असार ९, २०७५
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
असार २६, २०७५
काठमाडौं – रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताले संसारभरका खेलप्रेमीको ध्यान तानिरहेका बेला युरोपियन 'ट्रान्सफर मार्केट'ले विश्वकपलाई नै छायामा पार्ने गरी चर्चा बटुल्न थालेको छ ।
फ्यान फलोइङका हिसाबले चर्चित टीमहरू विश्वकपबाट बाहिरिएपछि यसको चर्चा कम हुँदा ट्रान्सफर गसिपहरूले विश्वकपलाई नै छायामा पार्न थालेका हुन् ।
आगामी अगस्टको दोस्रो साताभित्र युरोपका अधिकांश चर्चित लिगहरू शुरु भइसक्छन् । नयाँ सिजनका लागि क्लबहरू अहिले खेलाडी खरिद बिक्रीमा सक्रिय छन् ।
रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने चर्चाले सबैभन्दा बढी स्थान पाएको छ । रोनाल्डोलाई करीब सय मिलियन युरोमा युभेन्टसले आगामी ४८ घण्टाभित्र अनुबन्धन गरिसक्ने चर्चा छ ।
रोनाल्डोका एजेन्टले रियल मड्रिडसँग यसबारे मंगलवार कुराकानी गर्दैछन् ।
रोनाल्डो युभेन्टस जाने चर्चा चलेपछि रियलले उनलाई प्रतिस्थापन गर्ने खेलाडी खोजिरहेको छ । रोनाल्डोलाई प्रतिस्थापन गर्नका लागि पीएसजीका स्टारद्वय नेयमार र एमबाप्पे तथा चेल्सीका इडेन हजार्डको नाम चर्चामा छ ।
यस्तै स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्ना लेजेण्ड मिडफिल्डर आन्द्रेस इनिएस्टालाई प्रतिस्थापन गर्न एक युवा खेलाडीलाई क्लबमा भित्र्याएको छ । हालै जाप्निज लिगमा अनुबन्धित इनिएस्टालाई ब्राजिलियन युवा मिडफिल्डर अर्थुर मेलोले प्रतिस्थापन गर्ने भएका छन् ।
यस्तै बार्सिलोनाले चेल्सीका ब्राजिलियन स्टार विलियनलाई पनि अनुबन्धन गर्न प्रयास गरिरहेको छ ।
यसैगरी इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटीले लेस्टर सिटी फूटबल क्लबका विंगर रियाद महरेजलाई भित्र्याउन पहल गरिरहेको छ । करीब ६० मिलियन युरोमा महरेज केही घण्टाभित्र इत्तेहाद स्टेडियम पुग्ने चर्चा छ ।
यस्तै सिटीले इटालियन मिडफिल्डर जोर्गिन्होलाई नापोलीबाट खरीद गर्न पहल गरिरहे पनि चेल्सीले उनलाई हाइज्याक गर्ने गरी तयारी गरिरहेको खबर छ । चेल्सीले सिटीले दिएको भन्दा बढी रकम दिएर जोर्गिन्होलाई अनुबन्धन गर्ने तयारी गरेको हो ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार र कवानीबीचको तिक्तताका कारण चिन्तामा छ । नेयमारले कवानीलाई बेचेर उनकै देशका स्ट्राइकर लुइस सुआरेजलाई भित्र्याउन क्लब व्यवस्थापनलाई आग्रह गरेको खबर पनि चर्चामा आएको छ ।
नेयमार र सुआरेजले बार्सिलोनामा केही वर्ष सँगै खेलेका थिए । मेस्सी, नेयमार र सुआरेज बीचको सम्बन्ध एकदमै राम्रो छ ।
यस्तै क्लबहरूमा प्रशिक्षक (म्यानेजर) पनि फेरबदल भइरहेका छन् । रियल मड्रिडलाई आगामी सिजन जुलेन लोपेटेगुइले सम्हाल्ने भएका छन् भने युनाइ इमरीले २ दशकभन्दा बढी आर्सनल सम्हालेका आर्सने वेंगरलाई प्रतिस्थापन गरेका छन् ।
इमरी आर्सनल गएपछि पीएसजीमा बोरुसिया डर्टमुण्डबाट थोमस टचेल आएका छन् भने चेल्सीले पनि एन्टेनियो कोन्टेको ठाउँमा नयाँ म्यानेजर भित्र्याउने तयारी गरिरहेको छ ।
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...