×

NIC ASIA

काठमाडौं – आदिवासी दिवसको अवसर पारेर शेरधन राई नेतृत्वको प्रदेश नम्बर १ को सरकारले साउन २४ गते बिहीवार सार्वजनिक बिदा दिने घोषणा गर्‍यो ।

Muktinath Bank

प्रदेश सरकारका तर्फबाट प्रदेशका १४ वटै जिल्ला प्रशासनसहित सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयहरूले बिदा गर्ने कि नगर्ने भन्ने विषयमा गृहमन्त्रालयसँग निर्णय मागे । गृहमन्त्रालयबाट बिहीवार बिहानै निर्देशन आयो– ‘संघअन्तर्गतका कार्यालय खुला राख्नू ।’


Advertisment
Nabil box
Kumari

निर्देशनपश्चात जिप्रकाहरू खुला रहे । प्रदेशका मन्त्रालयसहित त्यस मातहतका कार्यालय र स्थानीय तहका कार्यालयहरू बन्द भए ।

Vianet communication

...

गत जेठमा मधेसी एसोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनमा भाग लिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान खोजेका थिए । तर संघीय सरकारको मन्त्रिपरिषद्ले प्रदेशमा कामको चाप बढिरहेको समयमा विदेश जान उपयुक्त नहुने भन्दै उनको भ्रमण अस्वीकृत गरिदियो ।

अमेरिका जान नपाएपछि राउतले जेठ १२ गते शनिबार आफ्नै कार्यकक्षबाट भिडियोमार्फत् सम्मेलनलाई सम्बोधन गरे ।

...

यातायात व्यवस्था विभागले देशैभरका यातायात कार्यालयबाट लाइसेन्स वितरण गर्ने गरी आवेदन खुला गर्‍यो । तर प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले यातायात व्यवस्था कार्यालय आफू मातहत आइसकेकाले समन्वय नगरी गरिएको निर्णय कार्यान्वयन गर्न नदिने भन्दै पत्र पठायो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय केन्द्र र प्रदेशबीच द्वन्द्व बढिरहेको छ ।

खासगरी अधिकार बाँडफाँड तथा राजस्व संकलनका विषयमा दुई तहका सरकारबीच विवाद देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पूर्णता नपाउँदा राजस्व संकलन, बाँडफाँड र प्राकृतिक स्रोतको स्वामित्वका विषयमा विवाद देखिएको छ भने कतै संघको निर्णयमा प्रदेश र कतै प्रदेशको निर्णयमा संघले ब्रेक लगाइरहेका छन् ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री जितेन्द्र सोनल स-साना कुरामा पनि संघीय सरकारले चासो दिँदा समस्या निम्तिएको बताउँछन् ।

‘खासमा संघीयताको मूलभूत सिद्धान्त के हो भने– विदेश नीति, मौद्रिक नीति र बाह्य सुरक्षा (सेना)बाहेक अन्य झिनामसिना कुरामा संघीय सरकार अल्झिनु हुँदैन,’ मन्त्री सोनलले लोकान्तरसँग भने, ‘इलाका प्रहरीको इन्स्पेक्टर मै सरुवा गर्छु, सिँचाइ आयोजनाहरू मै हेर्छु, रोड मै बनाउँछु । यातायात लाइसेन्स मै जारी गर्छु, भन्न थाल्यो भने कहाँ हुन्छ त ?’

उनले थपे– ‘संघको मन्त्रिपरिषद्ले निर्णय गर्‍यो– यातायात कार्यालय अब प्रदेश मातहतमा रहने । त्यसको केही दिनपछि मन्त्रालयको पनि एउटा विभागले सूचना जारी गर्छ– लाइसेन्स हामी जारी गर्छौं । अब प्रदेश सरकार संघीय मन्त्रालयको पनि विभागको मातहतमा रहनुपर्ने ?’

समस्याको मूल जड केन्द्र नै भएको उनको जीकिर छ । ‘हामीले कानूनहरूलाई पूर्णता दिन खोजेको हो, समस्या केन्द्र सरकारकै कारण भइरहेको छ,’ उनले भने, ‘कार्यक्षेत्र व्यवस्थापन हुनुपर्‍यो, कार्यालय तोकिनुपर्‍यो र कर्मचारीको व्यवस्था हुनुपर्‍यो । नत्र त मन्त्रालय फङ्सन नै हुँदैन । एक्लै कसरी काम गर्ने ?’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी भने संघीय अभ्यासमा नेपाल नयाँ भएकाले शुरुमा आउने झिनामसिना समस्यालाई सामान्य मान्नुपर्ने बताउँछन् ।

‘केन्द्र र प्रदेशबीच द्वन्द्व नै भइसकेको भन्न मिल्दैन,’ मन्त्री भण्डारी भन्छन्, ‘नयाँ प्रक्रियामा जाँदा शुरुमा केही पेनफुल त हुन्छ नै ।’

केही कानूनी अड्चनका कारण काम गर्न असहज भने भइरहेको उनको भनाइ छ । ‘केही कानूनी अड्चनहरू छन्, त्यसैकारण हामी कुद्न सकिरहेका छैनौं,' मन्त्री भण्डारीले लोकान्तरसँग भने, ‘संघले ऐन/कानून र अधिकारका सूची अविलम्ब टुंग्याइदिनुपर्छ, त्यसो भयो भने प्रदेशलाई आवश्यक पर्ने कानून निर्माणको ढोका खुल्छ ।’

स्वच्छ अभ्यास र सकारात्मक सोचको खाँचो !

संवैधानिक कानूनका ज्ञाता एवम् संघीयताका जानकार काशीराज दाहाल नेपालमा संघीयताबारे बुझाइमै समस्या रहेको बताउँछन् । 

‘नेपालको संघीयता सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित छ,’ दाहाल भन्छन्, ‘संविधानले व्यवस्था गरेको छ– ३५ वटा विषय संघको एकल अधिकारको सूचीमा छन् । यस्तै प्रदेशका २१, स्थानीय तहका २२, संघ र प्रदेशका साझा २५ र तीनै तहका साझा १५ विषय छन् । साझा सूचीका विषयमा स्पष्ट कानून नबनिसकेकाले समस्या भएको हो ।’

यस्ता विषयमा संघले तत्काल कानून बनाएर स्पष्ट बनाइदिनुपर्ने उनको भनाइ छ । ‘साझा सूचीका विषयमा कानून बनाएर संघले तत्काल स्पष्ट बनाइदिनुपर्ने छ,’ दाहालले भने, ‘संघको कार्यक्षेत्र के हुने, कस्ता योजना हेर्ने र प्रदेश तथा स्थानीय तहका के हुने भन्ने विषयमा तालमेल भएपछि समस्या समाधान हुन्छ ।’

सबै सिकाइकै चरणमा रहेको भन्दै उनले स्वच्छ अभ्यास र सकारात्मक सोचबाट अघि बढे खासै समस्या ननिम्तिने बताए ।

तीन तहका सरकारबीच समन्वयका लागि ३ वटा परिषद्को परिकल्पना गरिएको भन्दै उनले भने– 'संघ र प्रदेशबीच समन्वय गर्न अन्तर प्रदेश परिषद्, तीनै तहबीच आर्थिक हिसाबले समन्वय गर्न अन्तर वित्त परिषद् तथा प्रदेश र स्थानीय तहबीच समन्वय अर्को संयन्त्र छ । त्यसलाई प्रयोग गरेर समस्या र असमझदारी सुल्झाउनुपर्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x