कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नयाँ दिल्ली - नेपाल-भारत सम्बन्धका जनस्तरीय आयामहरूबारे दिल्लीमा छलफल भएको छ । नेपाली जनसम्पर्क समिति भारतको निमन्त्रणमा दिल्ली पुगेका १२ जना पूर्वमन्त्रीको प्रतिनिधि मण्डल समेतको उपस्थितिमा आइतवार छलफल भएको हो ।
छलफलमा नेपाली प्रतिनिधि मण्डलका अलावा नेपाली दूतावास भारतका कार्यवाहक राजदूत भरतकुमार रेग्मी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, नेकपाका केन्द्रीय सदस्य लक्ष्मण पन्त, भारतीय जनता पार्टीका युवा नेता विजय जोली, प्रवासी नेपाली संघकी केन्द्रीय उपाध्यक्ष सीता अधिकारी लगायतको उपस्थितिमा थियो ।
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य लक्ष्मण पन्तले नेपालीले भारतबाट घरमा फोन गर्दा महंगो शुल्क तिर्नुपर्ने, कमाएको पैसा घर फर्कंदा बोर्डरमै लुटिने, नेपाली चेली दिल्लीका कोठीहरूमा बेचिनेसम्मका समस्याहरू रहेको बताए ।
नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीले सच्चा नेपाली राजदूत प्रवासी नेपाली भएको बताए । 'हामीले जनताले तिरेको करबाट जागिर खाएका छौं । सच्चा राजदूत त प्रवासी नेपाली हुन्,' उनले भने, 'नेपाल सरकार प्रवासी नेपालीसँग मिलेर काम गर्न तयार छ ।'
यस्तै नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विगतमा नेपाली नेताहरूले देशमा अप्ठारो परी भारत आउँदा प्रवासी नेपालीहरूले नेतालाई सहगोग गर्ने गरेको तर नेपाली नेताहरूले कहिले पनि प्रवासी नेपालीका समस्या नेपालको संसद्मा जोडतोडका साथ नउठाएको गुनासो गरे ।
नेपाली प्रतिनिधि मण्डलका प्रमुख होमराज दाहालले प्रवासमा बसेका नेपालीहरूले त्यहाँ सिकेका विकासमा कुराहरू, संघीयता कार्यान्वयनका कुराहरू नेपाल पुगेर नेपाल सरकार तथा पार्टी प्रमुखलाई बताउन आफ्नो प्रतिनिधि मण्डल दिल्ली आएको बताए ।
यस्तै पूर्वमन्त्री गोविन्द साहले प्रवासमा बसेका नेपालीहरूको समस्या समधानका लागि दलगत विचारभन्दा माथि उठेर काम गर्ने गरेको र भविष्यमा पनि कुनै कसर बाकी नराख्ने बताएका थिए ।
त्यसैगरी भारतीय जनता पार्टीका युवा नेता विजय जोलीले नेपाल-भारत सम्बध कसैले हटाएर नहट्ने बताए । नेपालप्रति अटूट विश्वस र माया रहेको उनको भनाइ छ । 'शायद म पहिलो जन्ममा नेपाली भएर जन्मिएको थिएँ, त्यसैले नेपाल र नेपालीप्रति माया र विश्वास छ,' उनले भने ।
आफूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको बारेमा धेरै कुराकानी गर्ने गरेको दाबी उनले गरे ।
कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, देउडा लगायत सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...