पुस ५, २०७५
काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...
फागुन २२, २०७५
काठमाडौं – भारतको जम्मु कश्मीरस्थित पुलवामामा भएको आतंकवादी आक्रमणको जवाफी कारवाहीका रूपमा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणका सम्बन्धमा अनेकौं प्रश्न अनुत्तरित रहेका छन् ।
सरकारका तर्फबाट प्रश्नहरूको उत्तर प्राप्त हुन बाँकी छ । पुलवामामा शहीद भएका जवानका परिवारले पनि खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा कतिजना आतंकवादी मरे भनी प्रमाण माग्न थालेका छन् ।
भारतीय वायुसेनाको हवाई आक्रमणपछि विदेशी सञ्चारमाध्यमले समेत सरकारको दाबीमा प्रश्न उठाएको छ ।
कतिजना आतंकवादी मारिए ?
सोसाइटी फर पोलिसी स्टडीजका निर्देशक तथा प्रख्यात रक्षा विशेषज्ञ सी उदय भास्करले लोकतन्त्रमा यस्तो प्रश्न उठाउनु देशद्रोह नभएको बताएका छन् । सन् १९६२ मा भारत र चीनबीच भएको युद्धमा पनि तत्कालीन सरकारसँग यस्तै प्रश्नहरू सोधिएको उनको भनाइ छ ।
हवाई आक्रमणको खबर आउनेबित्तिकै बालाकोटमा ३०० जना आतंकवादी मारिएको बताइयो । अनि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले २५० आतंकवादी मारिएको दाबी गरे । अमित शाहको दाबीलाई विदेश राज्यमन्त्री र पूर्व सेनाप्रमुख भीके सिंहले समर्थन गरे ।
उता एयर भाइस मार्शल आरजीके कपूरले आफूहरू लक्ष्य हासिल गर्न सफल भएको बताए । हवाई आक्रमण भएकै दिन अर्थात् २६ फेब्रुअरीमा विदेश सचिव विजय गोखलेले गोप्य सूचनाका आधारमा वायुसेनाले गैरसैन्य कारवाही गर्दा ठूलो संख्यामा आतंकवादी कमान्डर र ट्रेनर मारिएको बताए ।
एयर भाइस मार्शल (रिटायर्ड) कपिल काकले बालाकोटमा मारिएका आतंकवादीको संख्या पाकिस्तान र उसको जासूसी निकाय आईएसआईलाई थाहा हुने बताए । यसबाहेक पाकिस्तानमा रहेका भारतका जासूसहरूलाई यसको बारेमा थाहा हुने उनको भनाइ छ ।
रक्षा विशेषज्ञ भास्करका अनुसार, विदेश सचिवले ठूलो संख्यामा आतंकवादी मारिएका हुन् भन्दा कुनै सूचनाकै आधारमा भनेको हुनुपर्छ ।
के छ प्रमाण ?
बालाकोटमा भएको हवाई आक्रमणमा विपक्षी दलहरूले सरकारसँग प्रमाण मागिरहेका छन् । विपक्षीको प्रश्नमा सरकार उल्टै सेनामा विश्वास छैन र भनी प्रतिप्रश्न गरिरहेको छ ।
एयर भाइस मार्शल काकका अनुसार, युद्ध वा युद्धजस्तो स्थितिमा विरोधाभासी बयान आउन हुँदैन । वायुसेना र विदेश सचिवले संख्या नबताएको अवस्थामा २५० देखि ३०० मारिएको कसरी भनियो ? अझ विदेश राज्यमन्त्रीले अमित शाहबाट दाबी भएको संख्याको प्रतिरक्षा गर्नु पनि हल्लालाई सबल बनाउनु हो । सरकारसँग प्रमाण छ भने तत्कालै जनतासमक्ष सार्वजनिक गर्नुपर्थ्यो ।
कपिल काक भन्छन्, ‘आजकल यस्ता पनि हतियार छन् जसले भवन लडाउँदैनन् तर भवनभित्र बस्ने मानिसलाई मारिदिन्छन् । स्पाइस–२००० यस्तै एक स्मार्ट बम हो जसमा लेजरनिर्देशित कोअर्डिनेट सेट गरिन्छ । यो छतबाट भवनभित्र पस्छ र टार्गेटलाई मार्छ ।’
उनका अनुसार, वायुसेनासँग भएका प्रमाण भूउपग्रहीय तस्वीर र प्रविधिबाट हासिल हुन्छ । जासूसी संस्था रअसँग पनि टार्गेटको तस्वीर लिने साधन छन् । यसलाई सिन्थेटिक एपर्चर राडार भनिन्छ जसले घना बादल छाउँदा पनि प्रस्ट तस्वीर खिच्न सक्छ ।
रक्षा विशेषज्ञ सी उदय भास्करले बताए, ‘विदेश सचिवले ठूलो संख्यामा आतंकवादी मारिएको प्रस्ट भने । त्यो पक्कै पनि कुनै इनपुटको आधारमा भनेका होलान् । तर जनता वा विपक्षी दलले प्रश्न उठाउने हकलाई पनि नकार्न मिल्दैन । सरकारले आफ्नो जासूसी प्रविधिलाई उजागर गर्न नचाहेकाले पनि प्रमाण जारी नगरेको हुनुपर्छ । यस्ता किसिमका आक्रमणमा आधा घन्टाभित्र तस्वीर लिन सके ठीक हुन्छ । तर २४ घन्टा बितिसकेपछि दुश्मनसँग टार्गेट लुकाउन पर्याप्त समय हुन्छ ।’
अभिनन्दनले नै खसाएका हुन् एफ–१६ ?
भारतीय हवाई आक्रमणको भोलिपल्ट पाकिस्तानी वायुसेनाका विमानहरूले भारतीय वायु क्षेत्रको उल्लंघन गर्ने प्रयास गरे । पाकिस्तानी वायुसेनाले भारतका सैन्य ठेगानाहरूलाई निशाना बनाउँदै केही क्षेप्यास्त्र पनि प्रहार गरे तर त्यसले कुनै नोक्सानी गरेन ।
तर पाकिस्तानी लडाकू विमानलाई पछ्याउँदै मिग–२१ बाइसन विमान चढेर विंग कमान्डर अभिनन्दन पाकिस्तानको सीमामा पसे । उनको विमान क्षतिग्रस्त भएपछि पाकिस्तानी सेनाले उनलाई कब्जामा लियो ।
एयर भाइस मार्शल आरजीके कपूरले एएमआरएएम क्षेप्यास्त्रको टुक्रा देखाएर यो क्षेप्यास्त्र एम–१६ लडाकू विमानमा मात्र फिट हुन सक्ने साबित गरे । दुवैतर्फका वायुसेनाको लडाईंमा भारतले एउटा मिग–२१ गुमाएको अनि पाकिस्तानको पनि एक विमान खसाएको उनले बताए ।
आफूले पाकिस्तानको एउटा एफ–१६ विमान खसाएको भारतले दाबी गरेपनि पाकिस्तानले त्यसलाई अस्वीकार गरिरहेको छ । अमेरिकासँग एफ–१६ को प्रयोगको शर्तका कारण पाकिस्तानले यसरी अस्वीकार गरेको हुन सक्छ । तर अभिनन्दनले पाकिस्तानी एफ–१६ विमान खसाएको दाबी गरिएको छ ।
एयर मार्शल (रिटायर्ड) आरसी वाजपेयीले पाकिस्तानी वायुसेनाका विमान र भारतीय वायुसेनाका विमानबीच डगफाइट भएको र त्यसमा मिग–२१, सुखोई ३० र मिराज २००० ले भाग लिएको बताएका छन् । पाकिस्तानका एफ–१६ विमानहरूले हावाबाट हावामा प्रहार गर्ने एएमआरएएम क्षेप्यास्त्र प्रयोग गरेर सुखोई ३० र मिग २१ लाई निशाना बनाउन चाहे । तिनको टुक्रा भारतीय सीमामा भेटिएको छ ।
वाजपेयीका अनुसार, विंग कमान्डर अभिनन्दनले मात्र नियन्त्रण रेखा पार गरेर पाकिस्तानी विमानलाई लखेटेकाले के दाबी गरिँदैछ भने मिग २१ मा आक्रमण हुनुअघि पाकिस्तानी विमानलाई हावाबाट हावामा मार हान्ने आर७३ क्षेप्यास्त्रबाट प्रहार गरियो ।
भारतको एमआई–१७ हेलिकप्टर कसले खसायो ?
भारतीय वायुसेना र पाकिस्तानी वायुसेनाबीचको संघर्षको १० मिनेटभित्र बडगाममा भारतीय एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भयो । त्यस दुर्घटनामा परी भारतका ६ जवान शहीद भए । घटनाका सम्बन्धमा आएको आधिकारिक बयानमा एमआई १७ नियमित मिसनमा रहेको बताइएको छ । तर भारतीय हेलिकप्टर कसरी खस्यो भन्ने विषयमा स्पष्ट हुन सकिएको छैन । घटनामा कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको छ र त्यसको प्रतिवेदन आगामी १० देखि १५ दिनमा आउने आशा गरिएको छ ।
एयर मार्शल कपिल काकको मान्यता छ – पाकिस्तानले पनि एमआई–१७ दुर्घटनामा आफ्नो जिम्मेवारी रहेको दाबी गरेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेकोले यो प्राविधिक कारणले भएको थियो कि अन्य कारणले भन्ने विषयमा जान्नका लागि हेलिकप्टरको ब्ल्याक बक्स वा अवशेषको अध्ययन गर्नुपर्ने हुन्छ ।
भारतले नियन्त्रण रेखा पार गरेको हो कि पाकिस्तानी सीमा ?
बालाकोट हवाई आक्रमणपछि भारतले आधिकारिक बयान जारी गरेर आफ्नो टार्गेटमा प्रहार गरेको बतायो तर उसको वायुसेना पाकिस्तान सीमामा पुगेको हो कि नियन्त्रण रेखाबाटै टार्गेटलाई निशाना बनाएको हो भन्ने विषयमा स्पष्टता छैन ।
रक्षा विशेषज्ञ सी उदय भास्करका अनुसार, आक्रमणपछि इन्डियन एक्सप्रेसले आधिकारिक सूत्रको हवाला दिँदै भारतीय वायुसेनाले नियन्त्रण रेखाबाटै टार्गेटलाई प्रहार गरेको खबर दियो । दुश्मनको सीमामा नघुसिकनै टार्गेटलाई निशाना बनाउनसक्ने भारतीय वायुसेनाको सामर्थ्य रहेको उनले बताए ।
एयर मार्शल (रिटायर्ड) आरसी वाजपेयी यस घटनामा भारतको दृष्टिकोण स्पष्ट रहेको बताउँछन् । भारतले पाकिस्तानमा आक्रमण नगरी आतंकवादी ठेगानालाई मात्र निशाना बनाएको हो । भारतले इजरायलमा बनेको एडब्ल्युएसीएस सिस्टम प्रयोग गरेर पाकिस्तानको राडार सिस्टमलाई जाम गरेको हो । नियन्त्रण रेखा वारिबाटै आक्रमण गर्नुपरेमा कुनै अन्य क्षेप्यास्त्रबाट आक्रमण गरिन सक्थ्यो । वाजपेयीका अनुसार, बालाकोटमा पहाडी इलाका छ र यस्तो सटीक निशानाका लागि टार्गेटलाई स्पष्टताका साथ लोकेट गर्नु जरूरी छ ।
बालाकोटमा हवाई आक्रमणले चुनावी वर्षमा राजनीतिक रंग लिएको छ । पुलवामा आक्रमणपछि विपक्षीले सरकारसँग उभिएको दाबी गरेको थियो । तर अहिले उसले सरकारसँग प्रश्न उठाइरहेको छ ।
रक्षा विशेषज्ञ सी उदय भास्करले लोकतन्त्रमा विपक्षी दलले उठाएको प्रश्नलाई राष्ट्रविरोधी भन्दै नकार्न नमिल्ने बताए । दोस्रो विश्वयुद्धमा बेलायत सरकारसँग प्रश्न गरिएको अनि कारगिल युद्धमा वाजपेयी सरकारमा पनि प्रश्न उठाइएको उनले बताए ।
सूचना गोप्य भए पनि सरकारले विपक्षी दलहरूको शंकाको समाधान गर्न सक्ने उदय भास्करको मान्यता छ । विपक्षीका प्रश्नलाई सेनामाथि प्रश्न उठाइएको भनी व्याख्या गर्न नमिल्ने उनले बताए ।
आजतकमा प्रकाशित विवेक पाठकको रिपोर्ट
काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...