×

NMB BANK
NIC ASIA

विश्वकप : सेमिफाइनलकाे समिकरण पूरा, फाइनलका लागि कुन टोली कोसंँग भिड्दै ?

असार २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ असार– रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।

Muktinath Bank

यसअघि शनिबार नै भएको पहिलो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–०ले पाखा लगाउँदै इङ्ल्याण्ड विजय भएसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो । योसँगै क्रोएसिया, फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन् । फाइनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ । युरोकपको उपविजेतासमेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पन्छाउँदै यो विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । 


Advertisment
Nabil box
Kumari

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले हराउँदै अर्को युरोपेली मुलुक बेल्जियम सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ । इङ्ल्याण्डले स्विडेनलाई २–०ले हराउँदै १८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

Vianet communication

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा स्थान बनाउन सफल भयो । योसँगै क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको छ ।

अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ । दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ मा शुरू हुनेछ ।

दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति हुनेछ । लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११:४५ मा शुरू हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x