×

NIC ASIA

पोखरा- पोखरा महानगरपालिकाकाले महानगर क्षेत्रभित्रका कृषकलाई प्रोसाहन गर्न आर्थिक सहयोग अभियान शुरू गरेको छ ।

Muktinath Bank

महानगरले पहिलो चरणमा सुन्तलाको पकेट क्षेत्र मानिएको वडा नम्बर २१ दोपहरेका किसानलाई बगैंचा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानरले शुरू गरेको मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन गर्ने अभियान अन्तर्गत कृषकलाई सघाउन आर्थिक सहयोग गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उनले एक कार्यक्रमका बीच महानगरको अभियान अन्तर्गत वडा नम्बर २१ दोपहरेका कृषकलाई सुन्तलाको बगैंचा व्यवस्थापनमा सघाउ पुर्‍याउन आथिक सहयोग प्रदान गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रमुख जिसीले सुन्तलाको सामूहिक उत्पादन र प्रवर्द्धन गर्न मेयर प्रविधि मैत्री परियोजना अन्तर्गत सुन्तलाको बगैंचा व्यवस्थापनमा महानगरले सहयोग गरेको बताए । उनले महानगरले गरेको सहयोग प्रत्यक्ष रूपमा किसानसम्म पुर्‍याउनले उद्देश्य रहेको बताए । ‘यहाँ उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्न र उत्पादित सुन्तलाको बजार खोज्न महानगरले सहयोग गर्नेछ,’ उनले भने, ‘स्थानीय सरकार पनि किसानको साथैमा छ भन्ने प्रत्याभूति दिलाउन महानगर लागि परेको छ ।’ 

Vianet communication

प्रमुख जिसीले यस क्षेत्रलाई कास्कीमै सुन्तलाको प्रमुख केन्द्र बनाउने सोच महानगरले लिएको बताए । 

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले विभिन्न किसान समूह बनाएर उनीहरूलाई प्रशिक्षित गराउनका लागि वडाले योजना बनाएका बताए । उनले वडामा पानीको समस्या भएकाले आकाशे पानी संकलनको लागि पनि सहयोग गरेको बताए । ‘किसानहरूलाई सीप सिकाउन वडामै कृषि प्राविधिक राख्ने बारेमा पनि वडाले योजना बनाइएको छ,' उनले भने । 

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले एक बोट सुन्तलाको लागि एक सय रुपैयाँका दरले सुन्तला बगैंचा व्यवथापन गर्न महानगरले किसानलाई सहयोग गरेको बताए । उनका अनुसार पाँच वर्ष माथिका फल दिने ११ हजार सुन्तलाका बोटको लागि ११ लाख सहयोग गरिएको हो ।

किसानले २ हजारदेखि ६० हजारसम्म आर्थिक सहयोग पाएको कडरियाले बताए । 

महानगरले १ सय ६६ जना किसानलाई उनीहरूसँग भएका फल दिने सुन्तलाका बोट अनुसार नगद रकम हस्तान्तरण गरेको हो । 

वडा नम्बर २१ को कृषि क्षेत्रमा वार्षिक साढे ४ करोडको रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेको कृषि महाशाखाले जनाएकोछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x