मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
कात्तिक ३, २०७६
रौतहट– संविधान सभाको पहिलो निर्वाचनमा बुथ कब्जा गर्नका लागि बम बनाउने क्रममा भएको विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफ्ताफ आलम प्रहरी हिरासतमा छन् ।
जिल्ला अदालतबाट पहिलोपटक ७ दिन र दोस्रोपटक ५ दिनको म्याद लिएर प्रहरीले १२ वर्षअघिको घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । प्रहरी आलमविरुद्ध प्रमाण जुटाउन व्यस्त छ ।
संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ साल चैत २७ गते कांग्रेसका तर्फबाट संविधान सभा सदस्यका तत्कालीन उम्मेदवार आफ्ताब आलमका काका शेख इद्रिसको घरमा बम विस्फोट भएको र सो विस्फोटमा परी घाइते भएका २ जना नेपाली र २० भारतीय नागरिक गरी २२ जनालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर खरानी पारेको आरोप पीडितपक्षले लगाउँदै आएको छ ।
आलममाथि अनुसन्धानका लागि आइतवार थप ५ दिनको म्याद दिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले लोकान्तरलाई जानकारी दिए । जिल्ला न्यायाधीश चानकमणि अर्यालको इजलासले दोस्रो पटकका लागि म्याद थपिदिएको हो ।
आलमलाई असोज २६ गते आइतवार जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) नबिन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले रौतहटबाटै पक्राउ गरेको थियो ।
त्यसअघि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि आलमलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो ।
अदालतले पूर्वमन्त्री समेत रहेका सांसद आलमका अलावा उनका भाइ मह्ताब आलम, शेख भदई, शेख स्वराज र मोबिन आलम गरी ५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
आलम बाहेकका अन्य ४ जना भने पक्राउ परेका छैनन् । उनीहरू फरार छन् ।
‘यस मुद्दामा फरार अन्य ४ अभियुक्तलाई समेत पक्राउ गर्न हामी दिनरात लागिपरेका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले लोकान्तरसँग भने ।
उनीहरू पनि केही दिनभित्रै पक्राउ परिसक्ने उनको दाबी छ ।
के–के भेट्यो प्रहरीले प्रमाण ?
घटनाको सम्बन्धमा प्रमाण संकलन गरिरहेको प्रहरीले त्यतिबेलाका केही घाइतेलाई भेटेर बयान लिएको छ । भागेर भारत पुगी उपचार गराएर बाँच्न सफल एक घाइतेले प्रहरीमा आएर बयान दिएका छन् ।
उनले आलमविरुद्ध किटानी जाहेरी समेत दिएको जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बताए ।
‘ती घाइतेले नयाँ किटानी जाहेरीसमेत दिएका छन्, उनको स्वास्थ्य परीक्षण र फरेन्सिक जाँचका लागि काठमाडौं पठाइएको छ,’ कटुवालले लोकान्तरसँग भने ।
उनको घाउ कति पुरानो हो, बम विस्फोटमा लागेको घाउ हो कि होइन भन्ने कुराको फरेन्सिक जाँच गरिने कटुवालले जानकारी दिए ।
घाइतेहरूलाई जलाउनका लागि इँटाभट्टासम्म लैजान प्रयोग गरिएकामध्ये एउटा ट्र्याक्टर समेत पहिचान भएको प्रहरी स्रोतले जानकारी दियो ।
प्रहरीले त्यतिबेला इँटाभट्टामा काम गर्ने मजदूर, घटनाका अन्य प्रत्यक्षदर्शी र त्यससम्बन्धी जानकारी राख्ने दर्जनौं व्यक्तिहरूसँग बयान लिएर त्यसलाई प्रमाणका रूपमा संकलन गरिरहेको छ ।
शवलाई खरानी बनाइएकाले पोस्टमार्टम रिपोर्ट भने नरहेको सहायक जिल्ला न्यायाधीवक्ता रामप्रसाद पन्थीले बताए ।
‘अहिले थुप्रै ठोस प्रमाण संकलन भइसकेका छन्, फरार प्रतिवादीहरू पक्राउ परेपछि थप प्रमाण समेत संकलन हुने प्रशस्त आधार छन्,’ पन्थीले लोकान्तरसँग भने ।
कर्तव्य ज्यनका अलावा आलमविरुद्ध बम विस्फोटन तथा हातहतियार र खरखजनासम्बन्धी अर्को मुद्दा पनि अघि बढाउने गरी अनुसन्धान भइरहेको छ ।
राज्यकै संरक्षणमा दबाइएको अपराध !
संविधान सभाको चुनाव हुनुअघि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो ।
गृहमन्त्री पनि नेपाली कांग्रेसकै तत्कालीन महामन्त्री कृष्ण सिटौला थिए । सोही समयमा भएको घटना हो यो ।
चुनावको एक दिनअघि आफ्नै काकाको घरमा भएको विस्फोटका घाइतेलाई आलमले जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।
घटना भएका बेला जिल्ला प्रहरी कार्यालय रौतहटमा लक्ष्मण न्यौपाने एसपी थिए, जो टीकापुर घटनामा आन्दोलनकारीबाट मारिए ।
उनका अलावा सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले पनि घटनालाई ढाकछोप गर्न भूमिका खेलेको पीडितपक्षको आरोप छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै तत्कालीन जिल्ला नेतृत्वको संरक्षणमा आलमले प्रमाण नष्ट गर्न घाइते र मृतकलाई इँटाभट्टाको चिम्नीमा हालेर खरानी बनाएको पीडित पक्षको आरोप नकार्न नसकिने प्रहरी स्रोत बताउँछ ।
प्रहरी स्रोतका अनुसार घटना भएको ७ दिनपछि तत्कालीन गृहमन्त्री सिटौला, तत्कालीन गृहसचिव र प्रहरी महानिरीक्षक ओमविक्रम राणा रौतहट आएका थिए ।
उनीहरूले त्यतिबेला जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी न्यौपानेसँग छलफल समेत गरेको स्रोतको दाबी छ । त्यसपछि पनि पीडितले न्याय पाउन सकेनन् । घटनालाई कागजीरूपमा डिसमिस गर्ने काम भयो ।
प्रहरीले त्यतिबेला एकजना प्रत्यक्षदर्शीको बयान भने लिएको थियो । बम विस्फोटबाट घरको छाना उडेपनि रातारात निर्माण भएको तथा तलको देबल (पर्खाल) समेत नयाँ लगाएको बयान ती प्रत्यक्षदर्शीले दिएका थिए ।
पछि श्रीनारायण सिंह आफ्नो छोरा त्रिलोकप्रताप सिंह र रुक्साना खातुन छोरा ओशी अख्तरको हत्या भएको भन्दै आलमविरुद्ध किटानी जाहेरी लिएर प्रहरीमा पुगे । प्रहरीका तत्कालीन एसपी न्यौपानेले जाहेरी दर्ता नगरेको आरोप सिंहले लोकान्तरसँगको कुराकानीमा लगाइसकेका छन् ।
उनका अनुसार पछि हुलाकमार्फत् पठाइएको जाहेरी प्रहरीले बाध्य भएर दर्ता गरेको थियो । त्यतिबेला केही मानिसलाई हिरासतमा लिएर बयान लिने काम भएको थियो । प्रहरीमा जाहेरी परेपछि आलम शक्ति प्रदर्शन गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित भएका थिए ।
त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भनेर गरेको निर्णय उच्च अदालत हेटौंडा हुँदै महान्यायाधिवक्ता कार्यालयले समेत सदर गर्दै केसलाई पूर्ण रूपमा डिसमिस गरियो । त्यतिबेला यज्ञमूर्ति बञ्जाडे महान्यायाधीवक्ता थिए ।
आफूले न्याय नपाएपछि पीडित परिवार सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका थिए । सर्वोच्चका तत्कालीन न्यायाधीश न्यायाधीश सुशीला कार्कीको इजलासले पीडितको जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो ।
उक्त आदेशसमेत प्रहरीले अटेरी गरेपछि फैसला कार्यान्वयनसम्बन्धी अर्को मुद्दा परेपछि आलममाथि अनुसन्धान अघि बढेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...