कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जेठ ७, २०७६
काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर– ३ आरुबोटेमा गएराति दुई परिवारका ९ जनाको विभत्स हत्या भयो ।
एक किशोरीले भागेर ज्यान जोगाइन् । उनको हात भाँचिएको छ, घाइते अवस्थामा छिन् ।
हत्याको घटनाले देश नै शोकमा डुबेका बेला मंगलबार मध्याह्न अर्को खबर आयो– मिक्लाजुङकै ८ नम्बर वडामा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला परे ।
प्रहरी टोली त्यतैतर्फ सोझियो । पछि थाहा भयो झुण्डिएको अवस्थामा मृत भेटिएका व्यक्ति गएराति विभत्स ढंगले हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए ।
यो घटना हत्याकाण्डसँग पारिवारिक रूपमा जोडिएपछि सबैको ध्यान मानबहादुरतिरै सोझिएको छ । उनको शव अझै पनि करमको रुखमा झुण्डिएको अवस्थामा छ ।
मंगलबार मृत भेटिएका मानबहादुरको नाताले भतिजा पर्ने नेलकम माखिमले उनीबारे लोकान्तरलाई केही तथ्य बताएका छन् ।
नेलकमले लोकान्तरसँग फोनमा गरेको कुराकानीको सम्पादित अंश :
मेरो नाम नेलकम माखिम हो । मानबहादुर नाताले मेरो काका पर्नुहुन्छ । आफ्नै काका होइन खलकको । गएराति आरुबोटेमा जुन घटना भयो त्यो काकाको ससुराली घर हो ।
काकाको घर वडा नम्बर ७ मा पर्छ । म वडा नम्बर ६ मा बस्छु । घरसँगै नभएपनि उहाँसँग भेटघाट र कुराकानी भने भइरहन्थ्यो ।
काकाको शव वडा नम्बर ७ र ८ को सीमानामा पर्ने झोलुङ्गे पुलको पारी करमको बोटमा झुण्डिएको छ । हामी वारी छौं (वडा नम्बर ७ तर्फ) ।
काका र काकी (मनकुमारी फियाक जसको गएराति हत्या भयो)बीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन । काकी माइतीमा नै बस्नुहुन्थ्यो ।
गत वर्ष साउनमा उहाँहरूको झगडाको केश प्रहरीसम्म पनि पुगेको थियो । म पनि गएको थिएँ । मिलापत्र गरेर विवाद टुंग्याइएको थियो ।
त्यसयता उहाँहरूको डिभोर्सको प्रक्रिया अघि बढेको थियो । काकीले सम्पत्ति सहितको डिभोर्स माग्नुभएको थियो ।
काका पनि डिभोर्स दिन त तयार हुनुहुन्थ्यो, तर सम्पत्ति भने दिन चाहनुभएको थिएन । शायद यही विषयमा उहाँहरूबीच खटपट भइरहन्थ्यो ।
काका-काकीको डिभोर्सको मुद्दा जिल्ला अदालतमा छ । उहाँहरू तारेख धाइरहनुहुन्थ्यो ।
झगडाको खास कारण त थाहा भएन, तर काकीको माइतीतर्फ दाजुभाइ हुनुहुन्न त्यसैले काकीले माइतीमै घरज्वाइँ बनेर बस्नुपर्छ भन्नुभएको जस्तो लाग्छ ।
काकी माइतीमै बस्ने घर नआउने भएपछि उहाँहरूको सम्बन्ध राम्रो हुन सकेन । काका विदेश पनि बसेर आउनुभएको हो । पछिल्लो २ वर्षयता भने उहाँ घरमै हुनुहुन्थ्यो ।
पछिल्लो एकदुई दिनयता भेट भएको थिएन । आज राति एक्कासि मलाई फोन आयो । रातिको ३ बजे फोन गर्नुभएका काकाले मलाई भन्नुभयो– मेरो पुरानो रोग बल्झियो । म उपचारका लागि झापा झरेको छु । औषधि खानका लागि मलाई ५ हजार चाहियो । भाइ आउँछ, उसलाई ५ हजार दिएर पठाइदे ।
मैले हुन्छ, पठाइदिउँला भनेर फोन राखेँ । अहिले उहाँ यस्तो अवस्थामा भेटिनुभयो ।
बुवाआमा बूढो भइसक्नुभएको छ, ७५/७६ वर्षको । उहाँका दुई भाइ छन् । एक बहिनी पनि छन्, उनको विवाह भइसके पनि माइतीमा नै छिन् ।
दुई दिदीहरू विवाह भएर गइसक्नु भएको छ । आर्थिक अवस्था एकदमै कमजोर छ । गाउँको जग्गा जमिन कति आउला र सर, बेच्दा बढीमा ४ लाख जति आउला ।
यो पनि पढ्नुस्
पाँचथर हत्याकाण्ड : ‘आत्महत्या’अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो ‘अन्तिम कल’ !
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...