×

NIC ASIA

प्रमोद सावन्त बने गोवाका नयाँ मुख्यमन्त्री

चैत ५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावन्तले मंगलवार २ बजेतिर मुख्यमन्त्रीको शपथ लिएका छन् । 

Muktinath Bank

सावन्तसँगै ११ विधायकले मन्त्री पदको शपथ लिएका छन् । तिनमा महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुधिन धवलिकर र गोवा फरवार्ड पार्टीका अध्यक्ष एवं विधायक विजय सरदेसाई समेत छन् । शपथ लिने अन्य विधायक यसअघि पर्रिकर सरकारमा मन्त्री थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धवलिकर र सरदेसाईलाई उपमुख्यमन्त्री पद दिइनेछ । 


Advertisment
Nabil box
Kumari

सोमवार पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी तातेको थियो । आइतवार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमवार निकै राति उनी पार्टी र सहयोगी दलहरूका विधायकको समर्थन पत्र लिएर राजभवन पुगेका थिए । 

Vianet communication

पर्रिकरको मृत्युपछि सदनमा भारतीय जनता पार्टीको संख्याबलमा शंका उठेको थियो र एमजीपी अनि जीएफपी पार्टीको समर्थन उसलाई नहुने मानिएको थियो । 

कुल ४० सीट भएको गोवा विधानसभामा अहिले ३६ विधायक छन् । सदनमा कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । एमजीपी र जीएफपीका तीन तीन विधायक छन् र उनीहरूले भाजपालाई समर्थन दिएका छन् । तीन निर्दलीय विधायकको समर्थन भाजपालाई छ । 

सदनमा कांग्रेस सबभन्दा ठूलो दल भएको नाताले संख्याबल आफूसँग भएको दाबी गर्दैथियो । त्यही दाबीका आधारमा कांग्रेसले गोवाकी राज्यपाल मृदुला सिन्हालाई पत्र लेखेर भाजपा नेतृत्वको सरकार भंग गर्न माग गरेको थियो । 

तर कांग्रेसलाई जिल्याउँदै भाजपा नै गोवामा सत्तारूढ रह्यो । शपथग्रहण समारोहमा पुग्नुअघि प्रमोद सावन्तले आफूलाई पार्टीले यो जिम्मेवारी दिएको र कठोर मेहनत गरेर जिम्मेवारी निर्वाह गर्ने बताए ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x