×

NMB BANK
NIC ASIA

भारत फर्केपछि अभिनन्दनलाई के गरिन्छ ?

फागुन १७, २०७५

NTC
Premier Steels

काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय पाइलट विंग कमान्डर अभिनन्दन वर्धमानलाई शुक्रवार भारत ल्याइँदैछ । 

Muktinath Bank

पुलवामा आक्रमणपछि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । त्यस आक्रमणको जवाफमा पाकिस्तानले पनि २७ फेब्रुअरीमा भारतमाथि हवाई कारवाही गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय वायुसेनाका लडाकू विमानहरूले ती पाकिस्तानी विमानलाई रोक्ने कोशिश गरेको थियो । त्यही क्रममा अभिनन्दन मिग २१ लिएर उडेका थिए तर पाकिस्तानी एयरफोर्सको आक्रमणमा विमान पाकिस्तान प्रशासित कश्मीरमा खस्यो । 


Advertisment
Nabil box
Kumari

त्यहाँ अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लियो । त्यसपछि उनलाई भारत फर्काउनका लागि प्रयास भएका थिए । 

Vianet communication

अभिनन्दनलाई वाघा बोर्डर हुँदै भारत ल्याइने भएको छ । उनका मातापिता पनि उनलाई लिन वाघा बोर्डर जाँदैछन् । जेनेभा महासन्धिअनुसार, कुनै पनि युद्धबन्दीलाई एक हप्ताभित्र रिहा गर्नुपर्ने हुन्छ र एक निश्चित प्रक्रियामार्फत उसकै देशमा सुम्पिनुपर्ने हुन्छ । 

अभिनन्दनलाई भारतसमक्ष सुम्पिनुअघि र सुम्पिएपछि के के प्रक्रिया हुन्छ भन्ने विषयमा बीबीसी संवाददाता गुरप्रीत सैनीले मेजर जनरल राज मेहतासँग कुराकानी गरेका छन् । उनले भनेको कुरा जस्ताको त्यस्तै :

सबभन्दा पहिले इन्टरनेसनल रेडक्रस सोसाइटीले अभिनन्दनलाई लगेर पूर्ण जाँच गर्नेछ । उनलाई कुनै शारीरिक हानि त पुगेको छैन भनी जाँच गरिन्छ । 

उनलाई कुनै ड्रग्स दिइएको वा शारीरिक र मानसिक यातना दिइएको विषयमा अनुसन्धान गर्ने काम पनि जेनेभा महासन्धिको दायित्वमा पर्छ । त्यसको कागजात तयार पारेपछि भारतीय वायुसेनालाई सुम्पिइनेछ । 

भारत आएपछि अभिनन्दनलाई वायुसेनाको मेडिकल टीमले उनको शत प्रतिशत जाँच गर्नेछ । त्यो जाँचका लागि विशेषज्ञ नियुक्त भइसकेको हुनुपर्छ । 

त्यसपछि अभिनन्दनसँग कुराकानी हुनेछ । इन्टेलिजेन्स डीब्रीफिङ हुनेछ र उनमाथि के भयो, कसरी भयो भन्ने विषयमा पूर्ण अनुसन्धान हुनेछ । 

पाकिस्तानमा उनीमाथि भएको व्यवहारका विषयमा सोधपुछ हुनेछ । अनि सबै कारवाहीपछि सरकारलाई प्रतिवेदन दिइनेछ । 

अभिनन्दनमाथि आपत्तिजनक काम भएको रहेछ भन्ने भारतलाई लाग्यो भने उनलाई अन्तर्राष्ट्रिय मञ्चसमक्ष पेश गरिनेछ । 

को हुन् अभिनन्दन ?
अभिनन्दन भारतीय वायुसेनामा विंग कमान्डर हुन् । उनका पिता पनि वायुसेनामा थिए र भाइ पनि वायुसेनामै छन् । अभिनन्दन सन् २००४ मा सेनामा भर्ती भएका थिए । 

अभिनन्दनको शुरूआती भिडियो पाकिस्तानले सार्वजनिक गर्दा उनी घाइते देखिन्थे र उनको अनुहारमा रगत थियो । 

अर्को एक भिडियोमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ । अर्कोमा चाहिँ अभिनन्दनको आँखा पट्टी बाँधिएको थियो र उनले भने, ‘मेरो नाम विंग कमान्डर अभिनन्दन हो । मेरो सर्भिस नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हुँ र म हिन्दू हुँ ।’

त्यसपछि पाकिस्तानले एक भिडियो जारी गरेको थियो जसमा उनले पाकिस्तानी सेनाबाट आफूले राम्रो व्यवहार पाएको र ठीक रहेको बताए ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x