×

NMB BANK
NIC ASIA

समुद्री आँधीका कारण मोजाम्बिकमा हजार बढीको मृत्यु

चैत ५, २०७५

NTC
Premier Steels

काठमाडाैं- इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्। प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ।

Muktinath Bank

बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहित आएको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्। बिस्तारै क्षतिको विवरण बाहिर आउन थालेको बीबीसीले उल्लेख गरेकाे छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ। बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले 'विध्वंसकारी प्रभाव' पारेको बताएका छन्। उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।


Advertisment
Nabil box
Kumari

त्यसअघि नै इन्टर्न्याश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई 'ठूलो र भयानक' बताएका थिए। झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत ध्वस्त भएको देखिएको छ।

Vianet communication

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको एउटा घर पनि भेट्न नसकेको बताए। उद्धारकर्ताहरूले सहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन्। धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएको छ जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ। बेयराले अन्यत्र जोड्ने सडकहरू अवरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ।

रूखमा बसिरहेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसका एक सहायताकर्मीले बताए। जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x