×

NIC ASIA

रुस विश्वकपका पाँच उत्कृष्ट गोल यी हुन्

साउन १, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकप २०१८ मा ६४ म्याचमा कुल १६९ गोल भए जसमा कीर्तिमान १२ आत्मघाती गोल पनि समावेश छन् । तीमध्ये कैयौं गोल यादगार रहे । 

एनबीटी स्पोर्ट्सले छानेको पाँच उत्कृष्ट गोल चाहिँ यी हुन् ः

बेल्जियमविरुद्ध ब्राजिल

Muktinath Bank

क्वार्टरफाइनलमा बेल्जियम र ब्राजिल भिडेका थिए । बेल्जियमले खेल २–१ ले जित्यो र दुवै गोल पहिलो हाफमै ग–यो । दोस्रो गोलमा रोमेलु लुकाकुको भूमिका महत्त्वपूर्ण रह्यो । उनी बल लिएर तीव्रताका साथ विपक्षी डिफेन्समा घुसे । विपक्षी खेलाडीले घेरिएपनि लुकाकुले डीब्रुइनालाई सटीक पास दिए र उनले एक टचमा यस्तो शट हाने कि गोलकीपरले रोक्दारोक्दै बलले गोलपोस्टको जाली चुम्यो ।

पोर्चुगलविरुद्ध स्पेन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली च्याम्पियन पोर्चुगलले समूह चरण्मा स्पेनसँग भिडन्त ग–यो । २–३ गोलले पछि परेको पोर्चुगलको हार टार्नका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गजबको फ्रीकिक हाने । उनले हानेको फ्रीकिक गोलपोस्टमाथिबाट बाहिरिन्छ जस्तो लाग्थ्यो तर स्वाट्टै गोलपोस्टमा पस्यो । योसँगै रोनाल्डोको ह्याटट्रिक पनि पूरा भयो । 

फ्रान्सविरुद्ध अर्जेन्टिना


Advertisment
Nabil box
Kumari

अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्स र अर्जेन्टिनाबीच राम्रो खेल भयो । फ्रान्स १–२ गोलले पछि परेको बेलामा बेन्जामिन पवार्डले उत्कृष्ट गोल गरेर बराबरी गरे । अर्जेन्टिनाको भागमा बायाँतर्फबाट लुकास फर्नान्डेजले क्रस गरे र बल बक्सबाहिर उभिएका पवार्डनजिक पुग्यो । बल अलिक बढी उफ्रेको थियो तर पवार्डले यस्तो शट हाने कि बल फिनीनीनी घुम्दै तीव्र गतिमा गोलपोस्टमा छि–यो ।

क्रोएसियाविरुद्ध अर्जेन्टिना

Vianet communication

समूह चरणमा क्रोएसियाको भिडन्त अर्जेन्टिनासँग थियो । क्रोएसियाले उक्त खेल ३–० ले जित्यो । दोस्रो गोल कप्तान लुका मोड्रिचले गरे । उनले विपक्षी खेलाडीलाई बायाँबाट दायाँ गइरहेको भ्रम दिए । अनि अचानक उनले दिशा परिवर्तन गरे र बक्सबाहिरबाट यस्तो दामी शट हाने कि बल गोलपोस्टको दायाँ कुनामा छि–यो ।

स्विडेनविरुद्ध जर्मनी

मेक्सिकोसँग पहिलो खेल हारेर जर्मनी प्रतियोगिताबाट निस्कने स्थितिमा थियो । स्विडेनसँगको उसको खेल १–१ गोलको बराबरीमा थियो । दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम क्षणमा स्विडेनले जर्मनीलाई फ्रीकिक दिने गल्ती ग–यो । टोनी क्रूसले बक्सनजिक हानेको किकमा बल यस्तोसँग घुम्यो कि सीधै कुनाबाट गोलपोस्टमा छिर्न पुग्यो । जर्मनीले म्याच २–१ ले जित्यो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x