×

NIC ASIA

निजगढ विमानस्थल आयोजनाको एउटा गाँठो फुक्यो, ८ लाख रुख काट्ने तयारी

भदौ २५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – राष्ट्रिय गौरवको आयोजना बाराको निजगढ विमानस्थल निर्माणमा देखिएको असमझदारी अन्त्य हुने दिशामा अघि बढेको छ ।

Muktinath Bank

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विभिन्न कारणले अवरुद्ध हुन थालेपछि विकल्पका रूपमा निजगढमा दोस्रो विमानस्थल निर्माण गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि आयोजनाको मोडलबारे विवाद छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासगरी विमानस्थल निर्माण गर्ने प्रस्ताव गरिएको क्षेत्रको जंगल कटानको विषयमा मतभेद उत्पन्न भएको थियो । सो विषयलाई टुंगो लगाउने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले छलफल समेत गरे । 


Advertisment
Nabil box
Kumari

सोमबार वन मन्त्रालयमै भएको भेटमा प्रस्तावित ८ लाख रुख काटेर विमानस्थल निर्माणका लागि बाटो खोल्ने सहमति भएको वन मन्त्रीका प्रेस सल्लाकार दयानिधि भट्टले जानकारी दिए । छिटोभन्दा छिटो रुख काट्ने प्रस्ताव फाइल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ ।

Vianet communication

एयरपोर्ट सीटीसहितको आयोजना तीन चरणमा बनाउने भनिएको छ । त्यसअनुसार पहिलो चरणमा एउटा धावनमार्ग, टर्मिनल भवन बनाउन उक्त रुख काट्नुपर्ने विषय छिटोभन्दा छिटो मन्त्रिपरिषद्मा लैजाने तयारी भएको वन मन्त्रालयले जनाएको छ । 

यद्यपि भेटघाटमा वनमन्त्री बस्नेतले आयोजना बन्ने सुनिश्चितता हुनुपर्ने शर्त राख्दै रुख काटिने तर काम नहुने अवस्था आयो भने अर्थहीन विनास हुने बताएका थिए । 

प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि रुख काट्नका लागि बाटो खुल्ला हुनेछ । वन मन्त्रालयका अनुसार पहिलो चरणमा ५ लाख ७५ हजार साना र १ लाख ९४ हजार ठूला रुख काट्नुपर्नेछ ।

गत महिना स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार आयोजनाका लागि कूल २४ लाख रुख काट्नुपर्नेछ । दोस्रो चरणमा बनाउनुपर्ने अर्को धावनमार्ग र एयरपोर्ट सीटीका लागि आवश्यक उक्त संख्यामा रुख काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसअघि नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनालाई रुख काट्ने र पेरिफेरियल सडक निर्माणको जिम्मा दिइसकेको छ । नेपाली सेनाले रुख काटेर त्यसलाई सुरक्षित हस्तान्तरण गरेपछि त्यसको बिक्री वितरण वन विभागले गर्नेछ । 

विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) का लागि पर्यटन मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कोरियन कम्पनीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेको थियो 

झण्डै २ दशकअघि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन भएको थियो ।

विमानस्थल निर्माणका लागि करीब ११ हजार बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने पर्यटन मन्त्रालयले जनाएको छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका– १६ मा रहेको टांगिया बस्तीका एक हजार ४ सय घरधुरीलाई स्थानान्तरण समेत गर्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x