×

NMB BANK
NIC ASIA

एम्बाप्पेलाई रोक्नु उरुग्वे डिफेन्सको ठूलो चुनौती

असार २१, २०७५

NTC
Premier Steels

काठमाडौं, २१ असार – फ्रान्स र उरुग्वेबीच शुक्रवार हुने विश्वकपको क्वार्टरफाइनल प्रतिस्पर्धामा सबैको नजर फ्रान्सका गोलमशिन किलियन एम्बाप्पेमा रहनेछ ।

उनलाई रोक्न उरुग्वेको डिफेन्सका लागि चुनौतीपूर्ण हुनेछ । उरुग्वेले अहिलेसम्म आफ्नो मजबूत डिफेन्सको बलमा खेलहरू जित्दै आएको छ । 

उन्नाईस वर्षीय एम्बाप्पे हरेक डिफेन्सलाई छेड्न समर्थ देखिएका छन् ।

यो प्रतिस्पर्धा उरुग्वेको डिफेन्स र एम्बाप्पेको गतिका बीच हुनेछ ।

फिटनेस समस्याबाट गुज्रिरहेका उरुग्वेका स्ट्राइकर एडिनसन कवानी पीएसजी क्लबमा एम्बाप्पेसँग खेल्छन् । उरुग्वेको आक्रमणको नेतृत्व लुइस सुआरेजले गर्नेछन् ।

कप्तान डिएगो गोडिनको नेतृत्वमा जोस जिमेनेज, मार्टिन कासेरेस र डिएगो लक्साटको डिफेन्सले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै जम्मा एक गोल खाएको छ । अनि गोलकीपर फर्नान्डो मुस्लेरालाई पनि यसको श्रेय दिनुपर्ने हुन्छ । 

समूह चरणमा उरुग्वेले एक गोल पनि खाएन । अन्तिम १६ को खेलमा भने पोर्चुगलका पेपेले गोल गरे तर आफ्नो टोलीलाई जिताउन सकेनन् । ब्राजिलले पनि यो विश्वकपमा जम्मा एक गोल खाएको छ । 

उता फ्रान्सले भने चार गोल खाइसकेको छ । अनि फ्रान्स र उरुग्वे दुवैले सात–सात गोल गरेका छन् । 

उरुग्वेका अनुभवी डिफेन्डरहरूले आपसमा कुल ३५० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेका छन् त्यसैले एम्बाप्पेका लागि अर्जेन्टिनाविरुद्धको जस्तो सहजता हुने छैन । त्यसो त फ्रान्समा एम्बाप्पेबाहेक आत्वाँ ग्रिजम्यान पनि राम्रो फर्वार्ड
खेलाडी छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x