×

NMB BANK
NIC ASIA

टर्ने भयो भारत–पाकिस्तान युद्ध : हालका लागि सैन्य कारवाही सकिएको भारतको भनाइ

फागुन २२, २०७५

NTC
Premier Steels

काठमाडौं – अहिलेका लागि सैन्य कारवाही अन्त्य भएको कुरामा जोड दिँदै अनि पाकिस्तानभित्रको आतंक संरचनाविरुद्ध लडाईं गर्नमा ध्यान केन्द्रित रहेको बताउँदै भारतले मंगलवार संयुक्त राष्ट्रसंघका सुरक्षा परिषद् सबै सदस्यसँग पहुँच बनाएको बताएको छ ।

Muktinath Bank

जैश-ए-मोहम्मद आतंकवादी समूहका प्रमुख मसूद अजहरलाई आतंकवादीको सूचीमा राख्नुपर्ने माग सहित भारत सुरक्षा परिषद् पुगेको हो । पुलवामा आतंकवादी आक्रमणमा जैशको संलग्नतालाई जोड्ने एक दस्तावेजका प्रमुख अंश पनि उसले प्रस्तुत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दस्तावेजको पूर्ण पाठ गत साता इस्लामाबादलाई हस्तान्तरण गरिएको थियो । प्रधानमन्त्री इमरान खानले उक्त दस्तावेज मागेका थिए । दस्तावेजमा प्रमुख अंश संसारभरिका भारतीय राजदूतलाई दिइएको छ र उनीहरूले विदेशी सरकारसमक्ष त्यसलाई पेश गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

स्रोतहरूले स्पष्ट पारेअनुसार, अहिलेका लागि सैन्य कारवाही पूरा भए पनि अर्को आतंकवादी आक्रमण भएमा सबै विकल्प खुला रहेका छन् । 

Vianet communication

सैन्य कारवाहीले पाकिस्तानभित्र रहेको आतंक संरचनामा प्रहार गर्ने क्षमता र इच्छा देखाएको स्रोतहरूले बताए र दिल्ली अहिले अन्तर्राष्ट्रिय वार्ताकारहरूलाई पाकिस्तानमाति दबाब दिन भनिरहेको छ । 

अमेरिका, बेलायत र फ्रान्सले मसूद अजहरलाई सुरक्षा परिषद्को सूचीमा सूचीकृत गर्ने प्रस्ताव गरेका छन् । दिल्लीले सुरक्षा परिषद्का सदस्य रहेका क्षेत्रीय प्रतिनिधि मुलुकहरूसँग यो विषय उठाउन भनेको छ । सुरक्षा परिषदमा पाँच स्थायी सदस्य र १० अस्थायी सदस्य छन् । 

चीन एक्लैले मसूद अजहरलाई विश्वव्यापी आतंकवादीमा सूचीकृत गर्ने सुरक्षा परिषद् प्रस्ताव १२६७ लाई पछिल्ला १० वर्षमा लगातार रोकेर राखेको थियो । इस्लामाबादको अनुरोधमा बेइजिङले सन् २००९, २०१६ र २०१७ मा यो रोक लगाएको छ । 

‘पुलवामा आतंकवादी आक्रमणका पछाडि पाकिस्तानमा रहेको जैश ए मोहम्मद समूहको हात रहेको हाम्रो दाबीलाई विश्वसनीय बनाउन चाहन्छौं । त्यसैले हामी आफ्नो दाबीलाई पुष्टि हुने दस्तावेज शेयर गर्दैछौं,’ स्रोतहरूले बताए । 

बेइजिङ आफैंले सूचीकरणलाई फेरि रोक्छ कि रोक्दैन भन्ने विषयमा पूर्वानुमान गर्न नसकिएपनि भारतले सकारात्मक संकेत पाएको स्रोतहरूको दाबी छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x