×

NIC ASIA

क्राइस्टचर्च आक्रमणपछि प्रधानमन्त्री आर्डर्नको व्यवहारको चौतर्फी प्रशंसा

चैत ४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिदमा शुक्रवार भएका आतंकवादी आक्रमणले संसारलाई नै दुःखी बनायो । तर आक्रमणपछिको एक तस्वीरले नकारात्मक वातावरणमा सकारात्मक आशा जगाएको छ ।

Muktinath Bank

तस्वीरमा देशकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले आक्रमणमा परेका व्यक्तिको परिवारसँग भेटघाट गरेर अँगालो हालेको देखिन्छ । मुसलमान र प्रवासीहरूविरुद्ध फैलिएको घृणाभावका बीच आर्डर्नले राजनीतिमा मानवताको सन्देश दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मुसलमान परिवारमाझ हिजाब लगाएर पुगिन् अनि मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली दिइन् । उनको अनुहारमा उदासी थियो र आँखामा आँसु थिए । 


Advertisment
Nabil box
Kumari

उनको यस तस्वीरले संसारको ध्यान आकर्षित गरेको छ । ट्विटरमा मानिसहरूले उनलाई आतंकको समयमा सकारात्मक राजनीतिको अनुहार भनी वर्णन गरे । 

Vianet communication

धेरै मानिसले दक्षिणपन्थी नेताहरूलाई आर्डर्नबाट करुणा र प्रेमको पाठ सिक्न भनिरहेका छन् । 

पीडित परिवारसँग भेटघाटपछि प्रधानमन्त्री आर्डर्नले भने, ‘हामीहरू विविधता, करुणा र दयाको प्रतिनिधित्व गर्छौं । हाम्रो मूल्यमान्यतालाई स्वीकार गर्ने व्यक्तिका लागि यो देश घर हो । आवश्यकता भएका शरणार्थीको घर हो यो देश ।’

उनको यो बयानपछि उनी एकपटक फेरि अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन् । यसअघि उनले गत अक्टोबरमा प्रधानमन्त्री हुँदै छोरी जन्माएकी थिइन् र संयुक्त राष्ट्रसंघको बैठकमा छोरी लिएर पुगेकी थिइन् । 

त्यतिखेर उनले संसारभरिका कामकाजी महिलालाई जागिर खाँदै अनि जिम्मेवार पदमा रहँदा पनि महिलाले आमाको जिम्मेवारी सम्हाल्न सक्ने सन्देश दिएकी थिइन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x