×

NMB BANK
NIC ASIA

हवाई रुटमा यात्रुहरूको चाप बढ्दो, दशैंलाई धमाधम टिकट बुकिङ गराउँदै विमान कम्पनी

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।

Muktinath Bank

बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय आन्तरिक उडानमा यात्रुको चाप बढ्दै गएको छ ।


Advertisment
Nabil box
Kumari

निजी विमान कम्पनीहरूसँगै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स पनि प्रतिस्पर्धामा उत्रिएपछि हवाई यात्रा गर्नेको संख्या करीब ३० प्रतिशतले बढेको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।

Vianet communication

पछिल्लो समय उपभोक्ताहरूको क्रय शक्ति बढ्दै गएकाले पनि हवाई यात्रा गर्नेहरूको संख्या बढेको संघका प्रवक्ता घनश्यामराज आचार्य बताउँछन् ।

गत दशैंमा करीब एक लाख मानिस हवाई रुट हुँदै राजधानीबाट बाहिरिएका थिए ।

खासगरी लामो दूरीमा हवाई मार्गको बढी प्रयोग भएको पीएस ट्राभल एजेन्सी धनगढीका प्रबन्ध निर्देशक पदमविक्रम शाह बताउँछन् । काठमाडौंबाट धनगढीको रुट लामो मानिन्छ ।

रेमिट्यान्स र बढ्दो औद्योगिकरणका कारण विस्तारै सुदूरपश्चिमको जनजीवन आर्थिक रूपमा सुधारोन्मुख रहेको संकेत पनि हवाई मार्गको बढ्दो यात्रा भएको शाह बताउँछन् ।

अन्य हवाई मार्गमा पनि अत्यधिक चाप देखिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।

विमान कम्पनीहरूले नेपालीको महान पर्व दशैंलाई लक्षित गरी प्रतिस्पर्धात्मक रूपमा आन्तरिक भाडा पनि  घटाएका थिए ।

उसो त पछिल्ला वर्षहरूमा आन्तरिक रूपमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढ्दो छ ।

पछिल्ला २ वर्षमा नेपाली आन्तरिक हवाई आकाशमा यात्रा गर्नेको संख्या करीब २० प्रतिशतले बढिरहेको तथ्याङ्क छ ।

विस्तारै नेपालीहरूको आयस्रोत बढेकाले हवाई यात्रा गर्नेको संख्या पनि बढेको नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्सी (नाट्टा)का अध्यक्ष सीएन पाण्डे बताउँछन् ।

गत दशैमा ९६ हजार ५६ जना यात्रुले हवाई मार्गको प्रयोग गरेका थिए । २०७३ को दशैंमा ७० हजार ४ सय ३९ यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए । २०७२ सालको दशैंमा यो संख्या ४१ हजार ८ सय ७४ मात्र थियो ।

बढ्दो प्रतिस्पर्धा 

प्रत्येक वर्ष जहाजको संख्या थपिँदैछ । त्यससँगै सिट र उडान संख्या पनि बढेको छ । अहिले ९० वटा जहाज र हेलिकप्टर छन् । 

यात्रुको चाप भने उस्तै छ । यसवर्ष एउटै एयरलाइन्सले एकै स्थानमा चारवटासम्म उडान थपेका छन् ।

विमान कम्पनीहरूले धमाधम आधुनिक सुविधा सम्पन्न ठूला जहाज भित्र्याए उडान संख्यामा पनि वृद्धि भएको हो । आन्तरिक उडानका जहाजको संख्या ८० भन्दा बढी पुगिसकेका छन् ।

अझै केही जहाज थपिने क्रममा छन् । आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान कम्पनी सञ्चालकहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x