कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट www.seismonepal.gov.np खोल्नुभयो भने मास्टहेड भन्दा ठ्याक्कै मुनि एउटा विज्ञापन देख्न सक्नुहुन्छ ।
भूकम्पसम्बन्धी सूचना दिने उक्त सरकारी वेबसाइटमा तीन ठाउँमा गूगलले दिएको विज्ञापनका लागि स्पेस छुट्याइएको छ ।
सरकारी निकायलाई सरकारले नै बजेट उपलब्ध गराउँछ । गूगलको विज्ञापन वेबसाइटमा राखेर पैसा कमाइराख्नुपर्ने अवस्था हुँदैन ।
सोमवार बिहान १० बजेपछि सिस्मो नेपालको बेवसाइट खोल्दा क्रिश्चियन धर्म प्रचार गर्ने खालका विज्ञापनहरू देखिए । तीनवटै स्पेसमा सोही प्रयोजनका विज्ञापन थिए ।
‘ईश्वरीय सहायता चाहते हैं ?’, ‘यीशु के बारे में अद्भुत तथ्य’, ‘परमेश्वर के निकट आएँ’ लगायतका विज्ञापन सिस्मो नेपालको बेवसाइटमा देखिए ।
गूगल एडका लागि स्पेस दिएपछि उसले यो क्षेत्रमा लक्षित विज्ञापनहरू विना राेकटोक देखाउने गर्छ ।
सरकारी वेबसाइटमा गूगलको विज्ञापन राख्नुको कारण जान्न हामीले भूकम्प मापन केन्द्रमा सम्पर्क गर्यौं । लोकान्तरको सम्पर्कमा आएका सेस्मोलोजिस्ट चिन्तन तिमिल्सिनाले यसलाई प्राविधिक त्रूटिका रूपमा औंल्याए ।
‘तपाईंले बेवसाइटमा गूगल म्याप देख्न सक्नुहुन्छ, त्यसमा केही दिनअघि कालो स्क्रिन मात्र देखिने समस्या आयो । हामीले डेभलपरसँग कुरा गर्यौं । पैसा तिरेर राख्नुपर्नेमा उसले फ्रिको राखिदिएछ, त्यसो गर्दा गूगलको विज्ञापन आउने रहेछ,’ तिमिल्सिनाले भने, ‘हामीले कुरा गरिसकेका छौं, एकदुई दिनमा यो समस्या समाधान हुन्छ ।’
यसलाई प्राविधिक कमजोरी भन्दै उनले छिट्टै समाधान हुने बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...