मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैनन्; जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन ।
पाकिस्तानमा त्यसै पनि ठूलो संख्यामा मतदाताहरू मतदान केन्द्रमा पुग्ने गर्दैनन्; त्यहाँ तीव्र चुनावी उत्साह, उमङ्ग देखिने गर्दैन । एक त राजनीतिक स्थिरता नहुने, अर्को कुरा सेनाले निर्वाचनको गतिविधिमा चाहिनेभन्दा बढी चासो राख्ने र नतीजालाई आफूले समर्थन गरेको पार्टी र नेताको अनुकूल लैजान खोज्ने प्रचलन । २१ वर्षअघि अर्थात् सन् १९९७ को निर्वाचनको घटनाको सम्झना हुन्छ जुन बखत पाकिस्तानमा ३५ प्रतिशतको हाराहारीमा मतदान भएको थियो; र नतीजा निस्केपछि नवाज शरिफ दोस्रोपल्ट प्रधानमन्त्री भएका थिए । सन् ९७ को निर्वाचनको सम्झना हुनुको कारण त्यस बखत सार्कराष्ट्रका निर्वाचन पर्यवेक्षकहरूमा सामेल हुन डा. देवेन्द्रराज पाण्डेको अगुवाइमा पाकिस्तान पुगेको टोलीमा म पनि परेको थिएँ ।
पाकिस्तानको केन्द्रीय संसद्मा जम्मा ३४२ स्थान छन् जसमा ६० स्थान महिलाको लागि र १० स्थान अल्पसंख्यक ( गैर मुस्लिम ) को लागि छुट्याइएको छ । यो आरक्षित स्थानलाई कटाउँदा आम-निर्वाचनमा जितिने स्थान २७२ हुन आउँछ । यसमा विजयी भै सरकार गठन गर्न कम्तीमा १३७ स्थान आवश्यक पर्छ । बहुमत पाउने पार्टीका नेता प्रधानमन्त्री बन्छन् जसको कार्यकाल पाँचवर्ष हुन्छ । त्यस हिसाबले नवाज शरिफको तेस्रो पटकको प्रधानमन्त्रित्व यसवर्ष यसैबेला सकिनुपर्ने थियो तर त्यहाँको सर्वोच्च अदालतले भ्रष्टाचारको मामिलामा दोषी ठह-याई उनलाई पोहोर साल नै पदमुक्त गरिदियो; उनी अहिले कारावासमा छन् । शरिफ आफू पाकिस्तानी सेनाको दबाबमा रहेको न्यायपालिकाबाट राजनीतिक प्रतिशोधको शिकार भएको बताउँछन् । हुन पनि स्वतन्त्र पाकिस्तानले ७१ वर्षको कालखण्डमा करिव आधा समय सैनिक शासन नै बेहोरेको छ ।
आजको चुनावमा १२२ पार्टीका उम्मेदवार सहभागी हुँदै छन् तर तीनटा पार्टी मात्र सर्वाधिक चर्चामा रहेको देखिन्छ : (१) पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) जसका नेता हुन् ६५ वर्षीय इमरान खान । साविकका क्रिकेट खेलाडी इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई क्रिकेटमा विश्वकप दिलाएका थिए । (२) पाकिस्तान मुस्लिम लिग-नवाजका नेता शहबाज शरिफ । ६६ वर्षीय शरिफ यसअघि पञ्जाव प्रान्तका मुख्यमन्त्री थिए; र यिनी नवाज शरिफका भाइ हुन् । (३) पाकिस्तान पिपुल्स पार्टी जसको नेतृत्वमा पुगेका छन् २९ वर्षीय बिलावल भुट्टो जर्दारी । यिनी बेनजीरका छोरा हुन् ।
मुस्लिम लिगले नवाज थुनामा परेको हुँदा सहानुभूतिको मत पाउने र बिलावलले पनि यस्तै आधारमा जनसमर्थन पाउने अनुमान गरिन्छ तर यस पटकको चुनावमा विजयी हुने सर्वाधिक सम्भावना इमरान खानको छ भनिन्छ किनभने पाकिस्तानको सैनिक नेतृत्वले उनको पक्षमा वातावरण निर्माण गरिदिएको छ । सेनाले सुरक्षा संयन्त्र र प्रेसलाई इमरानको अनुकूल बनाएदिएको छ । पाकिस्तानको प्रसिध्द दैनिक पत्रिका ‘डन’ का व्यवस्थापक एवं राष्ट्रिय प्रेस संगठनका अध्यक्षले हालै बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘मतदान अगावैको धाँधली’ ले निर्णायक नतीजा निकाल्ने अवस्था छ भनेका थिए ।
मतदान अगावै परिणाम थाहा भैसकेको छ भन्ने विश्लेषण अमेरिकामा पाकिस्तानका राजदूत रहिसकेका हुसेन हक्कानीले निकालेका छन् । उनको यस्तो विश्लेषण अमेरिकी प्रकाशन ‘फरेन पोलिसी’ मा छापिएको छ । पाकिस्तानी सेना शरिफ र भुट्टोका पार्टीहरूलाई पाखा लगाउने मानसिकतामा छ भनिन्छ । तर कदाचित् सेनाले खोजजस्तो भएन ( इमरानको पार्टीले स्पष्ट बहुमत ल्याएन) भने गठबन्धनको सरकार निर्माण गर्नुपर्ने हुन्छ तर इमरान खान यस्तो गठबन्धनमा अनिच्छुक देखिन्छन् । मतदान निष्पक्ष हुँदा प्रतिस्पर्ध्दामा आउने सम्भावना भएको पार्टी शरिफको पार्टी हो किनभने पाकिस्तानका चार प्रान्तमध्येको ठूलो प्रान्त पञ्जाब हो जसबाट १४१ जना सदस्य निर्वाचित हुन्छन् । यहाँ शरिफ दाजुभाइको स्पष्ट प्रभाव भएको मानिन्छ ।
पाकिस्तानको चुनावलाई भारत र चीनले मात्र हैन अमेरिकाले पनि निकटबाट नियालिरहेका छन् । सेना हाबी हुनेगरी सरकार बनेमा चीनलाई त खास फरक नपर्ला तर भारत र अमेरिकाले भने यस्तो परिणामलाई सहज मान्ने छैनन् । पाकिस्तान पनि आणविक-शक्तिसम्पन्न देश भएको हुनाले दिल्लीले अतिरिक्त सजगता अपनाउनु एकहदमा स्वाभाविक नै हुनेछ । आउँदो केही महीनामा चुनावी अभ्यासमा जाने नरेन्द्र मोदीको सरकारले पाकिस्तानको घटना-विकासलाई ध्यानमा राखेर रणनीति तय गरेछन् भने त्यसलाई पनि अनौठो मान्न मिल्दैन ।
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...