×

NIC ASIA

झापाली समाज इजरायलको तेस्रो अधिवेशनले चुन्यो २३ सदस्यीय कार्यसमिति

चैत ४, २०७५

Prabhu Bank
NTC
Premier Steels

इजरायल -  झापाली समाज इजरायलको तेस्रो अधिवेशन यही मार्च १५ शुक्रवार इजरायलस्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

Muktinath Bank

औपचारिक रुपमा तत्कालीन अध्यक्ष गणेश गौतम 'सागर'को सभापतित्वमा अधिवेशन शुरू भएको थियो ।  अधिवेशनमा झापाली समाजका उपाध्यक्ष दिपकप्रसाद ओलीको प्रमुख आतिथ्यता थियो भने एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली विशेष अतिथिका रूपमा उपस्थिति भएकी थिइन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रवासमा रहेका झापालीलाई आफ्नो ठाउँको सम्झना दिलाउन तथा झापा जिल्ला पनि देश विकासमा एक अग्रणी स्थानमा छ भन्ने सन्देश दिनका लागि 'जिल्ला परिचय'को एक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा तत्कालीन उपाध्यक्ष इन्द्रमणी प्रसाई(निकेश)ले इजरायलमा झापाली समाजको आवश्यकता किन र कसरी पर्यो भन्ने व्याख्या गरेका थिए ।  उनले संस्थाको परिचय दिँदै भने, 'संस्थाले आगामी दिनमा झापाली समाज अझ धेरै सक्रिय रहेर समाजसेवा गर्नेछ ।'

Vianet communication

तत्कालीन उपाध्यक्ष सन्दीप भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।  भण्डारीले इजरायलमा नेपालीहरूमाझ आइपर्ने समस्या समाधान गर्नका लागि २० लाख भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको उल्लेख गरे । उनले संस्थासँग झन्डै साढे छ लाख वचत रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली सामाजका उपाध्यक्ष तथा अधिवेशनका प्रमुख अतिथि दिपक प्रसाद ओलीले अझास स्थापनाको १ वर्ष अवधिमै जिल्ला विकासमा धेरै काम गरेको बताए ।  उनका अनुसार अन्तर्राष्ट्रिय झापाली समाजले कमल गाउँपालिकामा बाढी पिडितबाट विस्थापित १३ घरपरिवारलाई झन्डै ५० लाख लागतमा बस्ती निर्माण गरिदिएको, झापाको एक मात्र विमानस्थल चन्द्रगढी विमानस्थलको स्तर उन्नतिको लागी सहयोग गरेको, हरेक वर्ष झापामा हुने झापा गोल्डकपमा दोश्रो पुरस्कार प्रायोजक अझासले गर्ने गरेको छ ।  

कार्यक्रमको दोश्रो चरणमा समाजका संरक्षक तथा अधिवेशन संयोजक जय ओडारीले समाज स्थापनाकालमा साथीहरुले खेलेको भूमिका स्मरण गर्दै समाज यो ठाउँसम्म आउन सबैको उत्तिकै साथ सहयोग रहेको उल्लेख गरे ।  

सन्दिप भण्डारीको अध्यक्षतामा गठन भएको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष माला योञ्जन तामांङ, उपाध्यक्षहरुमा इन्द्र मणि प्रसाई (निकेश), साबित्रा लुईटेल घिमिरे, नम्रता उप्रेती, महासचिवमा खेमराज जमर कट्टेल, सचिवमा मुना अधिकारी, कोषाध्यक्षमा निर्मला दाहाल पौडेल, सह कोषाध्यक्षमा पवित्रा चापागाई, सदस्यहरुमा पवित्रा बजगाई, प्रज्ञा कार्की, ज्योति प्रधान, कशिस वान्तवाराई, रमा बुढाथोकी, दुर्गा चापागाई, कुमार आङदेम्बे, कुशल शर्मा, बिष्णु उप्रेती, टिकाराम तिम्सिना र देवी खरेल पाण्डे रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x