फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडौं –बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ ।
बिमस्टेक सम्मेलन सकिएलगत्तै यसक्रममा कति खर्च भयो भन्ने विषयमा चासो शुरू भएको छ ।
बिमस्टेक सम्मेलनका विभिन्न पक्षका लागि विभिन्न मन्त्रालयले खर्च गरेका छन् । जसमध्ये भौतिक योजना तथा यातायात मन्त्रालयले सडक मर्मत, रङरोगन तथा सजावटमा खर्च गरेको छ ।
यस्तै गृहमन्त्रालयले सवारी तथा सुरक्षामा खर्च गरेको छ । यसैगरी परराष्ट्रमन्त्रालयले आन्तरिक एजेन्डामा खर्च गरेको छ । अन्य विभिन्न मन्त्रालय तथा स्थानीय निकायले पनि बिमस्टेकका लागि खर्च गरेका छन् ।
गृहमन्त्रालयले बिमस्टेकमा आएका पाहुनाका लागि लिएका सवारी साधन र भीभीआईपी पाहुनाका लागि बुलेट प्रूफ गाडीका लागि २ करोड खर्च गरेको छ ।
अर्थमन्त्रालयले सवारीका लागि गृहलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयका प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।
प्रवक्ता पौडेलले भनिन्, ‘पाहुनाका लागि आवश्यक सवारी र बूलेट प्रूफ गाडीका लागि हामीले २ करोड साउनमा निकासा गरेका छौं । यसबाहेक सम्बन्धित मन्त्रालयले पहिल नै भइपरी आउने बजेटमा जोडेर बजेट निकासा भइसकेको छ । त्यसैअनुसार खर्च भएको छ ।’
यस्तै भौतिक योजना तथा यातायात मन्त्रालयले सडक मर्मत तथा रंगरोगनमा करीब साढे एक खर्च गरेको जनाएको छ ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख मुकन्द अधिकारीले बताए ।
सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये करीब ३० प्रतिशत खर्च बिमस्टेकका लागि भएको जानकारी दिँदै अधिकारीले भने, ‘सडक विभागले नियमित कार्य गरिरहेकै थियो । यसैअन्तर्गत गत महिना मात्रै सडक मर्मत सम्भारका लागि ४ करोडको ठेक्का सम्झौता भएको छ । त्यसमध्ये करीब ३० प्रतिशत रकम बिमस्टेकको रंगरोगनमा खर्च भएको छ ।’
बिमस्टेकका लागि सडक विभागले मात्रै रंगरोगनमा करीब १ करोड २० लाख खर्च भएको देखिन्छ ।
यस्तै उपत्यका सडक विकास आयोजनाले पनि सडकको रंगरोगनमा ३० लाखभन्दा बढी खर्च गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । यसरी सडक रंगरोगनमा मात्रै डेढ करोड खर्च भएको देखिन्छ ।
यसैगरी पाहुनाहरूको बसोबास र खानपिनमा मात्रै पाँच करोडभन्दा बढी खर्च भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
उनले भने, ‘बिमस्टेकमा पाहुनाहरूको बसोबास र खानपिनमै धेरै खर्च भएको अनुमान गर्न सकिन्छ । यसमा पनि राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री कार्यालयले दिएको दिवाभोज र रात्रिभोजमा पनि ठूलो खर्चको अनुमान छ । यद्यपि स्पष्ट हिसाब भने अहिले नै आइसकेको छैन ।’
बिमस्टेकमा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार, होडिङ बोर्ड निर्माण गरेका छन् । स्वागतका लागि जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् भने २० वटा भन्दा बढी ठूला फ्लेक्स बोर्ड तथा होडिङ बोर्ड निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यसमध्ये सरकारी निकायको खर्चमा १२ देखि १५ वटा प्रवेशद्वार र करीब १० वटा होडिङ बोर्ड निर्माण भएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।
कार्कीले भने, ‘जम्मा ५७ वटा प्रवेशद्वार निर्माण भएका छन् । यसमध्ये ६ वटा महानगरले जिम्मा लिएको हो । त्यसमध्ये पनि हामी आफैँले ३ वटा मात्रै निर्माण गरेर बाँकी अन्य संस्थाहरूलाई दियौं । अन्यले पनि यसरी नै दिएका छन् । सरकारी निकायका खर्चमा १२ देखि १५ वटा प्रवेशद्वार बनेका छन् भने करीब १० वटा फ्लेक्स–प्रिन्ट बनेका छन् ।’
कार्कीका अनुसार एउटा होडिङ बोर्ड र प्रवेशद्वारमा औसतमा करीब ६५ हजार खर्च भएको छ । यसरी हेर्दा प्रवेशद्वारमा मात्रै झण्डै १० लाख खर्च भएको छ भने होडिङ बोर्डमा अनुमानित ७ लाख खर्च भएको छ ।
यस बिमस्टेकका लागि विभिन्न निकायले गरेको खर्चको हिसाब स्पष्ट भने देखिएको छैन । सम्बन्धित मन्त्रालयहरूले अहिले नै खर्च कति भयो भन्न सकिने अवस्था नभएको जनाएका छन् । यद्यपि सबै निकायको अनुमानित हिसाब हेर्दा १० करोडभन्दा बढी खर्च भएको देखिन्छ ।
यही भदौ १४ र १५ मा शान्त, समृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा बिमस्टेक शिखर सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा सरकारले सदस्य राष्ट्रको चौतर्फी विकासमा सघाउन बिमस्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको संगठनको बडापत्र निर्माण, समग्र बिमस्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषय सम्मेलनका प्रमुख विषय थिए ।
बिमस्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन जस्ता विषय पनि समेटिए ।
समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको यस उपक्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।
सम्मेलनमा म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी भएका थिए ।
सन् १९९७ मा स्थापना भएको यो संगठनको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो । दोस्रो सम्मेलन सन् २००८ मा भारतमा तथा तेस्रो सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष राष्ट्रका हैसियतमा चौथो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...