×

NIC ASIA

हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव रोकेकामा भारतको असन्तुष्टि

फागुन ३०, २०७५

Prabhu Bank
NTC
Premier Steels

नयाँदिल्ली– भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै 'निराशा' व्यक्त गरेको छ । 

Muktinath Bank

यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो । यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनालगत्तै दुवै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो । 


Advertisment
Nabil box
Kumari

काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो । 

Vianet communication

चीनले बुधवार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरिदिएको थियो । मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो । 

पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहर माथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो । चीनको उक्त अनुरोधसँगै प्रस्ताव करीब ९ महिनापछि धकेलिएको छ । 

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ । मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतङ्कवादी नेताहरूलाई कानूनी कठघरामा ल्याउन सबै सम्भाव्य उपायहरू खुलै राख्ने पनि स्पष्ट गरेको छ । 

चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीनवटा प्रयत्नलाई अवरुद्ध गरिसकेको छ । जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतङ्कवादी सूचीमा राखिएको छ । 

चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अरू सञ्चारमाध्यमले तिखो व्यङ्ग्य गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x