×

NMB BANK
NIC ASIA

विश्वकपको फाइनलमा मैदान पस्ने पुस्सी रायटका सदस्य को हुन् ?

असार ३२, २०७५

NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसियाबीचको प्रतिस्पर्धामा ५३औं मिनेटमा केही रुसी प्रदर्शनकारी महिलाहरू मैदान प्रवेश गरेका छन् ।

महिलाहरूले रुस सरकारको विरोधमा प्रदर्शनका लागि यो कदम उठाएका थिए जसकारण खेल लगभग दुई मिनेट रोकियो । यो प्रदर्शनको जिम्मेवारी रुसको महिला संगठन पुस्सी रायटले लिएको छ । 

पुस्सी रायटका तर्फबाट तीन महिला र एक पुरुषले आफ्नो संगठनको आवाज सुनाउन यो कदम उठाएका हुन् । खेलमा बाधा गर्नेहरूलाई प्रहरीले पक्रेर मस्को प्रहरी कार्यालय लग्दा यो संस्थाले फेसबूक पोस्टमार्फत घटनाको जिम्मेवारी लिएको थियो । 

पुस्सी रायट खासमा मस्कोस्थित महिलाहरूको एक रक ब्यान्ड हो । यो ब्यान्ड आफ्ना गीत र भिडियो भन्दा पनि विवादका लागि संसारभरि कुख्यात छ । सात सदस्य भएको यो समूह सन् २००१ मा स्थापना भएको थियो । आफ्नो ओपनिङ
पर्फर्मेन्समै समूहले भ्लादिमिर पुटिन र चर्चको कट्टरपन्थका विरुद्ध आवाज उठाउन थालेको थियो । 

पुस्सी रायटले खेलमा अवरोध ल्याउँदा खेलको अत्यन्त महत्त्वपूर्ण क्षण आएको थियो । त्यतिखेर क्रोएसिया १–२ गोलले पछि परेको भएपनि उसले कमब्याक गर्ने सम्भावना थियो । 

यो प्रदर्शनले क्रोएसियाली टीमको एकाग्रता भंग गरिदिएको र त्यसलगत्तै लगातार दुई गोल खाएर क्रोएसियाको नियन्त्रणबाट खेल बाहिरिएको खेल पण्डितहरूको दाबी छ । 

खास कुरा त के भने सुरक्षाकर्मीहरूले यी प्रदर्शनकारीहरूलाई पक्रिनुअघि नै क्रोएसियाका खेलाडी देजान लभ्रेनले एक प्रदर्शनकारीलाई समातेर भुइँमा लडाइदिए । 

म्याचको सेकेन्ड हाफमा तीन महिला र एक पुरुषले फील्डभित्र प्रवेश गर्दा अधिकारीहरूको जस्तो लुगा लगाएका थिए । त्यसैले सुरक्षाकर्मीहरूलाई कदम उठाउन समय लाग्यो ।

Muktinath Bank

सुरक्षाकर्मीहरू उनीहरूलाई पक्रिनका लागि मैदानमा दौडँदा प्रदर्शनकारीहरू मैदानको बीच भागमा पुगिसकेका थिए । केही प्रदर्शनकारीले खेलाडीसँग हात पनि मिलाए ।

यसअघि पुस्सी रायटले फेब्रुअरी २०१२ मा मस्कोको एक चर्चमा चढेर तत्कालीन प्रधानमन्त्री पुटिन राष्ट्रपति छानिएकोमा विरोध गरेका थिए । उक्त विरोधपछि पुस्सी रायटका सबै सदस्यलाई पक्राउ गरेर कारागार पठाइएको थियो । रुसको
एक अदालतले उनीहरूलाई दोषी ठह–याएर सजाय दिएको थियो । 

रुसमा यो समूहलाई दोषी बतायँदा संसारका अनेकौं देशमा विरोध भएको थियो र कैयौं गैरसरकारी संस्थाले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन मानेका थिए ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x