत्यु भयो । तर मर्नुअघि उनी उठेर भेनेजुएलाविरुद्ध ब्राजिलको खेल हेरिन् । त्यसमा विलियनले शानदार गोल गरेका थिए । विलिय आजसम्म पनि त्यो आफ्नो सर्वोत्कृष्ट गोल भएको मान्छन् । 

कउटिन्हो

कउटिन्हो चार वर्षका हुँदा एउटा नालीमा लडेका थिए तर चामत्कारिक रूपमा उनलाई केही भएन । कउटिन्हो आफ्नो देशका लागि खेल्ने सपना सानैदेखि देख्थे । उनका दुई दाजुले उनको बाल्यकालका लगभग सबै म्याच रेकर्ड गरेका थिए । 

नेयमार

नेयमारलाई मातियास भनी चिनिने थियो होला तर अन्तिम क्षणमा उनका पिताले आफ्नै नाम छोरालाई दिए । ६ महिनाको हुँदा नेयमार दुर्घटनामा जोगिएका थिए । पूरा परिवार कार चढेर एक रात कतै जाँदै थियो । आँधी तूफान चलेको उक्त रातमा नेयमारका पिताले कारको नियन्त्रण गुमाए तर खुशीको कुरा कसैलाई गम्भीर चोट लागेन । 

गाब्रिएल जिसस

भविष्यका सुपरस्टार भनी चिनिने २० वर्षीय जिसस अघिल्लो विश्वकपअघि सडक रंगाउने काम गर्थे । टेटिन्हा भनी साथीहरूमाझ चिनिने जिससलाई म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले फोन गरेर सिटी आउनू भनेका थिए । त्यतिखेर पेपका आधी कुरा आफूले नबुझेको उनी बताउँछन् । जिससलाई उनकी आमाले पालेकी हुन् । उनलाई आफ्ना पिताका बारेमा केही थाहा छैन । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x