फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संविधानले ‘राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ’ भनेर स्पष्ट शब्दमा लेखेको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालन र संरक्षण राष्ट्राध्यक्षका प्रमुख कर्तव्यमा पर्दछन् । स्वीकृत निर्वाचन प्रणालीद्वारा चुनिएर मात्र योग्य व्यक्ति त्यस सम्मानित पदमा पुग्ने व्यवस्था छ ।
वस्तुत: राष्ट्रपतिको पदमा पुग्ने व्यक्तित्व नेपाली जनताको अभिभावक हो । घर-परिवारको सन्दर्भमा भन्ने हो भने यस्तो सदस्य घरमूली कहलिन्छ जसलाई परिवारका सबै जनले आदरसाथ सम्बोधन गर्छन् । निजका मार्गदर्शन सबैले पालना गर्ने अपेक्षा गरिन्छ । बेवास्ता वा अनादर गरे आफ्नै परिवार कमजोर हुन्छ र सामाजिक प्रतिष्ठामा क्रमिक ह्रास आउँछ ।
संवैधानिक प्रणालीको आधारमा निर्वाचित राष्ट्राध्यक्ष यथार्थमा एउटा संस्था नै भएको हुनाले त्यस संस्थाको जिम्मेवारी वहन गर्ने व्यक्तित्वलाई तदनुरुपको सम्मान, सेवा, सुविधा र सुरक्षाको प्रबन्ध गर्नु सरकारको दायित्व हुन आउँछ । त्यस दायित्वको निर्वाह तत्परताका साथ भए नभएकोमा सरकार आफैं चनाखो रहनुपर्छ । राष्ट्राध्यक्षका काम कर्तव्य र अधिकारबारे संविधानमा उल्लेख छ जसमा नेपाली सेनाको परमाधिपतिको भूमिका तथा नेपालमा नियुक्त भएर आउने विदेशमा राजदूतको ओहोदाका प्रमाणपत्र ग्रहण गर्ने समेतका कार्य पर्दछन् ।
संयोग हो, अहिले नेपाल राष्ट्रको राष्ट्राध्यक्ष हुने अवसर एक सम्मानित र राजनीतिमा अनुभवी महिलालाई प्राप्त भएको छ । महामहिम विद्यादेवी भण्डारीसँग सामान्य ग्रामीण परिवारमा जन्मे हुर्केको पृष्ठभूमि छ । अर्को शब्दमा, उहाँलाई औसत नेपालीको जीवनस्तर के कस्तो छ त्यसबारे राम्रो जानकारी छ । तसर्थ महामहिमले नेपालको आर्थिक स्तर एवं परिवेशसित मेल नखाने आवश्यकता सिर्जना गर्ने कल्पना गर्न सकिँदैन । साथै उहाँले मुलुकका प्राथमिकताबारे अद्यावधिक जानकारी राख्नुहुन्छ ।
वास्तविकता यस्तो हुँदा हुँदै पनि नेपाली प्रेसको एक अङ्गले केही समययता सवारी साधन र आवासक्षेत्र विस्तारका मामिला तानेर राष्ट्रपतिप्रति अनुचित र अमर्यादित शब्द-शैलीमा सामग्रीहरू प्रस्तुत गरेको देखिएको छ । भन्नु परोइन, एक अङ्गबाट यसरी प्रदर्शित आग्रह पूर्वाग्रहले प्रेसका बाँकी अङ्गहरू प्रभावित भइरहेका छन्: तिनको विश्वसनीयता र प्रतिष्ठामा आँच आएको छ । यसमा पत्रकारहरूकै संस्था र नियमनकारी निकायहरू सजग हुनु जरूरी छ । किनभने पत्रकारितामा संयमित रहेर काम गर्ने क्षमता भएका पढालेखा नागरिकहरू क्रियाशील हुने अपेक्षा गरिन्छ । यसमा आत्मसमीक्षा र अनुशासनको अनुकरणीय उदाहरण खोजिनु स्वाभाविक पनि हो ।
राष्ट्रपतिको यथोचित सम्मान नेपाली प्रेसले गरेमा नै त्यस स्तरको मर्यादाको अपेक्षा अन्यत्रबाट पनि गर्न सहज हुन्छ । जस्तो, राजाको पालामा जस्तो ‘बक्सिने’ संवैधानिक शैली अहिले आवश्यक छैन, तर महामहिमलाई सादर उच्चारण गरिने ‘तपाईं' स्तरको सम्बोधन र लेखाइमा समेत किन कञ्जुस्याञी गरिन्छ ? प्रेसमा आउने र देखिने राष्ट्रपतिसँग सम्बन्धित विषय प्राय: औपचारिक नै हुन्छन् । त्यसकारण ती पक्षलाई अनौपचारिक गर्न मिल्दैन किनभने महामहिम विद्या भण्डारी वर्तमान पदमा बहाल भएपछि कुनै राजनीतिक दल विशेषकी नेत्री हुनुहुन्न, उहाँ समग्र राष्ट्रको अभिभावक हुनुहुन्छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवको सन्दर्भमा पनि यही मान्यता राखिएको हो ।
वर्तमान राष्ट्रपति आफ्नो स्थान र भूमिकाबारे संवेदनशील हुनुहुन्छ, सन्देह छैन । तर यस संवेदनशीलताबारे राष्ट्रपति कार्यालयमा भने वाञ्छनीय तहको सजगता पाइँदैन । र विज्ञ तथा सल्लाहकारहरू जागरुक रहेको अनुभूति बेला-बेलामा हुने गर्दैन । जस्तो, शीतलनिवासबारे सार्वजनिक रूपमा चासो र सन्देह प्रकट भएका बखत तिनको निराकरण हुने गरी तत्काल विज्ञप्ति, वक्तव्य वा सूचना जे जारी गर्नुपर्ने हो गरेर परिस्थिति सहज गराउन अग्रसर हुनुपर्ने हो । जगजाहेर तथ्य छ, शीतल निवास सञ्चालनको खर्च सिंहदरबार अर्थात् केन्द्रीय सरकारले जुटाइदिने हो—सवारीसाधन, आवास र सुरक्षा लगायतका मामिला यसैमा पर्दछन् । यिनै बेहोरा उल्लेख गरी राष्ट्रपति कार्यालयले समयमै सूचना सार्वजनिक गरिदिएको भए जनसाधारण भ्रामक प्रचारको शिकार हुने थिएनन् । साथै, यस्तोमा सिंहदरबारका सरोकारवालाहरूले बेलैमा वस्तुस्थिति स्पष्ट गरिदिने हो भने वातावरण धमिलिन पाउँदैन ।
परन्तु यसपटक सूचनामन्त्रीबाट स्पष्टीकरण ढिलाएर आयो । तसर्थ उहाँले सातामा एकपल्ट मात्र बोल्ने हालैमा चलाएको चलनबारे पुनर्विचार गर्नु बेश हुनेछ ।
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...