×

NMB BANK
NIC ASIA

भारतमा लोकसभा निर्वाचन : योगीको हिन्दूत्व विरुद्ध विपक्षीको जातीय समीकरण

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार सहारनपुरस्थित शाकम्बरी धामबाट चुनावी अभियानको शुरूआत गरेका छन् । विपक्षी नेताहरू मायावती, अखिलेश यादव र अजित सिंहले दुई हप्तापछि देवबन्दबाट अभियान शुरू गर्ने भएका छन् ।

Muktinath Bank

निर्वाचन अभियान प्रारम्भ गर्ने स्थानले यस राज्यमा सात चरणमा हुने निर्वाचनको दिशा तय गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्लेषकहरूले यसलाई मण्डल विरुद्ध कमण्डलको भाग दुई भनिरहेका छन् । तीन दशकअघि यो संघर्षले उत्तर प्रदेशको राजनीति परिवर्तन गरेको थियो । त्यतिखेर पछिडिएका वर्गको आन्दोलन र राम मन्दिर आन्दोलन निकै चर्केका थिए । 


Advertisment
Nabil box
Kumari

यस परिवेशमा कांग्रेसले आफ्नै स्थान खोजिरहेको छ र ऊ प्रियंका गान्धीको आकर्षणमा निकै भर परेको छ । अत्यन्तै कठिन जिम्मेवारी पाएकी प्रियंकाले सहारनपुर, कानपुर, उन्नाव, बाराबंकी, पदरौना, प्रतापगढ, अल्लाहबाद, राय बरेली र अमेठीमा ध्यान केन्द्रित गरेकी छन् । भाजपाविरुद्धको मतविभाजन नहोस् भनी कांग्रेसले समाजवादी पार्टी, बहुजन समाज पार्टी र आरएलडीबीचको गठबन्धनमा अस्थिरता नआओस् भन्ने मनसाय राखेको छ । त्यसैले कांग्रेसले शिवपाल सिंहको दलसँग गठबन्धन गरेको छैन । 

Vianet communication
Laxmi Bank

भाजपाले जातीय समीकरणलाई कठोर हिन्दूत्वसँग मिसाएर आफ्नो भाग्य चम्काएको छ । आफ्नो निर्वाचन अभियानको शुरूआतमा योगीले कैरानाबाट हिन्दूहरू भाग्नुपरेको भन्ने विषय उठाएर विवाद जन्माए । भाजपाले यसलाई निर्वाचनको विषय बनाएको थियो । समाजवादी पार्टीको सरकारले दुःख दिएकाले ठूलो संख्यामा हिन्दू परिवारहरू कैरानाबाट बास सरेको भनी उनले आरोप लगाएका थिए । तर केन्द्रको गृह मन्त्रालयको प्रतिवेदनले यसलाई नकारेको छ । 

केही समयअघि मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भएका विधानसभा निर्वाचनमा योगीले घोषणा गरे : ‘तिमीहरू अली आफूसँग राख, हामीसँग बजरंगबली हुनुहुन्छ ।’

सपा, बसपा र आरएलडीको गठबन्धनले दलित, पिछडिएको जात (ओबीसी) र मुसलमानको भोट ल्याउने लक्ष्यसहित अप्रिल ७ मा मुसलमानहरूको सबभन्दा ठूलो पाठशाला दारुल उलूम रहेको देवबन्दबाट निर्वाचन अभियान शुरू गरेको छ । 

योगीले चाहिँ सोचविचार गरेरै प्रसिद्ध हिन्दू मन्दिर रहेको शाकम्बरीबाट निर्वाचन अभियान शुरू गरे । ‘यस मन्दिरका भक्तहरू ठूलो संख्यामा पाँच राज्यमा छन् : उत्तराखण्ड, हरियाणा, पञ्जाब, उत्तर प्रदेश र हिमाचल । मुख्यमन्त्रीको भ्रमणले भाजपाको कोर भोटबैंकलाई सन्देश दिनेछ,’ पार्टी प्रवक्ता चन्द्र मोहनले बताए । 

प्रधानमन्त्री मोदीलाई उत्तर प्रदेशको ८० मध्ये ७४ सीट दिने घोषणा गरेका योगीले विपक्षीहरूको तिकडीको सामना गर्नुपर्ने हुन्छ । उनीहरू सामाजिक न्यायको कार्ड खेलिरहेका छन् । सन् २०१४ र २०१७ मा झैं जातीय समीकरणलाई उनले हिन्दूत्वमार्फत काउन्टर दिने तयारी गर्दैछन् । 

सन् २०१७ मा विकासको नारा दिएर भोट जित्न नसकेका अखिलेश यादव चिरप्रतिस्पर्धी बसपा र जाटहरूको दल आरएलडीलाई अँगाल्न पुगे । हिन्दू ध्रुवीकरण गर्ने भाजपाको प्रयासलाई काउन्टर दिन उनले दलित, ओबीसी र मुसलमान गठबन्धन गरेका हुन् । 

‘भाजपाले मलाई मेरो ओबीसी पहिचान उजागर गर्न बाध्य पारेको छ,’ उनले भने, ‘मोदी चायवाला हुन् भने म दूधवाला हुँ ।’

द टाइम्स अफ इन्डियाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x