×

NIC ASIA

भारत-पाकिस्तान तनाव

पाकिस्तानमा झरेपछि केकस्तो अनुभव गरे भारतीय पाइलट अभिनन्दनले ?

फागुन १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई रिहा गर्ने आदेश दिएका छन् । खानले यो घोषणा बिहीवार देशको संसदमा गरेका हुन् । 

Muktinath Bank

अभिनन्दन पाकिस्तान प्रशासित कश्मीरमा खसेपछि के भयो भनी धेरै मानिसले उत्सुकता देखाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिहाइ हुने अवस्थामा रहेका अभिनन्दन आखिर पक्राउ नै कसरी परे ? 


Advertisment
Nabil box
Kumari

यस विषयमा भिम्बर जिल्लाको होर्रान गाउँका मुखिया मोहम्मद रजाक चौधरीले बीबीसीलाई प्रत्यक्ष देखेका कुरा  सुनाए । 

Vianet communication

चौधरी इमरान खानको पार्टी तहरीक ए इन्साफमा पनि जोडिएका छन् । 

चौधरीले बताएअनुसार, भिम्बर जिल्लामा नियन्त्रण रेखाबाट सात किलोमिटर पर होर्रान गाउँमा मानिसहरूले आकाशमा लडाकू विमानहरू भिडिरहेको देखे । दुई विमानमा गोली हानिएको थाहा भयो । तीमध्ये एक विमान तीव्रताका साथ नियन्त्रण रेखापारि गयो भने अर्कोमा चाहिँ आगो लाग्यो र तीव्रताका साथ खस्न थाल्यो । 

गाउँलेहरूले विमान टुक्राटुक्रा भएर झरेको अनि पाइलट चाहिँ प्याराशूटबाट सुरक्षित ओर्लिरहेको देखे । 

ती पाइलट अभिनन्दन थिए र उनीसँग पिस्तोल थियो । उनले सोधे, ‘यो भारत हो कि पाकिस्तान हो ?’

चौधरीले भने, ‘एक बाठा पाकिस्तानी केटाले यो भारत हो भने । त्यसपछि पाइलटले भारतको देशभक्तिसम्बन्धी नारा लगाए । जवाफमा गाउँलेहरूले पाकिस्तान जिन्दाबाद भनी नारा लगाए ।’

चौधरीले बीबीसीलाई बताए, ‘प्याराशूटमा भारतको झण्डा बनाइएको मैले देखें । यी भारतीय पाइलट हुन् भन्ने मैले थाहा पाइहालें । पाइलटलाई जिउँदै समात्ने मेरो उद्देश्य थियो । प्याराशूट खसेको ठाउँमा स्थानीयहरू दौडिए । पाइलटलाई यिनीहरूले हानि गर्न सक्छन् वा पाइलटले नै उनीहरूलाई हानि गर्न सक्लान् भन्ने मैले बुझें ।’

उनले भने, ‘भारतीय पाइलटले आफ्नो ढाडमा चोट लागेको बताए र पिउने पानी मागे । पाइलटले नारा लगाउँदा रिसाएका गाउँले युवकहरूले हातमा ढुंगा बोके । कुरा बुझेपछि पाइलटले युवकहरूलाई तर्साउन हावामा गोली हाने ।

अनि उनी आधा किलोमिटर परसम्म भागे । यस क्रममा उनले युवकहरूलाई पिस्तोल ताकिरहेका थिए । पाइलट अघिअघि दौडिँदा गाउँका केटाहरू पछिपछि दौडिए । उनीहरू पिस्तोलसँग डराएनन् ।’

घटनास्थलमा उपस्थित व्यक्तिहरूका अनुसार, भारतीय पाइलटले सानो पोखरीमा हाम्फाले अनि केही सामान र कागजात निकाले । उनले केही कागजात निल्न खोजे अनि केही चाहिँ पानीमा हालेर नष्ट गर्न खोजे । 

चौधरीले बताए, ‘युवकहरूले पाइलटलाई समाते । केहीले उनलाई लात्ता र मुक्का हाने । अरू मानिस चाहिँ उनीहरूलाई रोक्ने कोशिश गरिरहेका थिए । अनि पाकिस्तानी सेनाका मानिस त्यहाँ पुगे र विंग कमान्डर अभिनन्दनलाई हिरासतमा लिए र क्रुद्ध भीडलाई कुटपिट गर्नबाट रोके ।’

सेनाले हिरासतमा लिएपछि विंग कमान्डरलाई भिम्बरको सैन्य इलाकामा लगियो । पिटाइ खाएकाले उनलाई निकै चोट लागेको थियो र रगत बगिरहेको थियो ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x