×

NIC ASIA

पाकिस्तानमा लडाकू शिविर नष्ट गरेको भारतीय दाबीमा विज्ञहरूले गरे शंका

फागुन १५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — रक्षा मामिलाको अवलोकन गर्ने मिडिया आउटलेट जेन्स इन्फर्मेसन ग्रूपका एक विज्ञले नियन्त्रण रेखानजिक एक प्रमुख लडाकू शिविरमा आक्रमण गरेर त्यसलाई ध्वस्त बनाइएको र ३५० भन्दा बढी मानिस मारिएको भारतीय दाबीमाथि प्रश्न उठाएका छन् । 

Muktinath Bank

‘उनीहरूले केमा प्रहार गरे भन्ने कुरा अहिलेसम्म अनुमानमा सीमित छ । उनीहरू आतंकवादी शिविरमा आक्रमण गरेको भनेका छन् तर थुप्रै जासूसी सूत्रहरूले पाकिस्तानमा रहेका ती शिविर हालैका दिनमा हटाइएको बताएका छन्,’ लन्डनमा रहेको समूहका एक विश्लेषक राहुल बेदीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो अरू भन्दा पनि राजनीतिक प्रतीकवाद हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि भारतका तर्फबाट कारवाही भएको देखाउनैपर्ने थियो,’ उनले थपे । 


Advertisment
Nabil box
Kumari

‘पाकिस्तानीहरूले प्रतिक्रिया दिने नै छन् र परम्परागत रूपमा दिनेछन्, लडाकू समूहको प्रोक्सीमार्फत हैन । उनीहरूले कसरी जवाफी कारवाही गर्छन् र कहिले गर्छन् भन्ने कुरा पाकिस्तानलाई मात्र थाहा छ । यो खतरनाक स्थिति हो किनकि यो चाँडै चर्किन सक्छ ।’

Vianet communication

द न्युयोर्क टाइम्सले पनि विश्लेषक र कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै भारतीय वायुसेनाका आक्रमणको टार्गेट अस्पष्ट रहेको किनकि कश्मीर आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफी कारवाही गर्ने भनी चेतावनी दिएपछि सीमाक्षेत्रमा सक्रिय रहेका आतंकवादी समूहलाई हालैका दिनमा हटाइएको हुनुपर्छ । 

बीबीसीले बालाकोटको जब्बामा रहेका स्थानीय बासिन्दासँग कुराकानी गरेर तयार पारेको रिपोर्टमा उनीहरूले अबेर राति पाँचवटा ठूला विस्फोटको आवाज सुनेको बताए । केही घरहरूमा बम खसेको र रुखहरू उखेलिएको भए पनि आक्रमणमा कोही पनि नमारिएको उनीहरूको भनाइ छ । 

‘लडाकू विमानले कुनै उल्लेख्य कुरामा आक्रमण गरेको हो होइन भन्ने अनि यो कारवाही कश्मीरमा भएको आक्रमणका कारण जन्मेको आक्रोशलाई मिलाएर मत्थर पार्न गरिएको हो भन्ने स्पष्ट छैन,’ द गार्डियन पत्रिकाले लेख्यो ।

डन डट्कमबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x