×

NMB BANK
NIC ASIA

रुस विश्वकपमा फ्लप रहे यी टीम, देखाउन सकेनन् जादू यी खेलाडीले

असार २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ असार – रुसमा फिफा विश्वकप शुरू हुँदा जर्मनी, ब्राजिल, अर्जेन्टिना र उरुग्वे निकै माथि पुग्ने आशा गरिएको थियो । यी सबै टोली विश्वविजेता रहिसकेकाले उनीहरूमाथि प्रशंसकले धेरै आशा राखेका थिए ।

ब्राजिल
सबभन्दा धेरै पाँचचोटि विश्वकप जितेको टीम ब्राजिल क्वार्टरफाइनलबाट घर फर्कियो । अचम्मको कुरा त, सेमिफाइनल जम्मा एकचोटि पुग्न सफल भएको बेल्जियमले उसलाई हराइदियो । ब्राजिललाई २–१ ले हराएर बेल्जियमले तहल्का मच्चाएको हो । 

जर्मनी
ब्राजिलपछि सबभन्दा धेरैपटक विश्वकप जित्ने टीम जर्मनी यो प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । अघिल्लो संस्करणको विश्वविजेताले मेक्सिको र दक्षिण कोरियासँग हारेर छिट्टै घर फर्कनुपरेको हो । स्विडेनलाई हराएपनि जर्मनीको समग्र प्रदर्शन राम्रो रहेन । 

अर्जेन्टिना
अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनेल मेस्सी भएकाले टीम जेजस्तो भएपनि विश्वविजेता बन्ला भनी धेरैले अनुमान गरेका थिए । हुन त अर्जेन्टिना फूटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले अर्जेन्टिनाको लक्ष्य सेमिफाइनल पुग्नु हो भने पनि टीम समूह चरण बल्लबल्ल पार गर्न सफल भयो अनि अन्तिम १६ मा पराजय बेहोर्न बाध्य भयो । समूह चरणको खेलमा ऊ क्रोएसियासँग पराजित भयो भने अन्तिम १६ मा फ्रान्सले उसलाई हरायो । यो प्रतियोगितामा उसले नाइजेरियालाई मात्र हराउन सक्यो अनि आइसल्यान्डसँग बराबरी खेल्यो । 

उरुग्वे
समूह चरणमा सबै खेल जितेको उरुग्वेले प्रिक्वार्टरफाइनलमा पोर्चुगललाई हराएपछि त विश्वकपको दाबेदारका रूपमा हेरिन थालियो । तर क्वार्टरफाइनलमा उसलाई फ्रान्सले हराइदियो । स्टार स्ट्राइकर एडिनसन कवानी घाइते भएर खेल्न नसक्दा उरुग्वे क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो । अठसट्ठी वर्षपछि उपाधि जित्ने उसको सपना चकनाचुर भयो । 

नामी खेलाडीले पनि देखाउन सकेनन् जादू
यिनै टीमका केही खेलाडीमाथि प्रशंसकहरूले धेरै आशा राखेका थिए । ब्राजिलका नेयमार, जर्मनीका टमस मुलर, उरुग्वेका लुइस सुआरेज र अर्जेन्टिनाका लियोनेल मेस्सीले विश्वकपमा अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् । 

नेयमार
फूटबल जगतका सुपरस्टार र सबभन्दा महंगा खेलाडी नेयमारले यो विश्वकपमा पाँच खेलमा दुई गोल मात्र गरे । उनले २७ पटक गोलको मौका बनाए अनि त्यसमा १३ शट टार्गेटमा थियो । तर ती सबै शट गोलमा परिणत हुन सकेनन् । 

मुलर
टमस मुलरले जर्मनीका लागि तेस्रो विश्वकप खेले । यो विश्वकपमा भाग लिएका खेलाडीमध्ये सबैभन्दा बढी १० गोल गरेका मुलरले प्रतियोगितामा एक गोल पनि गर्न सकेनन् । यी फ्लप भएकाले पनि जर्मनी पहिलो चरणमै बाहिरियो । 

सुआरेज
लुईस सुआरेजले उरुग्वेका लागि यो विश्वकपमा दुई गोल हानेपनि फ्रान्सविरुद्धको महत्त्वपूर्ण क्वार्टरफाइनल खेलमा गोल गर्न सकेनन् र टोली प्रतियोगिताबाट बाहिरियो । 

मेस्सी
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले चार खेलमा जम्मा एक गोल गरेर प्रशंसकहरूलाई निराश बनाए । उनी सबै म्याचमा गोल गर्न संघर्षरत देखिए भलै नाइजेरियाविरुद्धको खेलमा उनको गोल उत्कृष्ट थियो । उनले १७ चोटि गोल गर्ने मौका पाएकोमा ६ शट चाहिँ टार्गेटमा थियो तर जम्मा एक गोल गरे ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x