×

NMB BANK
NIC ASIA

सूर्य नेपाल गल्फः दोश्रो दिन‌ सुवासलाई अग्रता

फागुन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​

Muktinath Bank

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोरसहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुवनले आज २-ओभर ७१ स्कोर गरे र समग्रमा इभन-पार १ सय ३८ को कार्डसहित दोस्रो स्थानमा झरे। ​


Advertisment
Nabil box
Kumari

समग्रमा १-ओभर १ सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्त रुपमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए। 

Vianet communication
Laxmi Bank

नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्त रूपमा पाँचौँ स्थान बाँडे।

शुक्रले इभन-पार ६९ र दलले २-ओभर ७१ स्कोर गरे। समग्रमा ५-ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १-अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५-ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७-ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन्। ​

समग्रमा ८-ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्का, धन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्त रूपमा नवौं स्थानमा छन्। 

३६ होलको समाप्तिमा १६-ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन्।

प्रोफेसनल खेलाडीहरु दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भुबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन्। 

पहिलो दिन ३-ओभरको प्रदर्शनसहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुवासले दोस्रो दिन लय समाते।

उपाधि रक्षा गर्ने सम्भावनालाई जीवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीविरूद्ध चार बर्डी प्रहार गरे। १०औं, १३औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३२ मा सकाए। 

भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३६ मा र १०औं होलको बोगीविरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पूरा गरे‌।

रामे मगरले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले दोस्रो, छैटौं, आठौं होलमा एक-एक सट बचाए। चौंथो र नवौं होलमा बोगी खेपे।

यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेप नि १२औं र १६औं होलमा एक-एक सट खेर फाले।

सञ्जयले फ्रन्ट नाइन इभन-पारमा सकाउने क्रममा पहिलो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे पनि पाँचौ होलमा डबल बोगीको सामना गरे। यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए। 

५४ होलको प्रतियोगितामा ३१ व्यवसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहने अन्य व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्।

शनिबार हुने प्रोएमसँगै प्रतियोगिता सकिनेछ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x