×

NIC ASIA

क्रोएसियाकी राष्ट्रपतिले विश्वकप फाइनलमा जितिन् धेरैको मन

असार ३२, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकपको फाइनल खेल फ्रान्सले जितेपछि क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्य्राबर कितारोभिचले देखाएको व्यवहारले धेरैको मन जितेको छ । आफ्नो टोली हारेपछि भावुक बनेको वातावरणमा कोलिन्डाले उत्तम व्यवहार प्रदर्शन गरिन् । 

खेलपछि पुरस्कार वितरण समारोहमा कोलिन्डा आफ्ना देशका खेलाडीहरूसँग भेटिरहेकी थिइन् । मारियो मान्जुकिचले राष्ट्रपतिलाई भेट्ने अवसर आयो । राष्ट्रपतिनजिक पुग्दा उनले आफूमाथि नियन्त्रण कायम गर्न सकेनन् र आँखाबाट आँसु चुहाए । अनि राष्ट्रपति आफैंले मान्जुकिचको आँसु पुछिन् । 

खासमा मान्जुकिच आत्मघाती गोल गरेको आत्मग्लानिबाट मुक्त हुन सकेका थिएनन् । राष्ट्रपतिले मान्जुकिचको खेल भावनाको प्रशंसा गरिन् । 

राष्ट्रपति कोलिन्डाले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंसँग पनि हाँसीखुशी कुराकानी गरेर मन जितिन् । अनि फाइनलमा आफ्नो टोली हारेपनि पीडा भुलाउँदै उनी पुरस्कार वितरण समारोहमा मुस्कुराउँदै खेलाडीहरूको हौसला बढाउने र
उनीहरूलाई अँगाल्ने काम गरिरहेकी थिइन् ।

विश्वकप फ्रान्सले जितेपनि क्रोएसियाले करोडौं मानिसको मन जित्यो । यो टोली पहिलोपटक विश्वकपको फाइनल खेलिरहेको थियो र उसले फाइनल पुग्ने क्रममा ठूला टीमहलाई हराएको थियो ।

जम्मा ४० लाख जनसंख्या भएको देशले फूटबलप्रेमीहरूलाई खुशी तुल्यायो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x