×

NMB BANK
NIC ASIA

न्याम्सको निर्देशन मान्दैनन् चिकित्सक, वीरका डाक्टर ट्रमामा नगइदिँदा रोकियो शल्यक्रिया

मंसिर २७, २०७५

NTC
Premier Steels

काठमाडौं –काभ्रे तेमाल गाउँपालिका– ६ का ७० वर्षीय गंगाबहादुर रानामगर ट्रमा सेन्टरको ४ सय ४७ नम्बर शय्यामा छट्पटाउँदै छन् । बाटोमा हिँड्दै गर्दा लडेर घाइते भएका मगरलाई उनका छोराहरूले मंसिर १५ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याएका थिए ।

Muktinath Bank

मगरको कम्मरको हड्डी भाँचिएकाले अप्रेसन गरेर उपचार गर्नुपर्ने ट्रमा सेन्टरका निमित्त निर्देशक एवं अर्थोपेडिक डाक्टर विनोद शेरचनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अप्रेसनका लागि स्वास्थ्य परीक्षण गर्दा मगरको छातीमा पनि समस्या देखियो । उनको छातीमा देखिएको समस्या पहिचान गरी र अप्रेसन गर्न उपयुक्त छ, छैन परीक्षण गरेपछि मात्रै उपचार अघि बढ्ने चिकित्सकले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

ट्रमा सेन्टरमा छातीको समस्या पत्ता लगाउने विशेषज्ञ चिकित्सकको दरबन्दी छैन । त्यसैले ट्रमा सेन्टरले वीर अस्पतालको कार्डियोलोजिस्टलाई मगरको स्वास्थ्य परीक्षण गरिदिन पत्रमार्फत् नै आग्रह गरेको थियो । तर वीरका कार्डियोलोजिस्ट मगरको स्वास्थ्य जाँच गर्न ट्रमा सेन्टर गएनन् ।

Vianet communication

‘बुवाको कम्मरको हड्डी भाँचिएको छ, डाक्टरले अप्रेसन गर्नुपर्ने भन्नुभएको थियो तर छातीमा दाग देखिएको छ,’ मगरका छोरा धनबहादुर मगरले भने, ‘यहाँको डाक्टरले विर अस्पतालको डाक्टरलाई बोलाउनु भनेर सिफारिस पठाउनुभएको थियो, तर ४ दिन भयो बोलाउन गएको अझै आउनुभएको छैन ।’

अस्पतालमा भर्ना भएको १२ दिन पुग्दा पनि बुवाको उपचार शुरू नहुँदा धनबहादुर निराश बनेका छन् ।

‘वीर अस्पतालको डाक्टरले हेरेर सल्लाह नगरी अप्रेसन गर्न मिल्दैन रे ! १२ दिन भइसक्यो अस्पताल ल्याएको उपचार नै शुरू भएन, डाक्टर समयमै नआइदिँदा उपचार नै अड्किएको छ,’ निरास हुँदै उनले भने ।
वीरका चिकित्सकहरू ट्रमा सेन्टरमा नगइदिँदा काभ्रेका मगरजस्तै अन्य बिरामीले पनि समयमै उपचार सेवा नपाएका थुप्रै घटना छन् । 

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. शेरचनले वीर अस्पतालका चिकित्सक नआइदिँदा मगरको शल्यक्रिया शुरू गर्न नसकिएको बताए ।

‘उहाँको हिपको जोर्नीको गेडी भाँचिएको छ । अप्रेसन गरेर उपचार गर्नुपर्ने तर छातीमा समस्या देखियो,’ डा. शेरचनले लोकान्तरसँग भने,  ‘सम्बन्धित रोगका डाक्टरले नहेरी उपचार गर्न सम्भव छैन, तर एकसाता भयो वीरबाट डाक्टर नआइदिँदा उपचार गर्न सकेका छैनौं ।’

यस्तो छ व्यवस्था

ट्रमा सेन्टर र वीर अस्पताल राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) मातहतमा सञ्चालित अस्पताल हुन् । ट्रमा र वीर अस्पतालका चिकित्सकहरूले आवश्यक परेको समयमा दुवै अस्पतालमा सेवा दिनुपर्ने निर्णय न्याम्सले गरेको थियो ।

ट्रमा सेन्टर न्याम्स मातहतमा सञ्चालनमा आएदेखि नै न्याम्सका तत्कालीन उपकुलपति गणेशबहादुर गुरुङले आवश्यता अनुसार वीरका चिकित्सकले ट्रमाका बिरामी र ट्रमाका चिकित्सकले वीरका बिरामी हेर्न निर्देशन दिएका थिए । 

न्याम्सका पूर्व उपकुलपति गुरुङको निर्देशन अनुसार दुवै अस्पतालका चिकित्सकले दुवै अस्पतालमा आवश्यकता अनुसार सेवा दिने गरेका थिए । तर वीर अस्पतालका केही विभागका चिकित्सक ट्रमा सेन्टरमा समयमै नगइदिने गरेको ट्रमा सेन्टरका चिकित्सकको गुनासो छ । वीर अस्पतालका चिकित्स बिरामीको स्वास्थ्य परीक्षणका लागि नगइदिँदा ट्रमा सेन्टरमा शल्यक्रिया मार्फत् हुने उपचारमा ढिलाइ हुने गरेको छ ।

दुई अस्पतालबीच पटक–पटक छलफल, समस्या उस्तै

दुवै अस्पताललाई आवश्यक पर्दा चिकित्सकहरू समयमै नगइदिने समस्या भने पुरानै हो । यही समस्या समाधानका लागि दुई अस्पतालका प्रशासकबीच पटक–पटक छलफल समेत भएको ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनले बताए ।

‘सबै विभागका चिकित्सक त त्यस्तो हुनुहन्न, तर केही विभागका चिकित्सक भने आइदिनुहुन्न, यो समस्या पहिलादेखिकै हो,’ डा. शेरचनले भने, ‘यो समस्या समाधान गर्न अस्पताल प्रशासक प्रमुखहरूको पनि छलफल भएको छ । अब विभाग प्रमूखहरूसँग पनि छलफल गरिँदै छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x