×

NIC ASIA

दशैं बजारमा मनोमानी : व्यापारीका अगाडि सरकार निरीह !

असोज २८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – बडादशैं जति नजिकिँदैछ, रौनकता पनि त्यति नै थपिँदैछ । दशैं मनाउने तयारीमा रहेका उपभोक्ता भने मंहगीको मारमा छन् । डेढ महिनायता दैनिक उपभोग्य वस्तुको भाउ बढेकोबढ्यै छ । पछिल्लो आंकडाअनुसार कम्तिमा १५ प्रतिशत मूल्य बढेको छ ।

Muktinath Bank

व्यापारीहरूले चाडबाडको मौका छोपेर खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार बजारमा सुनदेखि नुनसम्मको भाउ बढेको छ । सबै क्षेत्रमा मूल्यवृद्धि भएपनि अनुगमन प्रभावकारी हुन सकेको छैन । उनका अनुसार अनुगमनका नाममा झारा टार्ने काम भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार अनुगमनको जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, यातायात विभाग मौन छन् । आपूर्ति र खाद्य प्रविधि विभागले बेलाबेला अनुगमन गरे पनि उपभोक्ताले अनुगमनको अनुभूति पाएका छैनन् । अनुगमनका लागि बेलाबखत सरकारका मन्त्री पनि बजारसम्म पुग्ने गर्छन् ।


Advertisment
Nabil box
Kumari

चाडबाडका बेला गरिने अनुगमन कर्मकाण्डी मात्रै हुने गरेको उपभोक्ता अधिकारवादीको आरोप छ । अनुगमन हुँदैछ भनेर गरिने अनुगमनको कुनै औचित्य नै नहुने उनीहरू बताउँछन् । सरकारले आफ्नो उपस्थिति देखाएर मात्रै नहुने उनीहरूको भनाइ छ । मञ्चका अध्यक्ष तिमिल्सिना चाडवाडमा मात्रै नभएर ३६५ दिन नै अनुगमन हुनुपर्ने बताउँछन् ।

Vianet communication

चाडबाड नजिकिँदै जाँदा देशैभर उपभोग्य सामग्रीको मूल्य जसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीका अगाडि राज्य संयन्त्र निरीह भएको देखाएको छ । व्यापारीले जथाभावी मूल्यवृद्धि गर्दा पनि सरकारले संयन्त्र बनाएर बजार व्यवस्थित गर्न सकिरहेको छैन । सरकारले महंगी रोक्ने प्रयास गर्न त परै जाओस् गुणस्तरमा पनि निगरानी गर्न सकेको छैन । 

सरकारका मन्त्रीले नै यो स्वीकार गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सार्वजनिक कार्यक्रममै कालोबजारी नियन्त्रण गर्न नसकेको स्वीकारे । बजारमा सरकारको दरिलो उपस्थिति देखाएर जनतालाई स्वस्थ्य उपभोग्य वस्तु आपूर्ति गर्नुको सट्टा उनले मासु त नखान सुझाएका छन् । यसले व्यवसायी झन् हौसिएका छन् ।

तरकारी गत वर्षको तुलनामा एक सय ७१ प्रतिशतसम्म महंगिएको छ भने खाने तेल र मैदाको मूल्य वृद्धिको अवस्था पनि उस्तै छ । गाडीभाडा तेब्बरसम्म असुलेको गुनासो आएको छ । प्रतिकिलो ५९ रुपैयाँसम्म ओर्लेको चिनीको भाउ ८५ रुपैयाँ पुगेपछि संसद्को सार्वजनिक लेखा समितिले मूल्य घटाउन निर्देशन नै दिनुपर्‍यो । समितिको निर्देशनप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जनाए । 

इन्धनमा भएको मूल्य वृद्धिले ढुवानी भाडा बढ्दा सबै किसिमका उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिको अवस्था राजधानी काठमाडौं र देशका अन्य ठूला शहरमा मात्र होइन, पहाडी जिल्लाका दुर्गम गाउँमा पनि उस्तै देखिएको छ । यता सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि महंगीका बारेमा आफूहरू बेखबर नरहेको बताएका छन् । 

उनले महंगी नियन्त्रण गर्ने बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जानकारी गराए ।

सरकारले अनुगमन संयन्त्रहरूलाई व्यापक रूपमा सक्रिय बनाई मूल्य वृद्धि नियन्त्रण गरेर बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ ध्यान दिनै पर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x