×

NIC ASIA

कांग्रेसले किन अन्य दलसँग गठबन्धन बनाउन सकिरहेको छैन ?

चैत ५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – भारतमा आमनिर्वाचन आउनै लाग्दा विपक्षी कांग्रेस पार्टीले गठबन्धन बनाउन सकिरहेको छैन । कुरा मिल्ला मिल्ला जस्तो भएर पनि बिग्रिरहेको छ । उत्तर प्रदेशदेखि बिहार र बंगालसम्म यही समस्या देखिएको छ । 

Muktinath Bank

बिहारमा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस अनि चार साना दलको महागठबन्धनको कुरा निकै उठेको भए पनि सीट बाँडफाँडमा कुरा नमिलेपछि अधुरै रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महागठबन्धन नै दुई टुक्रा हुने आशंका समेत गर्न थालिएको छ । तीनचार दिनयता आरजेडी र कांग्रेसका बयानमा आपसी खिंचातानी देख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

राज्यका कुल ४० सीटमध्ये २० सीटमा चुनाव लड्ने निश्चय गरेको आरजेडीले कांग्रेसका लागि नौभन्दा बढी सीट छोड्न तयार छैन । उता प्रदेश कांग्रेसका ठूला नेता चाहिँ ११ भन्दा एक सीट कम स्वीकार गर्न तयार छैनन् । यसले गर्दा आरजेडी समस्यामा परेको छ । 

Vianet communication

कांग्रेसको जिद्दी देखेर आरजेडी अध्यक्ष लालू यादव निकै चिढिएका छन् र उनले कांग्रेसका लागि आठ सीटभन्दा बढी नछुट्ट्याउनू भनी तेजस्वी यादवलाई सन्देश पठाएका छन् । 

लालू अहिले राँची कारागारको एक अस्पतालमा उपचार गराइरहेका छन् । 

उनको अनुपस्थितिमा पार्टी नेतृत्व सम्हालिरहेका तेजस्वी यादवले एक ट्वीट गरेर इशारामै कांग्रेस अहंकारी भएको लेखेपछि कांग्रेस नेतृत्वको चित्त दुखेको छ । 

तेजस्वीले लखनउ गएर मायावती र अखिलेश यादवसँग आत्मीय भेटघाट गरेपछि कांग्रेस सतर्क भएको थियो । 

कांग्रेससँगको गठबन्धन उपयोगी भए पनि आरजेडी आफ्नो जनाधारसँग जोडिएको शक्तिलाई कमजोर बनाउने कुनै सम्झौता गर्न चाहँदैन ।

केही महिनाअघि तीन प्रदेशमा चुनावी जीत, पटनामा –यालीको सफल आयोजन र प्रियंका गान्धीको दलगत सक्रियताबाट उत्साहित कांग्रेसले बिहारमा महागठबन्धनमा आफ्नो हैसियत बढाउनमा जोड दिइरहेको छ । यो अस्वाभाविक छैन ।  

महागठबन्धनका चार साना घटकहरू उपेन्द्र कुशवाहा, जीतनराम मांझी, शरद यादव र मुकेश सहनीले यसैबीच आआफ्ना दललाई पर्याप्त सीट दिलाउनका लागि दबाब बढाएका छन् । 

पूर्व मुख्यमन्त्री जीतनराम मांझीलाई कम्तीमा तीन सीट चाहिएको छ र पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहा पाँच सीट मागिरहेका छन् । 

सम्बन्धित घटकहरूले जिद्दी गरिरहँदा महागठबन्धन टुट्यो भने जीतनराम मांझी र मुकेश सहनी आरजेडीतिर र उपेन्द्र कुशवाहा कांग्रेसतिर गठबन्धन बनाउनका लागि ढल्किने चर्चा पनि हुन थालेका छन् । 

यस्तो भयो भने चाहिँ भाजपा, जेडीयू र एलजेपीको जीतको बाटो सहज हुने मौका उपलब्ध भएको मानिनेछ । 

तर यसले गर्ने हानिलाई बुझेर महागठबन्धनका सबै घटक अन्ततोगत्वा जोडिन बाध्य हुनेछन् । 

गठबन्धन टुट्न लागेको अवस्थामा सम्बन्धित सबै पक्षको दृष्टिकोण नरम हुँदै गएको छ । 

महागठबन्धनका सबै ६ घटक दलले एक वा दुई सीट कम लिएर वाम दलहरूका लागि ६ वटा जति सीट छुट्ट्याएमा वाम दलहरू पनि गठबन्धनमा जोडिनेछन् र यो असरदार महागठबन्धन बन्नेछ ।

बीबीसी हिन्दीमा प्रकाशित मणिकान्त ठाकुरको टिप्पणी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x