×

NIC ASIA

राहुल गान्धीले गरे मोदीमाथि प्रहार – राफेलका सबै कागजात लुकाइयो, प्रधानमन्त्री छन् दोषी

फागुन २३, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – राफेल सम्झौतामा सरकारले सबै कागजात लुकाएको र प्रधानमन्त्रीमाथि यसका विषयमा कारवाही हुनुपर्ने माग विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लगाएका छन् । 

Muktinath Bank

बिहीवार एक पत्रकार सम्मेलनमा बोल्दै राहुल गान्धीले कागज लुकाइएकोबाटै कागजमा सत्य कुरा भएको थाहा हुने बताए । ‘नरेन्द्र मोदीले सौदा गरिरहेका थिए भन्ने कुरा कागजमै लेखिएको छ । राफेल डीलले मोदीको बाइपास सर्जरी गरेको छ । मोदी सरकारको राजमा रोजगारी, किसानका मुद्दा अनि राफेलका फाइल सबै गायब छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कागजमा नाम भएका व्यक्तिमाथि कारवाही हुनुपर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘एउटा नयाँ लाइन आएको छ – गायब भयो भनेर । सरकारको कामै सबैथोक गायब गर्ने हो । दुई करोड युवाको रोजगारी गायब भयो, किसानलाई दिने सही दाम गायब भयो, दोक्लम गायब भयो अनि राफेलका फाइलहरू पनि गायब भए,’ उनले भने । 

Vianet communication

कांग्रेस अध्यक्षले भने, ‘तपाईंले जसलाई कारवाही गर्नुपर्ने हो गर्नुस् तर प्रधानमन्त्रीमाथि पनि कारवाही हुनुपर्छ । प्रधानमन्त्रीले सीबीआई प्रमुख हटाए अनि यसो गरेकोमा सर्वोच्च अदालतले पनि आलोचना ग–यो । उनले अनिल अम्बानीको खल्तीमा ३० हजार करोड रुपैयाँ हाले । अब मिडियाको जाँच गर्ने कुरा भइरहेको छ तर ३० हजार करोड घोटाला गर्नेमाथि कुनै जाँच भइरहेको छैन । जुन कुनै पनि कुरालाई मोडेर नरेन्द्र मोदीको बचाउ गरिँदैछ । सरकारको लक्ष्य चौकीदारलाई बचाउनु मात्र रहेको छ ।’

राहुल गान्धीले भने, ‘पहिले सबैले राफेलमा केही भएको छैन भन्थे तर हामीले राफेल डीलमा घोटाला भएको प्रमाणित गरिदियौं । अब त पत्रिकाका रिपोर्टहरूले पनि घोटाला भएको साबित गरिरहेका छन् र प्रधानमन्त्री पनि त्यसमा संलग्न छन् । मोदी आफैंले जाँच गराउन तयार रहेको भन्नुपर्छ । मोदी सरकार त जेपीसी गराउन पनि चाहिरहेको छैन ।’

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x