×

NMB BANK
NIC ASIA

उपलब्धिविहीन रह्यो ट्रम्प र किमको शिखरवार्ता, भएन कुनै सम्झौता

फागुन १६, २०७५

NTC
Premier Steels

काठमाडौं — भियतनामको राजधानी हनोईमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको शिखरवार्ता कुनै सहमति वा संयुक्त वक्तव्य विना नै टुंगिएको छ ।

Muktinath Bank

संयुक्त दिवाभोज र अपेक्षित संयुक्त वक्तव्य हस्ताक्षर समारोह दुवैलाई रद्द गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्प र किम दुवै शिखरवार्ता भएको स्थानबाट आआफ्नै होटलमा फर्केका छन् । ‘दुई नेताले आणविक निःशस्त्रीकरण र आर्थिक अवधारणालाई अघि बढाउने विभिन्न तरिकाका विषयमा छलफल गरे,’ ह्वाइट हाउस प्रवक्ता साराह स्यान्डर्सले लिखित वक्तव्यमा बताइन् ।


Advertisment
Nabil box
Kumari

‘यस शिखरवार्तामा कुनै सहमति नभए पनि दुवै पक्षले भविष्यमा फेरि भेटघाट गर्ने अपेक्षा गरेका छन् ।’ ट्रम्पले गर्ने भनिएको पत्रकार सम्मेलन दुई घन्टा अगाडि सारिएको थियो र अमेरिकी राष्ट्रपतिसँग गएका पत्रकारहरूलाई वाशिङटन फर्किने उडानका लागि एयर फोर्स वनमा चढ्न तयार हुन भनिएको थियो ।

Vianet communication

ट्रम्प र किमबीचको दोस्रो शिखरवार्तामा ट्रम्पले कुनै किसिमको सहमति हुने अपेक्षालाई कमजोर बनाएपछि समस्या आउने लक्षण देखिएको थियो । उनले दुई नेता र दुई देशबीच दीर्घकालीन सम्बन्ध बनाउनमा जोड दिनुपर्ने आग्रह गरेका थिए ।

हनोईको मेट्रोपोल होटलमा दुवै नेताको हाउभाउ गम्भीर थियो तर दुवैले भविष्यमा सुसम्बन्धको आशा गरेको बताए ।

आणविक निःशस्त्रीकरणको मुद्दा जटिल रहेकाले सहमति बन्न बाधा पुगेको देखिन्छ । उत्तर कोरियाका लाथि निःशस्त्रीकरण एक अस्पष्ट शब्द हो । यसले दीर्घकालीन बहुपक्षीय निःशस्त्रीकरण र तनावमा कमीलाई इंगित गर्छ, न कि उत्तर कोरियाको मात्र निःशस्त्रीकरण ।

ट्रम्प र किम दुवैको इतिहास हेर्दा उनीहरूले आश्चर्यजनक परिणाम ल्याउने संकेत त पाइन्छ तर बिहीवार बिहानको मूड उत्साहजनक देखिएको थिएन अनि विश्वासको वातावरण बनेको तथा जोखिम न्यूनीकरणको उपाय हासिल भएको विषयमा समेत शंका गर्न सकिन्छ ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x